विनयकुमार कसजू एक पत्रकार, व्यङ्ग्यकार र जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन्। उनी साहित्यकार पनि हुन् विशेषतः छोटा कथाहरूमा र बालसाहित्यमा उनले कलम चलाएका छन्।[]

विनयकुमार कसजू
जन्मपाल्पा तानसेन, नेपाल
पेशाबाल साहित्यकार, लधुकाथाकार तथा पत्रकार
भाषानेपाली
राष्ट्रियतानेपाल नेपाली
उल्लेखनीय कार्यहरूराष्ट्रिय समाचार समितिको बोर्ड[] सदस्य, मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका[] तथा राष्ट्रिय सूचना आयोगको प्रमुख[]

उनको जन्म पश्चिम नेपालको पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन भएको थियो। तर उनको वाल्यकाल गुल्मीको रिडीमा बित्यो।

रिडीमा रहँदा उनले एक प्रधान पञ्चको रूपमा सेवा गरे। तत् पश्चात एक सामाज सेवकको रूपमा पनि कार्य गरे। उनी सन् १९७० मा पाल्पा बसाई सरेका थिए र सन् १९९६ मा काठमाडौँ आए। उनले गाउँले जनजीवनलाई उपयोगी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात तथा तालिमको काम गरे।[][] उनले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको[] सल्लाहकारका रूपमा सेवा गरेका थिए। राष्ट्रिय समाचार समितिको बोर्ड[] सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका[] रूपमा पनि योगदान दिएका छन्। उनले राष्ट्रिय सूचना आयोगको प्रमुखको रूपमा पनि योगदान गरेका छन्।[]

उनका व्यङ्ग्यात्मक कृतिहरूमा

उनको पुस्तक सामुदायिक रेडियो जुन् सन् २०००मा प्रकाशीत भएको थियो त्यसले सामुदायिक सशक्तिकरणमा सामुदायिक रेडियोहरूको भूमिकाको बारेमा विस्तृत विमर्श गरिएको थियो।

बाल साहित्यकार, लधुकाथाकार तथा वरिष्ठ पत्रकार विनय कसजूको ६९ वर्षको उमेरमा बिक्रम सम्बत २०७६ मंसिर १० गते मंगलबार निधन भएको छ। निमोनियाबाट पीडित कसजुको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।[१०]

सन्दर्भहरू सामग्रीहरू

सम्पादन गर्नुहोस्