वार्तालाप:पिर्के पिङ

पछिल्लो टिप्पणी: १ वर्ष अघि Nirmal Dulalद्वारा विषय पिर्के पिङ सम्बन्धमामा

पिर्के पिङ सम्बन्धमा सम्पादन गर्नुहोस्

 

@Bhupendra Shrestha: ज्यू, यहाँको लगनशीलता र योगदानको म कदर गर्दछु। साँच्चै भन्दा यहाँको नेपाली विकिपिडियमा भएको क्रियाशिलताको म प्रशंसक हुँ। मैले यहाँ उठाउन खोजेको विषय यही पेजको पिर्के पिङको बारेमा हो। तपाईंले यो पेजमा जुन पिङको बारेमा चर्चा गर्नु भएको छ त्यो रोहोटे पिङ वा चर्खे पिङ हो। पिर्के पिङ भनेर यसलाई भनिँदैन। यसमा पनि पिर्काको प्रयोगचाहिँ हुन्छ। रोहोटे पिङ वा चर्खे पिङहरू चारपिर्के, आठपिर्के. बाह्रपिर्के हुन्छन् त्यो अर्कै कुरा हुन्। तर यसलाई पिर्के पिङ भनिँदैन। चर्खाजस्ते घुम्ने भएकोले चर्खे पिङ वा रोटोजस्तै गोलाकारमा घुम्ने भएकोले रोहोटे पिङ भनिने हो। यसैले यहाँले यसलाई रोहोटे पिङ वा चर्खे पिङ भनेर राख्नुभयो भने राम्रो हुने थियो। दीपक कथित (कुरा गर्ने) ०८:१६, २९ जुलाई २०१९ (युटिसी(UTC))

दीपक कथित जी, कुनै पनि स्थान, ठाउँ तथा परिवेश विशेष वस्तु तथा औजारहरूको नामहरू फरक हुने गर्दछ त्यस्तै हाम्रो वरपरको भेगमा रोहोटे पिङ तथा पिर्के पिङ भनेर यस्तै खाले पिङलाई पनि भन्ने गरिन्छ । अझ हामीले पनि हाम्रो गाउँमा प्रत्येक दशै, तिहारमा पिर्के पिङ भनी यसै किसिमको पिङ बनाउने गरिन्छ ।--(Bhupendra Shrestha (कुरा गर्ने) १०:०९, २९ जुलाई २०१९ (युटिसी(UTC)))
@Bhupendra Shrestha:जी, ठाउँ विशेषले कुनै पनि वस्तुका नामहरू फरक फरक हुन्छन्। यो ध्रुवसत्य कुरा हो। तर हामीले विकिपिडियामा वस्तुको नाम दिँदा वास्तविक नाम दिने र बरू त्यसको बारेमा लेख्दा विभिन्न ठाउँमा विभिन्न नामले चिनिन्छ भनेर दिँदा उपयुक्त हुन्छ। नेपालीमा कुनै पनि वस्तुको नाम दिँदा नेपाली बृहत् शब्दकोषले चिनेको चाहिँ हुनुपर्छ। शब्दकोषले नचिनेको नामचाहिँ हामीले आञ्चलिक नाम वा ठाउँ विशेषको नाम भनेर दिनु उपयुक्त हुन्छ। कुनै पनि कुराको वहस गर्दा त्यही पेजको वार्ता पेजमा गर्दा राम्रो हुन्छ होइन र? दीपक कथित (कुरा गर्ने) ०५:४३, १२ अगस्त २०१९ (युटिसी(UTC))
@Nirmal Dulal, सरोज कुमार ढकाल, पर्वत सुबेदी, and हिमाल सुबेदी: विचार राख्नहुन।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२२, ४ अक्टोबर २०२२ (नेपाली समय)जवाफ दिनुहोस्
"पिर्के पिङ" पृष्ठमा फर्कनुहोस्।