"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९९:
=== स्टेट जनरल बैठक ===
[[चित्र:Estatesgeneral.jpg|thumb|भर्साइलमा स्टेट जनरल बैठक ५ मे १७८९]]
स्टेट जनरलको स्थापना राजा फिलिपद्वारा सन् १३०४ मा भएको थियो । सन् १६१४ सम्म यसको अधिवेशन नियमित जस्तो भइरहेको थियो, तर १७५ वर्षदेखी भने कुनै अधिवेशन भएको थिएन । निर्वाचन १७८९ को बसन्त ऋतुमा भयो। साधारण वर्गको लागि मतदानको योग्यता भनेको फ्रान्समा जन्मेको वा वंशज नागरिक पुरुष; उमेर २५ वर्ष वा सो भन्दा बढी, जो मतदान हुने स्थानमा बसोबास गरेको र कर टेर्नेतिर्ने गरेको थिए ।थिए। स्टेट जनरलमा कुलीन वर्गका २९१, उच्च पादरी वर्गका ३०३ र साधारण वर्गका ६१० गरी १२०१ प्रतिनिधि थिए । साधारण वर्गको प्रतिनिधित्व दोब्बर गरी ६१० पुर्याइएको थियो जसले ९५ % जनसंख्याको प्रतिनिधित्व गर्दथ्यो; ती मध्ये आधा सुशिक्षित वकिल तथा स्थानीय अधिकारी थिए; करिब एक तिहाइ उद्योग व्यापार व्यवसाय मा सम्बद्ध थिए भने ५१ जना धनी जमिनदारहरू थिए । <ref>Doyle, '' The Oxford History of the French Revolution'' (1989) pp. 99–101</ref><ref>Albert Soboul, ''The French Revolution 1787–1799'' (1975) pp. 127–29.</ref>
 
स्टेट जनरलमा तीन सदनहरु थिए जसमा कुलीन वर्ग, उच्च पादरी वर्ग र साधारण वर्ग थिए । हरेक सदन बराबर एक मत मान्ने गरिन्थ्यो र जुनसुकै प्रस्ताव दुई मत भएपछी पारित हुन्थ्यो तर यहाँ साधारण वर्गले जनताको भलाईको लागि लिएर जाने जुनसुकै प्रस्ताव पनि कुलीन वर्ग र उच्च पादरी वर्ग मिलेर त्यसलाई असफल पारिदिन्थे।{{sfn|खरेल|२०६४।pp=17}}
 
राजाले भर्साइल स्टेट जनरलका ३ वटै तप्का कुलिन वर्ग, पुरोहित वर्ग र सामान्य जनाताका प्रतिनिधीहरूसँग "राष्ट्रको आर्थिक संकटको समाधान गर्ने उपाय खोज्न चाहन्थे ।चाहन्थे। उनको उक्त भर्साइल स्टेट जनरलका बैठकमा प्रस्तावित एजेण्डाहरु मध्यको प्रमुख एजेण्डा राष्ट्रमाथिको बढेको ऋणलाई कसरी चुक्ता गर्ने ? र अर्थ व्यवस्था कसरी सुदृढ गर्ने ?" भन्ने थियो ।थियो।
 
उक्त वैठकमा सामान्य जनताका प्रतिनिधिहरु नै लगभग एघार सयको संख्यामा भएकाले उक्त आर्थिक संकटका विरुद्ध, राजा विरुद्ध बढी नै आक्रोशित भए ।भए। सामान्य जनताका वकिल र वुद्धिजीवी प्रतिनिधिहरूले राजाका विरुद्ध विभिन्न आरोप लगाउँदै जनताका आवाज उठाएका थिए ।थिए। ४ मे १७८९ मा सुरु भएको स्टेट जनरलको बैठकमा लगभग २ महिना बहस भएको थियो ।
 
यो अधिवेशन नै क्रान्तिको आमन्त्रण भयो ।
 
साधारण वर्गका प्रतिनिधिले स्टेट्स जनरलका सम्पूर्ण प्रतिनिधिको बैठक बेग्ला बेग्लै नगरी संयुक्त रूपमा एकै सभा भवनमा गरिनु पर्ने र संयुक्त प्रतिनिधिको बहुमतद्वारा कुनै पनि निर्णय पारित गर्नु पर्ने कुरामा जोड दिए किनकी यसले मान्यता पाउनासाथ स्टेट्स् जनरलमा उनीहरूको बहुमत हुने थियो ।थियो। यसको खतरा प्रथम र द्वितीय वर्गका कुलीन र पादरी वर्गलाई राम्रोसँगले थाहा थियो, त्यसैले उनीहरूले यो कुराको कडा विरोध गरे । र पहिला झैं तीन सदनमा दुई सदनको मत पाएर प्रस्ताव पास गर्ने कुरामा जोड दिन थाले । लगभग महिना दिन सम्म यसको बारेमा छलफल भयो )। जून ३ मा पादरीवर्गका तीन सदस्य साधारण वर्गमा मिल्न गए र साधरण वर्गका प्रतिनिधिहरूले १७ जून १७८९ मा राष्ट्रिय सभा (National Assembly)को निर्माण गर्ने घोषणा गरे । जुन अत्याधिक मतले पास भयो । उनीहरूको राष्ट्रिय सभाको स्थापना गरेर फ्रान्समा सुधारका कार्यक्रम ल्याउने घोषणा भयो।{{sfn|खरेल|२०६४।pp=18}}
 
=== टेनिस कोर्टको सपथ ===