लक्ष्मीनाथ शर्मा (सन् १९४५- )को जन्म इलाम जिल्लामा भएको थियो। विभिन्न नेपाली चलचित्रका निर्देशक शर्मा हाल प्राध्यापन पेशामा छन्।

जीवनी सम्पादन गर्नुहोस्

शर्माको जन्म सन् १९४५ सेप्टेम्बर २४ इलाम जिल्लाको बरबोटेमा भएको हो। उनी इतिहासमा एम्.ए. र डिप्लोमा इन् सिनेमा छन्।

कृति सम्पादन गर्नुहोस्

उनको पहिलो रचना वि.सं. २०१६मा 'म बाहुनको छोरो हुँ' शीर्षकको व्यंग्यात्मक कविता प्रकाशित भएको थियो। उनका प्रकाशित कृतिहरूः
१) असन्तोष (उपन्यास - वि. सं. २०२६)
२) घाइते गुप्तचर (जासूसी उपन्यास - वि. सं. २०२७)
३) अँध्यारो (उपन्यास - वि.सं. २०३१)

चलचित्र निर्देशन सम्पादन गर्नुहोस्

शर्माले बदलिँदो आकाश, छोरी–बुहारी, साथी, मिलन जस्ता दुई दर्जन चलचित्रको निर्देशन गरेका छन्। चलचित्रमा पटकथा, सम्वाद लेखन गरेका छन्।

भ्रमण सम्पादन गर्नुहोस्

उनले नेपाल,भारत, भूटान, सिङ्गापुर, मलेशिया, रुस, थाइल्याण्ड आदि मुलुक भ्रमण गरेका छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्