लारुम्बा
लारुम्बा इलाम जिल्लाको बाँझो गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। बाँझो गाविसको ८ र ९ नम्बर वडामा फैलिएको यस गाउँमा २०३५ सालमा इभाङबाट गुरु आत्मानन्द लिङदेन लारुम्बा गएर बसेपछि लारुम्बा धार्मिक स्थलको रूपमा विकास भएको हो । आत्मानन्द फाल्गुनन्दका जेठा दाजुको जेठा छोराका छोरा हुन् । अहिले किराँत समुदायको धार्मिक ग्रन्थ मुन्धुम अध्ययन स्थलको रूपमा समेत लारुम्बा विकास हुँदैछ ।
लारुम्बा | |
---|---|
निर्देशाङ्क: २६°४९′N ८७°४५′E / २६.८१°N ८७.७५°Eनिर्देशाङ्कहरू: २६°४९′N ८७°४५′E / २६.८१°N ८७.७५°E | |
देश | नेपाल |
Zone | Mechi Zone |
District | Ilam |
Area | Mangsebung |
समय क्षेत्र | युटिसी+5:45 (Nepal Time) |
Nearest city | Damak |
लारुम्बामा मांशाहार निषेध गरिएको हुनाले यस स्थानलाई शाकाहारी गाउँको नामले पनि चिनिन्छ। त्यस्तै यहाँ कसैले पनि धूम- मध्यपान गर्दैनन् । ०६६ सालदेखि त्यस्ता वस्तु निषेध गरिएको हो । उनी भन्छन्, 'यस स्थानमा बसोबास गर्ने कसैले मासु, जाड-रक्सी, सुर्ती-चुरोट प्रयोग गर्दैनन् । गुठ्खा, मधु, परागसमेत खान मनाही छ । काटमार गर्न पनि पाइँदैन ।' तपाईँ बाहिरबाट लारुम्बा जाँदै हुनुहुन्छ भने पनि सावधान π बाहिरबाट जानेहरूले समेत गाउँमा निषेधित वस्तु खान पाउँदैनन् । तोकिएको क्षेत्रभित्र बेचबिखन पनि हुँदैन । कानुन त कार्यान्वयन नहुने देशमा नियम बनाउँदै लागू हुन्छ नै भन्ने छैन । यो कुरामा पनि लारुम्बावासी सचेत छन् । त्यसैले यहाँका युवा निषेधित वस्तु प्रयोग गरे/नगरेको अनुगमन गर्छन् । समाजमा नराम्रा मानिएका वस्तुको प्रयोग बन्द गर्नका लागि धार्मिक आचार-संहिता निर्माण गरिएको छ । आचार-संहितामा हिंसा नगर्ने, जीव हत्या गरेर पूजा नगर्ने, छोरी-चेलीको रुपौली-सुनौली नखाने, झुट नबोल्ने, चोरी सिकार नगर्ने लगायत कुरा छन् । धूमपान र मद्यपान निषेध गरिएकाले पहिले सेवन गर्नेहरूको पनि बानी छुटिसकेको छ । 'पहिला नजान्दा खानेले पनि अहिले मुखमै हाल्दैनन्, गाउँभरि कसैको घरमा जाँड-रक्सी बन्दैन । मादक पदार्थ कसैले नखाने भएकाले गाउँ नै शान्त छ । गाउँमा खासै झै-झगडा हँुदैन, समाजमा झै-झगडा गराउने मादक पदार्थ नै त हो । लारुम्बा अहिले 'शाकाहारी गाउँ'को रूपमा चर्चित भएको छ ।
किरात धर्मगुरु फाल्गुनन्दको 'सत्यहाङमा'को अनुशरण गर्दै जाँदा गाउँ यस्तो बनेको स्थानीय बताउँछन् । १९४२ सालमा इलामको इभाङमा जन्मिएका फाल्गुनन्दले किरातीलाई सत्मार्गमा ल्याउनका लागि सत्यहाङमाको धारणा अघि सारेका थिए । किरात समुदायमा रहेको विसंगति-विकृति हटाउन फाल्गुनन्दले बनाएको आचार-संहितालाई सत्यहाङमा भनिन्छ । उनले १९८८ सालमा तत्कालीन दश लिम्बुवानका अगुवालाई भेला गरेर पाँचथरको लब्रेकुटीमा सत्यहाङमा मुचुल्का बनाएका थिए ।
