"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट थप्दै: jv:Orang-aring; अंगराग परिवर्तन
पङ्क्ति १२:
|binomial = ''Eclipta alba''
|binomial_authority = ([[Carolus Linnaeus|L.]]) [[Justus Carl Hasskarl|Hassk.]]
|synonyms = ''Eclipta erecta''<br />''Eclipta prostrata''<br />''Verbesina alba''<br />''Verbesina prostrata''
|}}
 
वैज्ञानिक नाम '''''Eclipta alba''''' (L.) Hassk. ([[syn.]] '''''Eclipta prostrata''''' L.),भएको यो वनस्पतीलाई अंग्रेजीमा '''False Daisy''','''Daisy weed''' , '''yerba de tago''' आदि नामले चिनिन्छ भने नेपालीमा अन्तलि, भुई झार, भंग्रेली, भृङ्गराज आदि नामले चिनिन्छ । '''Asteraceae''' वा '''Compositae''' परिवारमा पर्ने यस वनस्पतीमा भएको औषधीय गुणले गर्दा यसलाई अत्यन्तै उपयोगि जडीबुटिकोरूपमा विश्वभर प्रयोग गरिन्छ । साधारणतया भृङ्गीराज संसारभर ओशिलो ठाँउमा उम्रने गर्दछ । मुख्यगरी [[भारत]], [[चीन]], [[थाइल्याण्ड]] र [[ब्राजिल]]मा प्रसस्त मात्रामा पाइने यो वनस्पति [[नेपाल]]मा पनि पाइन्छ । आयुर्वेदमा भृङ्गीराजको पातलाई अत्यन्तै शक्तिशालि टनिककोरूपमा प्रयोग गरेको पाइन्छ भने यसबाट निकलिएको सारतत्व (extract) शक्तिवर्धक र कपालको औषधीको रूपमा प्रयोग हुन्छ । त्यस्तै भृङ्गीराजबाट निकालिएको कालो रंग कपाल रंगाउन तथा टाटु बनाउन प्रयोग गरिन्छ । परम्परागत रूपमा यसलाई खुट्टामा हिलोले खाएको (athlete foot), दाद, लुतो जस्ता विभिन्न चर्मरोगहरूमा प्रयोग गरिदै आएको पाइन्छ । चीन तथा ब्राजिलमा यसलाई सर्पले टोकेको बेलामा विषनाशक औषधिको रूपमा पनि प्रयोग गरिन्छ । त्यतिमात्र नभएर यसको नियमित प्रयोगले कपालको वृद्धि, झर्ने समस्याको समाधान तथा कालोपना कायम रहने विश्वास गरिन्छ ।
 
== भृङ्गीराजका स्थानीय नामहरू ==
अन्तलि, भिमराज, भुई झार, भंग्रेली, भाँगटा, भँगेरी झार, भृङ्गराज, मार्कव, केशरन्जन
तामिल भाषामा यसलाई करिसलङ्कानी भनिन्छ ।
 
<gallery perrow="3">
File:Eclipta prostrata in AP W IMG 9784.jpg| [[:en:Pocharam|Pocharam]] ताल, [[आन्ध्र प्रदेश]], [[भारत]]
File:Eclipta prostrata in AP W2 IMG 9785.jpg| [[:en:Pocharam|Pocharam]] ताल, [[आन्ध्र प्रदेश]], [[भारत]]
File:Eclipta prostrata W IMG_2239.jpg|[[:en:goa|गोआ]], [[भारत]]
पङ्क्ति २८:
 
 
यो सयपत्री फूलको परिवारमा पर्ने एक किसिमको पोथ्रा (Herb) हो । ३० सेन्टिमिटर जति अग्लो हुने यो झार जमिन माथि फैलिएर हुर्केको पाईन्छ । सेतो झुसयुक्त फिका कलेजी रंगको काण्ड तथा थुप्रै हाँगाबिगाहरु आएका हुन्छन् । करिब १ देखि ५ सेन्टिमिटर लामो र ३ मिलिमिटर देखि १ सेन्टिमिटर चौडा भेट्नु (Petiole) नभएका दुबै छेउमा चुच्चो परेको लाम्चो पात हुन्छ । पातको दुबै तर्फ बाक्लै मसिना झुसहरु (Strigose) आएका हुन्छन् यी पातहरु डाँठमा एक अर्काको आमुन्ने सामुन्ने (Opposite) रहेका हुन्छन् । बाटुलो (Disc) आकारको फूलको माथिल्लो भाग चौडा हुन्छ । एउटा काण्डमा साधारणतया एउटा र कहिलेकाहीं दुईवटा फूलहरु हुन्छन् । साधारणतया फूलको रंग सेतो हुन्छ तर पहेंलो फुल्ने भृङ्गीराज पनि पाइन्छ । ४ वटा दाँते किनारा भएका पुष्पदल (Corolla) हुन्छ्न् । भृङ्गीराजको जरा पूर्ण विकशित, बेलनाकार र खैरो रंगको हुन्छ ।
 
