सामसङ सम्पादन गर्नुहोस्

सामसङको हालको प्रतिक

सामसङ (कोरियाली: 삼성) (हन्जा: 三星); (कोरियाली उच्चारण = सामसङ जुलुब) (अनुवादित "तीन तारा") (उच्चारण), एक दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हो जसको मुख्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ। यसले असङ्ख्य सम्बद्ध व्यवसायहरू समावेश गरेको छ। तिनीहरू मध्ये अधिकांश सामसङ ब्रान्ड अन्तर्गत एकजुट भएका छन्। यो दक्षिण कोरियाको सबैभन्दा बहु-उद्योग कम्पनी समेत हो।

सामसङलाई सन् १९३८ मा, व्यापारिक कम्पनीको रूपमा लि ब्योङ चुलले स्थापना गरेका थिए। अर्को तीन दशकहरूमा, समूहले खाद्य प्रसोधन, कपडा, बीमा, धितो, र खुद्रा लगायतका क्षेत्रहरूमा विविधीकरण गरेको थियो। सामसङले सन् १९६० को दशकको अन्त्यतिर विद्युतीय उद्योगमा प्रवेश गरेको थियो र सन् १९६० को मध्यमा विभिन्न प्रकारका नर्माण तथा जहाज निर्माण उद्योगमा अग्रसर भएको थियो। सन् १९८७ मा संस्थापक लिको मृत्युपछि, सामसङ चार व्यवसायिक समूहमा विभाजित भएको थियो जसमा सामसङ समूह, शिन्सेगे समूह, सिजे समूह र हाल्सोल समूह समावेश छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ०, अक्षर: ०, स्पेस: ०
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० जुन २०, ०५:४०:५९ भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- بربت سيبيدي (تحدث معي) १२:४८, २७ जेठ २०७७ (नेपालको प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। بربت سيبيدي (تحدث معي) १२:४८, २७ जेठ २०७७ (नेपालकाे प्रमाणिक समय)