लुम्बिनी विकास बैंक लिमिटेड

लुम्बिनी विकास बैंक लिमिटेड नेपालको एक राष्ट्रिय स्तरको विकास बैङ्क हो। यसले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्र प्राप्त गरेको छ।[२]

लुम्बिनी विकास बैंक लिमिटेड
व्यवसाय प्रकार
'ख' वर्गको इजाजतपत्र प्राप्त संस्था
उद्योगबैङ्किङ
स्थापित२०७४ असार २५
केन्द्रीय कार्यालयडिल्लीबजार, काठमाडौँ
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
चिन्तामणि भट्टराई (अध्यक्ष)
नरेशसिंश बोहरा (कार्यकारी अधिकृत)[१]

भाजुरत्न फाइनान्स लिमिटेड, वीरगञ्ज फाइनान्स लिमिटेड, हिमचुली विकास बैंक लिमिटेड, लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी लिमिटेड र भिवोर विकास बैंक लिमिटेड गरी पाँच वटा बैंक तथा वित्तीय संस्थालाई गाभेर स्थापना भएको थियो। भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङको मर्जर २०७४ असार २५ गते भएको थियो। [३]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "लुम्बिनी विकास बैंकका सिइओ बोहराको दोस्रो कार्यकाल", नयाँ पत्रिका (नेपालीमा), १४ वैशाख २०८१। 
  2. "List of Banks and Financial Institutions (Licensed by NRB)", नेपाल राष्ट्र बैंक, अन्तिम पहुँच २ जनवरी २०२३ 
  3. "Introduction To Lumbini Bikas Bank Limited", लुम्बिनी विकास बैंक (अङ्ग्रेजीमा), १४ वैशाख २०८१।