विशाल भट्टराई (जन्म: सन् १९६९ अप्रिल ४) खोटाङ, नेपालको एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपालको पहिलो सङ्घीय संसदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) राजनीतिक दलको प्रमुख सचेतकको रूपमा सेवा गरेका थिए। उनी प्रतिनिधि सभा निर्वाचन, २०७४ मा खोटाङ १ बाट निर्वाचित भएर नेपालको सङ्घीय संसद सदस्य भएका थिए।[१][२] उनी २०७० सालको संविधान सभा निर्वाचनमा खोटाङ २ बाट पहिलो पटक विजयी भएका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "UPDATE : Election Result of Federal Parliament and Provincial Assembly", kathmandupost.ekantipur.com 
  2. "MP wants contractor company blacklisted", The Himalayan Times, ४ डिसेम्बर २०१८।