ललिता निवास प्रकरण
ललिता निवास प्रकरण वा बालुवाटार जग्गा प्रकरण नेपालको एक प्रसिद्ध जग्गा अनियमितता प्रकरण हो । नेपालको प्रधानमन्त्री निवास बालुवाटारमा अवस्थित ललिता निवासमा रहेको भूतपूर्व प्रधानमन्त्री सुवर्ण शमशेर राणाको निजी जग्गाको भ्रष्टाचार, अख्तियार दुरुपयोग तथा अनियमितता थियो । यस प्रकरणमा तत्कालीन एमाले महासचिव तथा शीर्ष नेता विष्णु प्रसाद पौडेलको संलग्नता भएपछि घटनाले उग्र रूप लिएको थियो । यस प्रकरणमा थुप्रै राजनैतिक संग्लनता रहेको आशङ्का गरिएको थियो ।[१][२][३] त्रिताल प्रतिवेदनको अनुसार मालपोत कर्मचारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीले पदको दुरुपयोग गरी जग्गा घूसको रूपमा हत्याएको उल्लेख गरेको थियो ।[४]
स्रोत
सम्पादन गर्नुहोस्- ↑ "बालुवाटार जग्गा प्रकरण: 'अख्तियारले राजनीतिक सङ्केत पर्खेको हो?'", BBC News नेपाली, २०२० फेब्रुअरी २।
- ↑ "ललिता निवास प्रकरणमा आरोपितलाई सीआईबीले 'रणनीतिक रूपमा मुद्दा हाल्ने'", BBC News नेपाली, २०२० फेब्रुअरी १८।
- ↑ "ललिता निवास प्रकरण : मालपोतबाटै मुद्दा कमजोर बनाउने खेल", ekantipur.com।
- ↑ "के हो ललिता निवास प्रकरण ?"। वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०६ मिति