विकिपिडिया:विकि सम्मेलन भारत २०११
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अगस्त २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विकि कन्फरेन्स इन्डिया २०११ भारतमा आयोजना गरीएको यसप्रकारको पहिलो कार्यक्रम हो । यसलाई राष्ट्रिय रूपमा प्रत्येक वर्ष आयोजना गर्ने मनसायले विकिमीडिया फाउन्डेसन,भारत र विकिमीडिया कोष,भारतले संयुक्त रूपमा आयोजना गरेका हुन् । यसमा विकिका विकसक्रमका चुनौतिहरू,सफल क्रियाकलापहरू र प्रयोगकर्ताका महत्वपूर्ण सिकाइहरू बाड्ने वातावरण सिर्जना गरीएको थियो । यो सम्मेलन सम्पूर्ण मुलुकका सहभागीहरूलाई खुला गरीए पनि मुख्य रूपमा भारतीय विकिका बारेमा नै केन्द्रित रहेको थियो ।
नेपाली विकिपिडियाले विकि विकि सम्मेलन भारतमा २०११ भागलिनुको कारण
सम्पादन गर्नुहोस्- नेपाली भाषा भारतमा संवैधानिक रूपमा मान्यता प्राप्त राष्ट्रिय भाषाहरू मध्येको एउटा हो।
- सिक्किम र पश्चिम बङ्गाल राज्यहरूको सरकारी भाषा हो।
- भारतमा नेपाली मूलका नेपाली भाषी भारतीयको संख्या उल्लेखनीय रहनु, साहित्य, संगीत, कला र विकिपिडियामा पनि भारतीय नेपालीहरूको योगदान रहनु।
- नेपाली भाषा र यस क्षेत्रमा बोलिने भाषा, संस्कृति, परम्परा, चाढहरू एउटै हुनु।
- नेपाली विकि र अन्य दक्षिण एसियाली विकिको विकासक्रम , प्राविधिक कठिनाई र अन्य विभिन्न पाटाहरू समान रहनु।
- विकिपिडिया देश, भाषा, जात-जाति, धर्म अनि र कुनै पनि भेदभावदेखि माथिको कुरा हो र खुल्ला ज्ञानको विश्वकोष हो।
नेपाली विकिपिडियाले प्रस्तुत गरेको आफ्ना क्रियाकलापहरू
सम्पादन गर्नुहोस्- यस वर्षमा प्राप्त लेख र सक्रिय प्रयोगकर्ताको संख्यामा भएको ३००%को बृद्धि
- राजेश जी द्वारा विकास गरिएको विकि अनुवादक
- ट्रान्सलेट विकि ट्रान्सलेसन -यालीमा नेपाली भाषा ६टौँ धेरै अनुवादित भाषा
- नेपाली विकिथोनको आयोजना
- विकिमीडिया फाउन्डेसन नेपालको स्थापना कार्य प्रगति
- नेपाली विकिले "Nepal Conference on improving research infrastructures with social media" सम्मेलनमा गरेको आफ्नो प्रस्तुती
यो पृष्ठ कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस पृष्ठमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |