लोहागडा उपजिल्ला
लोहागडा (बङ्गाली: লোহাগড়া) बङ्गलादेशको नडाइल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[५]
लोहागडा
লোহাগড়া | |
---|---|
निर्देशाङ्क: २३°११′उ॰ ८९°३९′पू॰ / २३.१८३°N ८९.६५०°Eनिर्देशाङ्कहरू: २३°११′उ॰ ८९°३९′पू॰ / २३.१८३°N ८९.६५०°E | |
देश | बङ्गलादेश |
विभाग | खुलना विभाग |
जिल्ला | नडाइल जिल्ला[२] |
क्षेत्रफल | |
• जम्मा | २८४.९१ किमी२ (११०�०० वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[३]) | |
• जम्मा | २२८,५९४ |
• घनत्व | ८००/किमी२ (२१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय[४]) |
हुलाक | ७५११ |
वेबसाइट | lohagara |
भूगोल
सम्पादन गर्नुहोस्लोहागडा उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २३°०५' देखि २३°१९' उत्तर अक्षांश र ८९°२९' देखि ८९°४६' पूर्वी देशान्तरणमा अवस्थित छ। लोहागडा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २९०.८३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई मोहाम्मादपुर उपजिल्लाले उत्तर, कालिया उपजिल्लाले दक्षिण, आलफाडाङ्गा, काशियानी र गोपालगञ्ज उपजिल्लाले पूर्व र नडाइल सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। नबगङ्गा, मधुमति, इछामति, छातरा खाली, गण्डर खाल, नलदी बिल, कुमरी बिल, आमादार बिल यस उपजिल्लाका केही नदी तथा नहरहरू हुन्।
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लामा युद्ध तथा प्रत्यक्ष गोली हानाहान हुँदा ८ पाकिस्तानी सेना सहित २ बङ्गलादेशी लडाकुक मृत्यु भएको थियो। २३ मे १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लामा सर्वसाधारणहरूक सामूहिक हत्या गर्दै थुप्रै घरटहराहरूमा आगजनी गरेका थिए। लोहागड उपजिल्ला ८ डिसेम्बरका दिन स्वतन्त्र भएको थियो।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २२१००० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ११०८०९ छ भने महिलाको जनसङ्ख्या ११०१९१ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १९३३३५ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २७५४३ अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १२२ रहेको छ। यस उपजिल्लामा ५२४ मस्जिद, १० मन्दिर ५ चिहानहरू रहेका छन्। लोआगडा थाना जामे मस्जिद, लक्ष्मीपाशा कालिबाडी मन्दिर आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९५.१३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.६५% ले पोखरी, ०.६२% ले टुटी र ३.६०% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७.४२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वस्थ्य संस्था, १२ परिवार नियोजन केन्द्र, १ अस्पताल र ५ सामुदायिक स्वस्थ्य संस्थाहरू रहेका छन्। सन् १९५४ मा आएको बाढी र सन् १९६१ मा आएको आँधीले यस उपजिल्लाका घर, पुरातात्त्विक भवन र बाली नालीमा ठूलो मात्रामा क्षति पुर्याएको थियो।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, जुट, आलु, गहुँ, पानको पात, तोरी लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, नरिवल, बदाम, स्याउ, आलुबखडा, अम्बा, केरा, कागती, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया पानको पात, केरा, बदाम, मेवा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तील, कोदो, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ४४ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ४०१५ माछापालन केन्द्र, ४३ कुखुरापालन केन्द्र र ४७ कुखुरापालन केन्द्रहरू रहेको छ।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५८.०७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.७६%, वाणिज्यमा १३.२८%, सञ्चार र यातायातमा ३.६२%, उद्योगमा १.१६% निर्माण क्षेत्रमा १.१७%, सुविधामा १२.७२%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.४४% र अन्यमा ६.५२% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय लोहागडा थानाको स्थापना सन् १८६१ मा भएको थियो भने सन् १९८४ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १२ सङ्घ परिषद्, १५४ मौजा/महल्ला र २१७ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; नलदी सङ्घ परिषद्, लाहुडिया सङ्घ परिषद्, शालनगर सङ्घ परिषद्, नोयाग्राम सङ्घ परिषद्, लक्ष्मीपाशा सङ्घ परिषद्, जयपुर सङ्घ परिषद्, लोहाजडा सङ्घ परिषद्, दिघलिया सङ्घ परिषद्, दिघिलिया सङ्घ परिषद्, मल्लिकपुर सङ्घ परिषद्, कोटाकोल सङ्घ परिषद्, इतना सङ्घ परिषद् र काशिपुर सङ्घ परिषद्।[६]
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्लाको कुल साक्षरता दर ४७.७२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५०.६६% छ भने महिलाको साक्षरता दर ४४.८२%रहेको छ। यस उपजिल्लामा ६ क्याम्पस, ३४ माध्यमिक विद्यालय, १५१ प्राथमिक विद्यालय र ६८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; नवगङ्गा डिग्री क्याम्पस, इतना विद्यालय तथा क्याम्पस (सन् १९००), लहाजडा आदर्श महाविद्यालय (सन् १९६८), लक्ष्मीपाशा आदर्श महाविद्यालय, एलएसजेएन उच्च विद्यालय, सिडि उच्च विद्यालय, इतना उच्च विद्यालय (सन् १९००), दिघलिया आदर्श उच्च विद्यालय (सन् १९६६), लोहागड पाइलट उच्च विद्यालय (सन् १९०६), नलदी बिएसएस माध्यमिक विद्यालय (सन् १९१६), केडिआरके माध्यमिक विद्यालय (सन् १९२०), काशिपुर एसि माध्यमिक विद्यालय (सन् १९१६), इतना माध्यमिक विद्यालय (सन् १९३०), लक्ष्मीपाशा आदर्श विद्यालय (सन् १८८९), कुमरी तालबाडीयम हामिदिया सिनियर मदरसा (सन् १९६०), लाहुडिया सिद्दिकिया फाजिल मदरसा, एसएचबिआर आलिम मदरसा आदि।[७]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Population Census 2011: Narail Table C-06" (PDF), Bangladesh Bureau of Statistics, अन्तिम पहुँच जुलाई ११, २०१४।
- ↑ "Population Census 2011: Narail Table C-04" (PDF), Bangladesh Bureau of Statistics, अन्तिम पहुँच जुलाई ११, २०१४। वेब्याक मेसिन अभिलेखिकरण जुलाई २९, २०१४ मिति
- ↑ "Population Census 2011: Narail Table C-01" (PDF), Bangladesh Bureau of Statistics, अन्तिम पहुँच जुलाई ११, २०१४। वेब्याक मेसिन अभिलेखिकरण जुलाई २९, २०१४ मिति
- ↑ "District Statistics 2011: Narail" (PDF), Bangladesh Bureau of Statistics, मूलबाट नोभेम्बर १३, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०१४।
- ↑ "लोहागड उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, सन् २०१२।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।
- ↑ "List of Institutions", Ministry of Education, अन्तिम पहुँच जुलाई १५, २०१४। वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २७, २०२१ मिति