"माचू पिचू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
तत्कालिन इन्का साम्राज्यको राजधानी सहर कस्कोबाट करिब ८० किलोमीटर (५० मील) को दुरिमा रहेको भएपनि, स्पेनिशहरूले माचू पिचूको अस्तित्वको भेउपाउन सकेनन । फलस्वरूप जुन रूपमा अन्य इन्का सहरहरू स्पेनिशहरूबाट लूटिए वा नष्ट गरिए त्यो नियती यसले भोग्नुपरेन । समय बित्दैजाँदा वरपरका जङ्गलको वृद्दिसँगै उक्त स्थान बाहिरी दुनियासँग अलगियो, थोरै मानिसहरूले मात्र यो स्थानको बारेमा चालपाएका थिए ।
 
[[File:Machupicchu hb10.jpg|thumb|left|thumb|सन् १९११मा लिइएको माचू पिचूको तस्विर]]
सन् १९११ को जुलाई २४ तारिखमा अमेरिकी इतिहासकार हीराम बिंह्यामले माचू पिचू तर्फ अन्तर्राष्ट्रिय अध्ययनकर्ताहरूको ध्यानाकर्षण गराएका थिए । येल विश्वविद्यालयमा प्राध्यापक रहेका बिंह्याम स्पेनिशहरूबाट लखेटिएका इन्का समुदायहरूले अन्तिम पटक शरण लिएर वासस्थानको रूपमा प्रयोग गरेको Vilcabamba सहरको खोजिको क्रममा उक्त स्थानमा पुगेका थिए । त्यस भन्दा पहिला पनि उनले उक्त क्षेत्रको वरपरका भूभागहरूको पटक-पटक यात्रागरी अनुसन्धान तथा खोजीकार्य गरेका थिए । पाब्लितो अल्वरेज नाम गरेको स्थानीय ११ बर्षको केच्वा (Quechua) जातिको बालकले बिंह्यामलाई उक्त स्थानको जानकारी दिएका थिए । त्यो समयमा केही केच्वा जातिका मानिसहरू इन्काहरूले निर्माण गरी छोडेका भवनहरूलाई नै बासस्थानको रूपमा प्रयोग गर्दै माचू पिचूमा बसोबास गर्दथे ।
 
"https://ne.wikipedia.org/wiki/माचू_पिचू" बाट अनुप्रेषित