विकास खवास एक नेपाली फुटबल खेलाडी हुन्। उनी मैदानमा विपक्षी टोलीविरूद्ध रक्षापङ्क्तिको रूपमा उत्रने गर्दछन्।[२] उनी हाल नेपाल आर्मी क्लब का नियमित खेलाडी हुन्। उनले विभिन्न उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

विकास खवास
सहिद स्मारक ए-डिभिजन लिग २०७५ को उदयीमान युवा खेलाडीको पुरस्कार ग्रहण गर्दैन विकास खवास
व्यक्तिगत जानकारी
उचाइ ५.९ फिट (१८० सेमी)
खेल्ने स्थान(हरू) Full Back
क्लब जानकारी
वर्तमान टोली
नेपाल आर्मी क्लब
सङ्ख्या ३३
युवा करियर
2014 एन्फा एकेडेमी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१८- नेपाल आर्मी क्लब[१] 10 (१)
अन्तर्राष्ट्रिय करियर
2016 Nepal U-14 (०)
2016-2018 Nepal U-16 (०)
2018 Nepal U-19 (०)
2019 Nepal U-23 (०)
सम्मान
विजेता साफ च्याम्पियनसिप-भुटान २०१८
नेपाल यु-२३
सवर्ण पदक – पहिलो स्थान साग गेम-नेपाल २०१९
नेपाल आर्मी क्लब का लागी}
सवर्ण पदक – पहिलो स्थान आठौँ राष्ट्रिय खेलकुद २०७५
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

क्लब जीवन सम्पादन गर्नुहोस्

नेपाल आर्मी क्लब सम्पादन गर्नुहोस्

विकास खवासले नेपाल आर्मी क्लबबाट नेपालका घरेलु फुटबल जगतकै सर्वाधिक घन राशीको फुटबल प्रतियोगिता खप्तड गोल्डकप साथै अन्य सिमरा गोल्डकप, झापा गोल्डकप जस्ता प्रमुख प्रतियोगिताहरू जितिसकेका छन् ।

२०७५ राष्ट्रिय लिग सम्पादन गर्नुहोस्

विकास खवासले पहिलोपटक २०७५ सालमा नेपाली राष्ट्रिय लिगका रूपमा सहिद स्मारक ए-डिभिजन लिग २०७५ खेलेका थिए । नेपाल आर्मी क्लबबाट सहभागीता जनाएका उनले प्रतियोगिता भर कुल १० खेल खेलेका थिए, भने उनले २०७५ सालको राष्ट्रिय लिगमा १ गोल गर्न समेत सफल भएका थिए । २०७५ मंसिर २ गते च्यासल युथ क्लब विरूद्ध भएको खेलमा विकासले खेलको २७ औँ मीनेटमा गोल गरेका थिए । यस्तै २०७५ मंसिर ७ शुक्रबार नेपाल पुलिस क्लब विरूद्ध भएको खेलमा उनले म्यान अफ दि म्याच समेत जित्न सफल भएका थिए । लिगमा पहिलो पटक हार बेहोरेको पुलिस विरूद्धको उक्त खेलमा आर्मी १-० गोल अन्तरले पराजित भएको थियो, भने आर्मीका लागि एक गोल भने टेक बहादुर बुढाथोकी ले गरेका थिए[३] । यस्तै प्रतियोगिताको अन्तमा उनले नेपाली राष्ट्रिय लिगमै पहिलोपटक प्रदान गरिएको मणि बिक्रम शाह उत्कृष्ट युवा खेलाडी नामक पुरस्कार जित्न सफल भएका थिए [४]। यो पुरस्कार सँगै उनले नगद नेपाली रू एक लाख पनि जित्न सफल भएका थिए । यस पुरस्कार जितेसँगै विकास नेपाली फुटबलमा एक चम्किला ताराका रूपमा उदाएका थिए ।