लारुम्बाका एक हजार एक सय परिवारले फाल्गुनन्दको सत्यहाङमा अनुशरण गरिरहेका छन् । लिम्बूहरूको बाक्लो बस्ती भएको लारुम्बामा राई, मगर गुरुङ, नेवार, दलित र ब्राह्मण समुदायको पनि बसोबास छ । साढे पाँच किलोमिटरको परिधिमा रहेको लारुम्बा किराँतीको धार्मिकस्थल पनि हो । त्यहाँका किरातीले अहिले आत्मनन्द लिङदेनलाई धर्मगुरुका रूपमा मानेका छन् । ०३५ सालमा
बिक्रम सम्बत २०३५ साल देखी माङ्हिमको रूपमा रहेको लारुम्बा किरात जातिको लागि मात्र नभएर राष्ट्रको लागिनाइ महत्त्वपूर्ण धार्मिक र पर्यटकिय क्षेत्र हो। किरात धर्म गुरु आत्मनन्द लिङ्देन र गुरुमा पवित्रहाङ्मा सावा लिङ्देनको आश्रय रहेको छ।सो स्थलमा हरेक वर्ष कार्तिक २५ मङ्सिर १८ र माघ ५ गतेका दिनहरूमा विशेष गरेर नेपाल, भुटान, भारत, बर्मा, लगायतका मुलुकहरूबाट लाखौको सख्यामा किरात धर्मलम्बिहरु आउने गर्दछन। ति दिनहरूमा किरात परम्परा अनुसार धार्मिक प्रबचन्, अनुस्ठान, लगायत विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गरिन्छ । धार्मिक स्थल लारुम्बा पुग्ने धर्मलम्बिहरु त्यहा रहेको माङहिममा तन मन बचनले भक्ती गर्दछ्न। बिहान उठेर स्नान गरी पवित्र भएर सेतो बस्त्र लगाइ पूजा आजा गरिन्छ। फलार मात्रा खाएर दिनभर पूजा आजा गरी १०८ दिप प्रज्वलन गर्नाले चिताएको पुग्ने जनबिश्वास रहिआएको छ । पवित्र सो स्थलमा मधपान, धुम्रपान, काटमार, अस्लील, शब्दहरूको प्रयोग जस्ता कुरालाई पूर्णरूपमा निशेध गरिएको छ। त्यहा पूजाआजा गर्ने भक्तजनहरूले फुल, नैबेध, बस्त्र, भेटी , आदिको मात्रा प्रयोग गर्दछन । त्यहा रहेको माङ्हिममा भगवान शिव र पार्वती बिराजमान भएको छन । वारीपरी पहाडले घेरिएको र तलतिर तराइका हरियाली फाटहरु द्रिश्यालोकन गर्न सकिने लारुम्बा धार्मिक दृष्टिकोणले जती महत्त्वको छ पर्यटकिय स्थलको रूपमापनी उतिकै महत्त्वपूर्ण छ। ईलामका पर्यटकियस्थलहरु मान्मालुङ्, मिक्लाजुङ, रबिबजार, चालचुली जस्ता पर्यटकिय स्थलहरूको साथमा रहेको लारुम्बा पर्यटकको लागि पनि महत्त्वपूर्ण स्थल बनेको छ।लारुम्बा क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउनको लागि त्यहा हर प्रयास जारी रहेको छ फलस्वरुप सो स्थलमा ५ किलोमिटर मङ्सेबुङ रिङ्गरोड समेत निर्माण गरिएको छ । किरात हाङसामा मुजोलुङ माङ्हिम अन्तर्गत रहेको धार्मिकस्थल आजभोलि आस्रय स्थलको रूपमा रहेको छ। देशमा चलेको सशस्त्र द्रन्दका समयमा माओवादी पीडितका रूपमा लारुम्बा प्रबेस गरेका माओवादी पीडित किरातिहरूको बसोबासले गर्दा यस स्थलको जन सख्यामा र बस्तिमा समेत परिणत भएको छ । पूर्वाञ्चलाका विभिन्न जिल्लाहरूबाट बिस्थापित भइ गुरु आश्रमा आएपुगेका बिस्थापित हरूलाई माङ्हिमले अस्थायीरूपमा निसुल्क घर जग्गा उपलब्द गराएको थियो । सो धार्मिकस्थलमा किरातिहरूको धर्म, लिपी, जजमान, जस्ता बिषयमा पढाई समेत हुने भएकोले कर्मकाण्ड पढ्ने विद्यार्थीहरु समेत यहाँ रहेका छन ।