"राजेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४७:
[[पण्डित विजयराज]] ले सो षड्यन्त्रको पोल खोलेर [[भण्डारखाल पर्व]]मा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए ।
 
भण्डारखालको नरसंहारलाई लिएर तत्काल नै जङ्गवहादुरले हनूमानढोका दरवारमा ठूलो भारादारी गराए। जसमा जङ्गी (निजामती थरघर आदि) सबै भाइ भारदारहरूको उपस्थिति थियो। कोत र भण्डारखालको हत्याकाण्ड गराउनाका साथै युवराज सुरेन्द्रविक्रमलाई मारी आफ्ना छोरा रणेन्द्रविक्रमलाई राजा बनाउने षडयन्त्र गरेको अभियोगमा महारानी राज्यलक्ष्मीदेवी सबै कुरावाट दोषी सावित भइन्भइन {{for|}}

। तसर्थ श्री ५ राजेन्द्रविक्रमका साथै युवराज सुरेन्द्रविक्रमको उपस्थितिमा भारदारीको सर्वसम्मतिले कान्छी महारानी राज्यलक्ष्मी देवीलाई शक्तिच्युत गरी देशनिकाला गर्नु उपयुक्त हुने ठहर सहितको फैसला गरयो । तत्पश्चात् १९०३ साले मार्गकृष्ण पञ्चमी आइतवारका दिन श्री ५ राजेन्द्रविक्रमबाट महारानी राज्यलक्ष्मीमा निहित रहेको सम्पूर्ण अधिकारका साथै राज्य सञ्चालन गर्नका लागि चाहिने विशेषाधिकारको लालमोहर युवराज सुरेद्रविक्रमलाई प्राप्त भयो ।
 
=== काशीयात्रा ===