अन्तर्राष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

विकास खवासले नेपाली उमेर समूह अन्तर्गत यू-१४, यू-१६, यू-१८, यू-२०बाट आफ्नो सहभागीता जनाइ सकेका छन् । उनी नेपाली यू-१६ टोलीले २०१७ यू-१९ साफ च्याम्पियनसिप जित्दाका टिमका एक महत्त्वपूर्ण सदस्य रहेका थिए । भने क्रिकेस्थानमा भएको २०१९ साफ यू-१९ च्याम्पियनसिप छनोट चरणको प्रतियोगितामा समेत उनले नेपाली टिमको प्रतिनिधित्व गरेका थिए ।

२०१८ यू-१८ साफ च्याम्पियनसिप सम्पादन गर्नुहोस्

भुटानमा सम्पन्न भएको २०१७ साफ यू-१८ साफ च्याम्पियनसिप नेपाली राष्ट्रिय यू-१९ टोलीले जित्दा उनी टिमको एक महत्त्वपूर्ण सदस्य रहेका थिए । उनले उक्त प्रतियोगितामा आफ्नो उत्कृष्ट रक्षात्मक शैली प्रस्तुत गरेका थिए ।

क्लब खेल विवरण सम्पादन गर्नुहोस्

सिजन क्लब लिग लिग एएफसी कप अन्य कुल
खेल गोल खेल गोल खेल गोल खेल गोल
२०१८ नेपाल आर्मी क्लब सहिद स्मारक ए-डिभिजन लिग १० १०
कुल १० १०
सम्पुर्ण १० १०

अन्तर्राष्ट्रिय खेल विवरण सम्पादन गर्नुहोस्

अन्डर-१६/१७ सम्पादन गर्नुहोस्

अन्डर-१९ सम्पादन गर्नुहोस्

अन्डर-२३ सम्पादन गर्नुहोस्

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

उपाधिहरू सम्पादन गर्नुहोस्

नेपाल सम्पादन गर्नुहोस्

अन्डर-१९

क्लब सम्पादन गर्नुहोस्

नेपाल आर्मी क्लब सम्पादन गर्नुहोस्

  • ललित स्मृति अन्डर-१८ फुटबल प्रतियोगित : २०७५

सम्मानहरू सम्पादन गर्नुहोस्

  • ललित स्मृति अन्डर-१८ फुटबल प्रतियोगिता उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी : २०७५
  • मणि बिक्रम शाह उत्कृष्ट युवा खेलाडी अवार्ड (२०७५)[५]

खेल्ने शैली सम्पादन गर्नुहोस्

विकास खवास मैदानको दायाँ पट्टीको रक्षात्मक पंक्ति सम्हाल्ने गर्दछन् । उनी बिपक्षी टिमका खेलाडीहरूको गोल गर्न खोज्ने प्रयासलाई मैदानको डि-बकस भन्दा अगाडिनै क्लियर गर्न माहिर मानिन्छन् । यस्तै अद्भुत रक्षात्मक क्षमताकै कारण उनले सहिद स्मारक ए-डिभिजन लिग २०७५ लिगमा मणि बिक्रम शाह उत्कृष्ट युवा खेलाडी अवार्ड जित्न सफल भएका थिए ।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ए डिभिजन लिगका खेलाडीहरूको सूची", अखिल नेपाल फुटबल सङ्घको आधिकारिक वेबसाइट, अन्तिम पहुँच १६ डिसेम्बर २०१९ 
  2. "ए डिभिजन लिगका खेलाडीहरूको सूची", अखिल नेपाल फुटबल सङ्घको आधिकारिक वेबसाइट, अन्तिम पहुँच १६ डिसेम्बर २०१९ 
  3. "टेक बहादुरको निर्णायक गोलमा आर्मीद्वारा पुलिस पराजित", खेलपाटी, अन्तिम पहुँच शुक्रवार, मंसिर ७, २०७५ 
  4. "आर्मीका भरत उत्कृष्ट फरवार्ड, व्यक्तिगत विधामा मनाङको बर्चश्व", हाम्रो खेलकुद, अन्तिम पहुँच मंगलबार, पुष २४, २०७५ 
  5. "आर्मीका विकास खवास उदयीमान खेलाडी घोषित", इमेज खबर, अन्तिम पहुँच १६ जनवरी २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्