"माचू पिचू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६:
[[File:Machupicchu hb10.jpg|thumb|left|thumb|सन् १९११मा लिइएको माचू पिचूको तस्विर]]
सन् १९११ को जुलाई २४ तारिखमा अमेरिकी इतिहासकार हीराम बिंह्यामले माचू पिचू तर्फ अन्तर्राष्ट्रिय अध्ययनकर्ताहरूको ध्यानाकर्षण गराएका थिए । येल विश्वविद्यालयमा प्राध्यापक रहेका बिंह्याम स्पेनिशहरूबाट लखेटिएका इन्का समुदायहरूले अन्तिम पटक शरण लिएर वासस्थानको रूपमा प्रयोग गरेको Vilcabamba सहरको खोजिको क्रममा उक्त स्थानमा पुगेका थिए । त्यस भन्दा पहिला पनि उनले उक्त क्षेत्रको वरपरका भूभागहरूको पटक-पटक यात्रागरी अनुसन्धान तथा खोजीकार्य गरेका थिए । पाब्लितो अल्वरेज नाम गरेको स्थानीय ११ बर्षको केच्वा (Quechua) जातिको बालकले बिंह्यामलाई उक्त स्थानको जानकारी दिएका थिए । त्यो समयमा केही केच्वा जातिका मानिसहरू इन्काहरूले निर्माण गरी छोडेका भवनहरूलाई नै बासस्थानको रूपमा प्रयोग गर्दै माचू पिचूमा बसोबास गर्दथे ।
हिराम बिंह्यामले माचू पिचू र आसपासको क्षेत्रमा विभिन्न पुरातात्विक वस्तुहरूको अध्ययन गरे । उनले त्यो क्षेत्रको पुर्ण अवलोकन तथा सर्वेक्षण गरेपश्चात माचू पिचूलाई ''इन्का समुदायको हराएको सहर'' भनी नामाकरण गरे, यो बिंह्यामको पहिलो पुस्तकको शिर्षक पनि थियो । सन् १९१५ तिर बिंह्यामले धेरै पटक उक्त स्थानको भ्रमण गरे र त्यहाँ विभिन्न स्थलहरूमा उत्खनन गरी धेरै कलाकृतिहरू संकलन गरे । उनले आफ्नो जीवन अवधि भर माचू पिचूको आविस्कारको बारेमा धेरै पुस्तक तथा लेखहरू लेखे ।
 
सन् १९१३ अप्रिल महिना भर नेशनल जिओग्राफिक सोसाइटीले आफ्नो प्रकाशनमा माचू पिचूलाई स्थान दिएपछि दुनियाको नजरबाट हराएको यो सहर विस्तारै बाहिरी सन्सारमा परिचित हुन पुग्यो ।
 
सन् १९८१मा पेरूको सरकारले माचू पिचू र यस आसपासको ३२५.९२ वर्ग किलोमिटर क्षेत्रलाई 'ऐतिहासिक संरक्षित क्षेत्र' घोषणा गर्यो । यो संरक्षित क्षेत्रमा पुरातात्विक महत्वको भग्नावशेषका अलावा वानस्पतिक तथा जैविक विविधता युक्त घना जङ्गलहरू समेत रहेकाछन । आर्द्र तथा घना जङ्गलले ढाकेको यो क्षेत्र पर्यावरणीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण छ ।
 
सनन् १९८३ मा युनेस्कोले माचू पिचूलाई विश्व सम्पदा क्षेत्रको रुपमा घोषणा गर्यो । युनेस्कोले यस क्षेत्रलाई प्राचिन इन्का सभ्यताको वास्तुकलाको अनुपम र अतुलनीय नमुनाको रूपमा वर्णन गरेको छ ।
 
विश्व भरका स्मारक क्षेत्रहरूको संरक्षणमा योगदान पुर्याइरहेको विश्व स्मारक क्षेत्र संरक्षण कोष (World Monuments Fund)ले सन् २००८ मा माचू पिचूलाई वातावरणीय ह्रासका कारण खतरामा परेका १०० स्थानहरूमा सुचिकृत गरेको छ । अनियन्त्रित पर्यटन, नजिकै रहेको सहर Aguas Calientesमा भइरहेका विकास निर्माणका कार्यले गर्दा यो क्षेत्रको वातावरण दिनप्रतिदिन खस्कदो अवस्थामा छ । अदालतको आदेश तथा सरकारी हस्तक्षेपको समेत बेवास्ता गर्दै Vilcanota नदीमा निर्माण भएको पुलले यस क्षेत्रमा मानिसको आवतजावत ह्वात्तै बढेको छ ।
 
 
 
 
 
 
 
 
"https://ne.wikipedia.org/wiki/माचू_पिचू" बाट अनुप्रेषित