"सिरी" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
"Siri" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
(कुनै भिन्नता छैन)

२०:२२, ३० डिसेम्बर २०२१ जस्तै गरी पुनरावलोकन

सिरी ( /ˈsɪri/ SIRR-ee ) एप्पल इंक को आइओएस, आइप्याडओएस, वाचओएस, म्याकओएस र टिभीओएस सञ्चालन प्रणालीमा रहेको भर्चुअल सहायक प्रणाली हो । [१] [२] यसले श्रव्य प्रश्नहरू, इशारा आधारित नियन्त्रण, फोकस-ट्र्याकिङ र प्राकृतिक-भाषा प्रयोगकर्ता इन्टरफेस प्रयोग गरि प्रयोगकर्ताको प्रश्नहरूको जवाफ प्रदान गर्ने, सिफारिसहरू गर्ने, र इन्टरनेट सेवाहरूमा अनुरोधहरू पठाउने कार्यहरू गर्दछ। यसले निरन्तर प्रयोग पश्चात प्रयोगकर्ताहरूको व्यक्तिगत भाषा प्रयोगहरू, खोजहरू र प्राथमिकताहरूमा अनुकूलन गर्दछ, व्यक्तिगत परिणामहरू देखाउने गर्दछ।

सिरी एसआरआई इन्टरनेशनल आर्टिफिसियल इन्टेलिजेन्स सेन्टरले विकसित गरेको प्रोजेक्टबाट छुट्याइएको प्रणाली हो। यसको स्पीच रिकग्निसन इन्जिन नाउन्स कम्युनिकेशनस्द्वारा प्रदान गरिएको थियो, र यसले काम गर्न उन्नत मेसिन लर्निङ प्रविधिहरू प्रयोग गर्दछ। यसको मौलिक अमेरिकी, ब्रिटिश र अष्ट्रेलियाली आवाज वास्तविक प्रयोगको बारेमा अनजान कलाकारहरू मार्फत सन् २००५ को वरिपरि आवाज रेकर्ड गरिएको थियो । सिरी फेब्रुअरी २०१० मा आईओएसको लागी एक एपको रूपमा जारी गरिएको थियो। दुई महिना पछि, एप्पलले यसलाई प्राप्त गर्‍यो र ४ अक्टोबर, २०११ मा यसको रिलीजमा आईफोन ४एस एप स्टोरबाट यसको छुट्टै एप हटाएर आइओएस मा एकीकृत गरिएको थियो। नयाँ आईफोनका मोडेलहरू, आईप्याड, आइपड टच, म्याक, एयरपड्स, एप्पल टिभी, र होमपड लगायत अन्य हार्डवेयर उपकरणहरूमा अनुकूलन गरिएपछि सिरी एप्पलका उत्पादनहरूको अभिन्न अंग भएको छ।

सन्दर्भ सामग्रीहरू

  1. "Use Siri on all your Apple devices", support.apple.com 
  2. "Google Assistant beats Alexa, Siri", gadgets.ndtv.com