लोहकार अर्थात प्रचलनमा लोहार फलामबाट विभिन्न यन्त्र,अाैजार,सामग्री उत्पादनमा पोख्त शिल्पी समुदाय हो । लोहार शब्द लोहकार बाट बोली व्यवाहारमा छोटीन जाँदा बन्न पुगेको हो । समाजका धेरै पेशा र व्यवसायलाइ चाहीने अधीकांस यन्त्र अाैजार लोहकारबाटै उत्पादीत हुँने हुँदा यो शिल्पलाइ उत्पादनको जग मानिन्छ । लोहकारीय उत्पादन बीना अन्य सबै उत्पादन संभव नहुँने हुँदा यो कालीगडीलाइ शिल्पका देवताको साक्षात रुप मानि विश्वकर्मा उपाधि समेत प्राप्त छ, जस्ले गर्दा यो समुदाय विश्वकर्मा नामले समेत प्रसिद्ध छ।