लाजिम्पाट दरबार
लाजिम्पाट दरबार, वा अग्नि भवन काठमाडौंमा स्थित एक पाँडे वंशको दरबार थियो जसलाई राणावंशले हत्यायो । यो दरबार काजी वीरकेशर पाँडेको निज निवास थियो । जुन पछि वीर शम्शेर र त्यसपछि अग्नि शम्शेरले लिए ।[१]
लाजिम्पाट दरबार | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | नवशास्त्रीय वास्तुकला एवम् युरोपेली वास्तुकला |
सहर | काठमाण्डौ |
राष्ट्र | नेपाल |
सम्पन्न | १८९४ |
लागत | अज्ञात |
ग्राहक | काजी वीरकेशर पाँडे, वीर शम्शेर जबरा |
प्राविधिक विवरण | |
बनावट | ईँट र गिलेवा |
योजना तथा निर्माण | |
वास्तुकार | पछिल्लो संरचना जोगवीर स्थापितद्वारा |
इतिहास
सम्पादन गर्नुहोस्दरबार नारायणहिटी राजदरबार नजिकै अवस्थित छ ।[२]
पाँडे वंश
सम्पादन गर्नुहोस्जसरी थापाथली थापा वंशको थलो थियो त्यसरी नै लाजिम्पाट पाँडे वंशको थलो थियो । कोत पर्वपश्चात राणावंशी शासकहरूका मामा काजी कर्णेल त्रिविक्रम सिंह थापाले यस दरबार कब्जा गरे र २८ वर्ष सन् १८७५ सम्म बसोबास गरे ।[३]
राणावंश
सम्पादन गर्नुहोस्मामा काजी कर्णेल त्रिविक्रम सिंह थापाले सन् १८७५ मा बनारस प्रस्थान गरे । सन् १८८६ मा वीरशम्शेरले आफ्नो भाइ जीत शम्शेरका लागि पुरानो भवन भत्काइ नयाँ भवन बनाए । जीत शम्शेरको देहान्त सन् १९१३ मा भएपछि जुद्ध शम्शेरका छोरा अग्निशम्शेरले पाए । त्यसैले यो भवनलाई अग्निभवन पनि भनिन्छ ।[२] अग्निशम्शेरको देहान्त भएपछि यस भवनलाई होटल शङ्करमा परिणत गरियो ।[३]
होटल शङ्कर
सम्पादन गर्नुहोस्होटल शङ्कर जुन पहिले लाजिम्पाट दरबार थियो । पछिल्लो संरचना राणा शासनमा जोगवीर स्थापितद्वारा वीर शम्शेरको लागि बनाइयो।
स्रोतहरू
सम्पादन गर्नुहोस्- ↑ दीक्षित, कमल (फाल्गुण ३०, २०७१), "मजलिसको आँखा–१०, लाजिम्पाट दरबार–शंकरहोटेल", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९।
- ↑ २.० २.१ "THE HISTORIC DURBARS OF KATHMANDU", २०१४-१०-१९, अन्तिम पहुँच २०१५-०६-०५।
- ↑ ३.० ३.१ JBR, PurushottamShamsher (२००७), Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (Nepaliमा), Vidarthi Pustak Bhandar, आइएसबिएन 978-9994611027, अन्तिम पहुँच २०१५।