सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ५:
 
==सिसुपालको कथा==
सिसुपालको जन्म चेदी राज्यका राजाको घरमा भएको थियो । सिसुपाल जन्मने बेलामा उसका चारवटा हात थिए भने तिनवटा आँखा थिए । यस्तो अचम्मको बालक जन्मेकोमा चेदीराजलाई निकै चिन्ता भयो । उनले ज्योतिषहरूलाई बोलाएर शुभाशुभ विचार गर्न लगाए । ज्योतिषहरूले बालक निकै शक्तिशाली हुनेछ यो बालकलाई जसको काखमा राख्दा यसका दुइ हात र एक आँखा झर्ने छ त्यसैको हातबाट यसको मृत्यु हुनेछ भन्ने कुरा बताए । यो समचार संसार भर फैलियो, संसारका सबै राजा तथा वीर पुरुषहरू त्यो बालकलाई हेर्न गए । यसै क्रममा भगवान कृष्ण पनि त्यो बालकलाई हेर्न गए । चेदी राजले त्यो बालकलाई सबैको काखमा राख्न लगाए । जब त्यो बालक भगवान कृष्णको काखमा राखे त्यसका आँखा र हात झरे । यो देखेर त्यो बालकको मृत्यु भगवान कृष्णको हातबाट हुने कुरा सबैलाई थाह भयो ।<ref name="सुकसागर"/> सिसुपालकी आमा भगवान कृष्णकी फुफु नाता पर्ने भएकीले भगवान कृष्णसँग फुपुको छोरा सम्झेर जती गल्ती गरेपनि यो बालकलाई नमार्नु भन्ने विन्ती गर्न थालिन् । फुफुका कुरा सुनेर कृष्णले यसका १०० वटा गल्तीलाई मैले माफ गर्ने छु तर १०० भन्दा बढी गल्ती गरेमा म सहन गर्न सक्न छैन भन्ने बचन दिएर फर्खिए । सिसुपाल ठुलो भएपछी कृष्णसँग निकै शत्रुता राख्न थाल्यो । भोजकटका राजाकी राजकुमारी [[रुक्मिणी]]सँग सिसुपालले विवाह गर्ने इछ्छा राखेको थियो । राजाले पनि रुक्मिणीको विवाह सिसुपालसँग गरिदिने विचारले विवाहको तयारी गरेका थिए । रुक्मिणीले भगवान कृष्णलाई मन मनै पति मानेकी थिइन् । रुक्मिणीलाई भगवान कृष्णले विवाह स्थलबाट हरण गरेर लगेकाले सिसुपाललाई कृष्णबाट अरु रिस उठ्यो उसले कृष्णको सय अपराध गर्यो । अन्तमा [[पाण्डव|पाण्डवहरू]]ले राजसुय यज्ञा गर्ने विचारले संसारका राजाहरू, वीर पुरुष र ऋषिहरूलाई निमन्त्रणा गरे । पाण्डवको राजसुयमा सिसुपाल पनि आयो । [[राजसूय|राजसुय यज्ञाकोयज्ञा]]को सुरुवातमा कसको पूजा गर्ने भनेर पाण्डवहरूका जेठा भाइ [[युधिष्ठिर]]ले सबैसँग सोधेपछी सिसुपाल बाहेक सबैले भगवान कृष्णको पूजा गरिनु पर्छ भन्ने सल्लाह दिए । भगवान कृष्णको पूजा गरेको देखेर सिसुपालले कृष्णको अपमान गर्दै ठुलाबडा ऋषिहरूलाई छोडेर गोठालाको पूजा गरिएको यो यज्ञामायज्ञमा बस्दैन भनेर आफ्नो घर फर्कन लाग्यो । [[अर्जुन]], [[भीमसेन]] लगायतका पाण्डवहरूले सिसुपाललाई भरसक सम्झाउने कोसिस गरे तर सिसुपालले कृष्णको अपमान गरेर गाली गर्न छोडेन । यो देखेर कृष्णले पनि सिसुपाललाई भरसक सम्झाउने कोसिस गरे तर उल्टै कृष्णसँग[[कृष्ण]]सँग युद्ध गर्न थाल्यो । भगवान कृष्णले युद्ध गरेर सिसुपालला मारेपछी सिसुपालको शरिरबाट एक प्रतिविम्ब निस्केर कृष्णको शरिरमा गएर लिन भयो ।<ref name="सुकसागर"/>
==हेर्नुहोस्==
{{हिन्दू धर्म}}
"https://ne.wikipedia.org/wiki/सिसुपाल" बाट अनुप्रेषित