रोबर्टो कार्लोस
रोबर्टो कार्लोस डा सिल्भा रोचा(जन्म सन् १९७३ अप्रिल १०), सामान्य रूपमा रोबर्टो कार्लोस पूर्व ब्राजीलियन फुटबलर हुन् । उनले आफ्नो करियर ब्राजिलमा अग्रपङ्क्तीको खेलाडीका रूपमा सुरू गरेपनि आफ्नो करियरको लामो समय बायाँ डिफेन्डरको रूपमा बिताए । उनलाई फुटबलको इतिहाँसमा सबभन्दा आक्रामक लेफ्ट ब्याकका रूपमा लिइन्छ । उनले "द बुलेट मेन"को उपनाम पाएका थिए जसको कारण उनको घुमाउरो फ्रि किक थियो । उनले १६९ किमी/घण्टाको गतिमा फ्रि किक हानेका छन् ।[२] उनी आफ्नो आन्तरिक बल/स्टेमिना, दौडने वेग, तकनीकि कौशल, क्रस निकाल्ने क्षमता, लामो थ्रो इन र २४ इन्च मोटो तिघ्राका कारण प्रसिद्ध छन् । सन् १९९७ मा उनी फिफा वर्ष खेलाडी हुन चुकेका थिए र दोस्रो स्थानमा रहे । ब्राजिल लाई २००२ को विश्वकप जिताउन र १९९८ को विश्वकपको फाइनलसम्म पुर्याउन उनले ठूलो भुमिका निभाएका थिए।
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | रोबर्टो कार्लोस डा सिल्भा रोचा | ||
जन्म मिति | १० अप्रिल १९७३ | ||
जन्म स्थान | गार्क, साओ पाउलो, [[ब्राजिल]] | ||
उचाइ | १.६८ मी (५ फिट ६ इन्च) | ||
खेल्ने स्थान(हरू) | देब्रे-पछाडी | ||
क्लब जानकारी | |||
वर्तमान टोली | Akhisar Belediyespor | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
१९९१–१९९३ | União São João | ||
१९९३–१९९५ | Palmeiras | ४४ | (३) |
१९९५–१९९६ | इन्टर मिलान | ३० | (५) |
१९९६–२००७ | रियल म्याड्रिड | ३७० | (४७) |
२००७–२००९ | फेनर्बाचे एस.के. | ६५ | (६) |
२०१०–२०११ | Corinthians | ३५ | (१) |
२०११–२०१२ | Anzhi Makhachkala | २९ | (४) |
जम्मा | ५७३ | (65) | |
अन्तर्राष्ट्रिय करियर | |||
१९९२–२००६[१] | ब्राजिल | १२५ | (११) |
प्रबन्धक करियर | |||
२०११ | Anzhi Makhachkala (Assistant) | ||
२०१३–२०१४ | Sivasspor | ||
२०१५– | Akhisar Belediyespor | ||
*क्लब घरेलु लिग उपस्थिति र गोल |
क्लब ईतिहास
सम्पादन गर्नुहोस्सन् १९९१ मा ब्राजीलको युनिव साव जाव क्लबबाट व्यवसाहिक फटबलको रूपमा सुरुवात गरेका थिए , १९९२ मा उनी खेले एट्लिटिको मिनीरो क्लब गएर खेले ।
सन् १९९३ मा उनी ब्राजीलकै पाल्मारीस क्लबबाट खेल्न सुरु गरे र सन् १९९५ (२ वर्ष) सोही क्लबमा रहे, पाल्मारीस क्लबबाट ४४ खेलमा ३ गोल पनि गरे ।
सन् १९९५ मा इटालियन क्लब इन्टर मिलान गए र मात्र १ सिजन खेले र पहिले खेलमै लोभलाग्दो ३० याड दुरीको फ्री किक गोल गरे । इन्टर मिलानमा ३० खेलमा ५ गोल गरे ।
सन् १९९६ मा उनी स्पेनीस क्लब रियल म्याड्रिड गए, र त्यहाँ ३ नं. लगाएर बायाँ पछाडी (लेफ्ट ब्याक) स्थानबाट ११ सिजन १९९६/९७ देखी २००६/०७ सम्म ५८४ खेलमा ७१ गोल गरे ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Roberto Carlos – Century of International Appearances", Rec.Sport.Soccer Statistics Foundation।
- ↑ "Try me for thighs", The Guardian, १६ जुन २००२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- Official website (Portuguese)
- Roberto Carlos – फिफा प्रतियोगिता तथ्याङ्क
- Profile वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-१८ मिति on Anzhi Makhachkala's official website