महरा प्रकरण वा महरा यौन दुर्व्यवहार प्रकरण वा रोशनी शाही बलात्कार आरोप प्रकरण एक मन्त्रीस्तरीय यौन दुर्व्यवहार प्रकरण थियो । तत्कालीन सभामुख तथा शीर्ष माओवादी नेता कृष्ण बहादुर महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहले मदिरापान गरी उनको निजी डेरामा बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसलगतै सभामुख महराले राजीनामा दिएका थिए तथा कारावास सजाय पनि भोगेका थिए ।[१][२][३][४][५]

ततकालीन सभामुख कृष्ण बहादुर महरालाई रोशनी शाहले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्

सन् १७ फेब्रुअरी २०२० मा काठमाडौँ अदालतले महरालाई बलात्कार आरोपबाट उन्मुक्ति पाए । प्रमुख न्यायाधीश अम्बरराज पौडेलले प्रमाणको कमीले गर्दा महरालाई दोषी करार गर्न नमिलेको जनाएका थिए ।[६][७]

हेर्नुहोला सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्