बिटकोइन

डिजिटल पैसा सिस्टम
(विट क्वाइनबाट अनुप्रेषित)
Bitcoin
Prevailing bitcoin logo
Logo of Bitcoin
मूल्यवर्ग
उप एकाई
 ​11000Millibitcoin
 ​1००००००Microbitcoin
 ​1१००००००००Satoshi[][]
बहुवचनBitcoins
चिह्न
(Unicode: U+20BF BITCOIN SIGN (HTML ₿))[]
जनसाङ्ख्यिकी
राष्ट्र(हरू)El Salvador[]
सामान्यतया प्रयोग गरिने बिटकोइनको लोगो
३ मिनेट्समा बिटकोइन बुझाईएको

बिटकोइन (अङ्ग्रेजी: Bitcoin) भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो ।[] बिटकोइन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरू खरिद विक्रिमा सामान्य मुद्रा जस्तै प्रयोग गर्न सक्दछन् । बिटकोइनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ ।

जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ [] भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण नेपाल राष्ट्र बँक ले राख्ने गर्दछ तर बिटकोइन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रूपमा कार्य गरी रहेको हुन्छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपालमा क्रिप्टो मुद्रालाई विनिमय ‌मुद्राको रूपमा प्रयोगको लागि प्रतिवन्ध गरेको छ।[]

सन् २००९ मा सातोसि नाकामोटो नाम गरेको व्यक्तिले आविष्कार गरेको थियो । यसको सञ्चालन सन् २००९ मा पहिलो ओपन सोरस वालेट सार्वजनिक गरे पछि भएको पाइन्छ भने यसको प्रयोग २०११ मे देखि अत्यधिक रूपमा बढेको देखिन्छ ।

रोचक तथ्यहरु

सम्पादन गर्नुहोस्
  1. रहस्यमय सृष्टिकर्ता: बिटकोइन २००९ मा एक व्यक्ति वा समूह द्वारा "सतोशी नाकामोटो" छद्म नाम प्रयोग गरेर सिर्जना गरिएको थियो। बिटकोइनको व्यापक प्रयोगको बावजुद, नाकामोटोको वास्तविक पहिचान हालसम्म पनि अज्ञात छ।
  2. विकेन्द्रीकरण: बिटक्वाइन विकेन्द्रीकृत नेटवर्कमा सञ्चालन हुन्छ, जसको अर्थ कुनै एकल निकाय वा सरकारले यसलाई नियन्त्रण गर्दैन। जसले प्रयोगकर्ताहरूलाई ठूलो वित्तीय सार्वभौमिकता प्रदान गर्दछ ।
  3. ब्लकचेन टेक्नोलोजी: बिटकोइनले ब्लकचेन आधारित उपकरण हो।यो साझा र वितरित  रेकर्ड खाता हो जसमा विभिन्न अरु क्रिप्टोकरेन्सीहरूलाई पनि समावेस गर्दछ  र वित्त क्षेत्र बिना पनि कारोबार सम्भव गर्दछ ।
  4. सीमित आपूर्ति: बिटकोइन सँग २१ मिलियनको निश्चित आपूर्ति छ। यो आपूर्ति यसको कोडमा निर्मित छ र यसको मूल्यमा योगदान गर्ने कारकहरू मध्ये एक हो।
  5. हराएको बिटकोइनको मात्रा अधिक: यो अनुमान गरिएको छ कि पासवर्ड बिर्सिएको र खराब  हार्डवेयरको कारण महत्वपूर्ण संख्याको बिटकोइनहरू स्थायी रूपमा हराएको छ।
  6. पर्यावरणीय चिन्ता: बिटकोइन खननसँग सम्बन्धित ऊर्जा खपतले वातावरणीय चिन्ताहरू बढाएको छ। थप कुशल ऊर्जा खानी अभ्यासहरू विकास गर्न नयाँ खोज र प्रयासहरू भइरहेका छन्।
  7. अस्थिर मूल्य: बिटक्वाइनको मूल्य अस्थिरताको लागि पनि परिचित छ, यसको छोटो अवधिमा तीव्र मूल्य उतार-चढ़ावको कारणले लगानीकर्तालाई आकर्षित र जोखिम पनि खडा गरेको छ।
  8. कानुनी चुनौतीहरू: विश्वभरका सरकार र नियामक निकायहरूले बिटकोइन र अन्य क्रिप्टोकरन्सीहरूलाई कसरी वर्गीकरण र नियमन गर्ने भन्ने कुरामा जुटेका छन्, जसले गर्दा विभिन्न कानुनी उल्झन र समस्या अझै पनि प्रस्ट भैसकेको अवास्था रहेको छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Unicode 10.0.0", Unicode Consortium, २० जुन २०१७, मूलबाट २० जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१७ 
  2. Bradbury, Danny (नोभेम्बर २०१३), "The problem with Bitcoin", Computer Fraud & Security (अङ्ग्रेजीमा) 2013 (11): 5–8, डिओआई:10.1016/S1361-3723(13)70101-5 
  3. "El Salvador's dangerous gamble on bitcoin", The editorial board, Financial Times, ७ सेप्टेम्बर २०२१, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१ 
  4. बिटकोइन
  5. नेपाल राष्ट्र बँक ऐन, २०५९ दफा ५२
  6. nrb.org.np, २०२४-१२-१५ https://www.nrb.org.np/contents/uploads/2022/02/Crypto_for_Financial_Literacy_Final.pdf |url= शीर्षक नै (सहायता) 

बाहिरी लिङ्कहरू

सम्पादन गर्नुहोस्


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found