== खेती गर्ने तरिका ==
भृङ्गीराज खासै खेती गर्ने चलन नरहेको हुँदा जङ्गली अबस्थामा उपलब्ध भृङ्गीराज नै आयुर्वेदिक औषधी निर्माता कम्पनीहरुको प्रमुख श्रोतको रुपमा रही आएको छ । नेपालमा गोरखा जिल्लाका केही किसानहरुले बिसं २०४७\४८ देखि यस प्रजातिको खेतीको शुरुवात गरेको भएतापनि खेतीमा भने ब्यापकता आउन सकेको छैन । २ देखि ३ सेन्टिमिटर बाक्लो जङ्गलको मलिलो माटोको तह राखी बनाईएको नर्सरीको बीउ ब्याडमा चैत्रबैशाखमा भृङ्गीराजको बीउ छरिसक्नु पर्दछ । बेर्ना ३ देखि ४ सेन्टिमिटर अग्ला भएपछि खनजोत गरी खेती गर्न तयार पारिएको जग्गामा सिंचाई गरिसकेपछि बेर्नाहरु सार्नु पर्दछ । यसरी सार्दा एक बेर्ना देखि अर्को बेर्ना र एक हार देखि अर्को हार बीचको दूरी १० देखि २० सेन्टिमिटर राख्न उपयुक्त हुन्छ । राम्रो उत्पादन लिनको लागी निरन्तर चिस्यान एवं प्रकाश कायम राख्नु पर्दछ ।
 
== आयुर्वेदिक तथा परम्परागत प्रयोग ==
कपालको लागि हितकर हुन्छ । शोथ (Oedema/Anasarca), चर्मरोग दम खोकी काटेको घाउ ज्वरो कमलपित्त रक्तअल्पता पिसाब सम्वन्धी समस्या कलेजो र फियो (Spleen) बढेको घाउको दुखेको उच्च रक्तचाप कुखत परेको आदिको उपचार गर्न प्रयोग गरिन्छ । यसका कलिला मुन्टाहरु तरकारीको रुपमा पनि खाईन्छ । काटिएको घाउमा पात र डाँठको स्वरस (Fresh juice) लगाएमा घाउ पाक्दैन छिटो निको हुन्छ तथा धनुष्टंकार रोगबाट पूर्णरुपमा बचाउन सक्छ भन्ने विस्वास गरिन्छ ।
गाईबस्तुको घाउ निको पार्न जरा पिंधेर बनाईएको लेदो (Paste) लगाईन्छ । बिच्छि बारुला कमिला र माकुराले टोककेको ठाँउमा पातको रस लगाईन्छ । रुघा खोकीले बच्चाको खासगरी नाक र घाटीमा असर गरेको अवस्थामा पातको स्वरस मह संग मिसाएर ख्वाइन्छ । यसको जराले बान्ता (Emetic) गराउँछ कब्जियत हटाउँछ र अल्सर (Ulcer) मा जराको लेदो लगाउँदा (Antiseptic) को काम गर्दछ ।
 
== बाली संकलन ==
भृङ्गीराज प्रायजसो गरम हावापानी भएको ठाँउमा पाईन्छ । कूलोको डिल खोला किनार चिस्यानयुक्त जमीन धाप दलदले जमिन र सिंचित खेतबारीमा पाईन्छ । बर्षातको समयमा मकै तथा धानबाली संगै उम्रेको पनि पाईन्छ । यस प्रजातिको राम्रो बृद्धि बिकासको लागि खुल्ला प्रकाशको आवश्यक्ता पर्दछ । साधारणतया जेष्ठ देखि कार्तिक सम्ममा भृङ्गीराजको बाली संकलन गर्नु पर्दछ तर हावापानी र भौगोलिक अवस्था अनुकूल रहेको स्थानमा बर्ष भरी नै पनि बाली गर्न सकिन्छ । बेर्ना सारेको सामान्यतया २ देखि ३ महिना पछि बाली संकलन योग्य हुन्छ । फलहरु राम्रो संग पाकेर कालो रंगको देखिन थालेपछि बाली संकलन योग्य भएको भनी थाहा पाउनु पर्दछ । सम्पूर्ण बोट नै उखेलेर बाली संकलन गरिन्छ । बोट उखेल्दा पाकेका बीउहरु त्यही नै झारेर छोड्नु पर्दछ जसले गर्दा भृङ्गीराजको प्राकृतिक पुनरुत्पादनमा दिगोपना कायमै रहन मदत पुग्दछ ।
 
[[en:Eclipta alba]]
पङ्क्ति ४५:
[[id:Urang-aring]]
[[ja:タカサブロウ]]
[[jv:Orang-aring]]
[[ko:한련초]]
[[ml:കയ്യോന്നി]]
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित