"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
| children =
| parents = कायस्थ <br />मीरा कायस्थ
| relatives = न्हुच्छेमान कायस्थ(हजुरबुबा)<br />नानीमाया कायस्थ(हजुराआमाहजुरआमा)
| signature =
| website =
पङ्क्ति २५:
'''मुकेश कायस्थ''' [[जनआन्दोलन २०६२/६३]]का क्रममा घाइते भई अचेत बनेका [[बनेपा]]का मुकेश कायस्थको अझै होश खुलेको छैन । जनआन्दोलन ०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागी अचेत भएका कायस्थलाई एक महिनाको उपचारपछि एक साताअघि मुकेशलाई घर ल्याइएको छ । जनआन्दोलनमा १५ वर्षीय मुकेशको कन्चटमा गोली लागेको थियो । पछिल्लो अवस्थामा मुकेश मोटाउँदै र स्वास्थ्यमा केही सुधार हुँदै गएको छ तर होश खुलेको छैन ।<ref>{{cite web| title= फेरि आन्दोलनमा भाग लिन नपरोस|url=http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=49689&cat_id=14| publisher=गोरखापत्र|date= |accessdate=२०११-०७-२५}}</ref>
२०६२ चैत २७ गते कन्चटमा गोली लाग्दा मुकेश १५ वर्षका थिए । स्थानीय विद्यासागर बोर्डिङ स्कुलमा कक्षा ८ को परीक्षा दिइसकेका थिए ।
[[चित्र:मुकेश कायस्थ०२.jpg|thumb|200px|मुकेश कायस्थको स्वास्थ्य स्थिति बुझ्दै [[झलनाथ खनाल]](तत्कालिन प्रधानमन्त्री) ]]
 
शारीरिक बनावट सामान्य भइसकेको छ । मोटाएका छन् । नियालेर हेरे मात्र टाउकामा खोपिल्टो जस्तो देखिन्छ । यो पनि बिस्तारै पुरिँदै आएको छ । बाहिरबाट हेर्दा अरू खोट देखिँदैन । उनी बायाँ हात टेकेर पलेटी मारेर बस्न सक्छन् । दूध र बिस्कुट दिए खुसी हुन्छन् । उसलाई मन नपर्ने खानेकुरा दिए मुख फर्काउँछन् । 'फकाइफकाई खुवाउनुपर्छ,' हजुरबुबा न्हुच्छेमान भन्छन् । झर्किएर गाली गरे खान मान्दैनन् । उनलाई १७ महिनासम्म पाइपबाटै खुवाउनुपर्‍यो । मुकेशलाई परिवारले ११ महिना वीर अस्पतालमा राखेको थियो । सानातिना गरी उनको नौ पटक शल्यक्रिया गरिएको थियो । त्यहाँबाट घर फर्काएको एक सातामै थप उपचारका लागि परिवार र शुभेच्छुकले काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल पुर्‍याए । छ महिनापछि फेरि घर ल्याइयो । 'बेलाबेलामा 'फलो अप' का लागि परिवारले अस्पताल लैजाने गरेका छन् ।<ref>{{cite web| title= जिउँदा सहिद भन्छन्- आश्चर्य भइदिओस|url=http://www.merolinks.com/nepali-blogs/%E0%A4%9C%E0%A4%BF%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A4%BE-%E0%A4%B8%E0%A4%B9%E0%A4%BF%E0%A4%A6-%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A4%86%E0%A4%B6%E0%A5%8D%E0%A4%9A%E0%A4%B0%E0%A5%8D%E0%A4%AF-%E0%A4%AD%E0%A4%87%E0%A4%A6%E0%A4%BF/| publisher='''Merolinks.com'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित