"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३२:
नेशनल कन्भेन्सनले एक प्रस्ताव पारित गरेर राजतन्त्र समाप्त गर्‍यो र गणतन्त्र स्थापना गर्‍यो। राजामाथी देशद्रोहको मुद्धा चलाइयो र मृत्युदण्डको सजाय दिइयो। राजाको मृत्युदण्डको सवालामा जिरोन्दिस्तहरूको नीति स्पष्ट थिएन। उनीहरू राजतन्त्रको विरोधी त थिए तर मृत्युदण्डको सवालामा [[जनमत सङ्ग्रह]]को कुरा गरिरहेका थिए। यस विपरीत ज्याकोबियन्सको यो मत थियो कि "राजाको देशद्रोह सिद्ध भैसक्यो। अतः उनलाई मृत्युदण्ड तत्काल दिनुपर्छ ।" अन्ततः २१ जनवरी १७९३ मा लुई १६औँ लाई फाँसी दिइयो ।
 
'''====आतंकको राज्य''' ====
{{main|आतंकको राज्य}}
[[चित्र:Robespierre.jpg|alt=Robespierre.jpg|left|thumb|म्याक्समिलन रबस्पियर]]
नेशनल कन्भेन्सनको सामु ज्याकोबियन र जिरोन्दिस्तहरूको बीच सङ्घर्षको समस्या पनि देखा पर्‍यो। वस्तुतः युद्धको कारण फ्रान्स आर्थिक संकटबाट गुज्रिनु पर्‍यो, मुल्यवृद्धी बढ्यो जसबाट कन्भेन्सनले राहत दिनको लागि विधान बनायो, धनीसंग कर उठाउने नियम बनाइयो । यी कदमहरु जिरोन्दिस्तहरूले विरोध गरे। जब ज्याकोबियनाहरूले पेरिसको भीड र कम्यूनको सहायताले कन्भेन्सनमाथी आक्रमण गरी सत्ता कब्जा गरे र जिरोन्दिस्तहरूलाई गिरफ्तार गरी आतंकको राज्य ({{lang-fr|la Terreur|link=no}} / {{lang-en|reign of terror|link=no}}) को स्थापना भयो।