रेसलमेनिया (क्रमिक रूपमा रेसलमेनिया १) डब्ल्यूडब्ल्यूएफले स्वतन्त्र रूपमा स्थापना गरेको रेसलमेनियाको पहिलो शृङ्खला थियो। यो कार्यक्रम ३१ मार्च १९८५ का दिन न्यु योर्क सहर स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरिएको थियो। यस कार्यक्रम हेर्नका लागि १९,१२१ दर्शकहरू रङ्गशालामा पुगेका थिए।[१][२] यस कार्यक्रमलाई टेलिभिजन मार्फत लाखौं दर्शको प्रत्यक्ष हेरेका थिए जसका कारण यो कार्यक्रम टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रमको शीर्ष स्थानमा थियो भने तात्कालिक समयमा यो कार्यक्रम अमेरिकामा लोकप्रिय बनेको थियो। [३]

रेसलमेनिया १
पहिलो रसलमेनियाको आवमा हल्क होगन र मिष्टर टि
पदोन्नतिडब्ल्युडब्ल्युई
मिती३१ मार्च १९८५
सहरन्यु योर्क सहर, न्युयोर्क
स्थानम्याडिसन स्क्वायर गार्डेन
उपस्थिति१९,१२१
नारा(हरू)द ग्रेटेष्ट रेस्लिङ इभेन्ट अफ अल टाइम!
पे-पर-भ्यु कालक्रम
← अघिल्लो
पहिलो
पछिल्लो →
द रेस्लिङ क्लासिक
रेसलमेनिया कालक्रम
← पछिल्लो
पहिलो
अघिल्लो →

यस रेसलमेनियामा ९ वटा खेल सञ्चालनमा ल्याइएको थियो भने यसको कार्यक्रमको अन्तिम खेलमा हल्क होगन र मिष्टर टिको जोडीले पल ओर्नडोर्फ र रोडि पाइपरलाई हराउन सफल भएका थिए। यस कार्यक्रममा विण्डि रिच्टर (आफ्नो प्रबन्धक सिण्डि लोपर) ले एकल खेलमा लिल्यानी काईलाई हराउँदै डब्ल्यूडब्ल्यूएफ महिला उपाधि जित्न सफल भएकी थिइन् भने निकोलाई भोल्कोफ र द आइरन सिकले द युएस एक्सप्रेसलाई (माइक रोटण्डो र बेरी विण्डहेम) हराउन सफल भएका थिए। यस कार्यक्रममा प्रख्यात व्यक्तिवहरूको पनि सहभागीता रहेको थियो जसमा अमेरिकी मुक्केबाज मोहम्मद अली अतिथी निर्णयकको रूपमा, बेसबल खेलाडी र खेलाडीको प्रबन्धक बिली मार्टिन र रिङ उद्धोषकको रूपमा अभिनेता लिबेरेन्स सामेल थिए।

उत्पादन सम्पादन गर्नुहोस्

रेसलमेनियाको पहिलो संस्करणमा १९,१२१ प्रत्यक्ष दर्शनहरूले सहभागीता जनाएका थिए भने यस कार्यक्रमलाई टेलिभिजन मार्फत लाखौं दर्शकहरूले प्रत्यक्ष रूपमा हेरेका थिए जसका कारण यो कार्यक्रम टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रमको शीर्ष स्थानमा थियो भने तात्कालिक समयमा यो कार्यक्रम अमेरिकामा लोकप्रिय बनेको थियो। एक प्राबिधिक समूहले उक्त कार्यक्रमलाई बन्द गर्दै पेन्सिलभेनियाको पिट्सबर्गमा पुन प्रसारण गरेको थियो। यस कार्यक्रमलाई प्रसारण गर्ने क्रममा रेसलमेनिया आयोजना भएको दुई हप्ता पश्चात् डब्ल्यूडब्ल्यूएफले यस रेसलमेनियाको पूर्ण खेलहरू एबिसी वेट-टिभी मार्फत पुन प्रसारण गरेको थियो।[४]

यस कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि डब्ल्यूडब्ल्यूएफका उद्धोषक जेन ओख्लण्डले अमेरिकी राष्ट्रिय गान गाएका थिए भने गोरिल्ला मेनसन र जेसी भेञ्चरले कार्यक्रम भरिनै उद्धोषकको रूपमा काम गरेका थिए। ओख्लण्डले यस कार्यक्रम चलिरहेको बेला नेपथ्यमा विभिन्न अन्तरवार्ता लिएका थिए भने अल्फ्राइड हेजले रिङ नजिक र खेलाडीहरू बस्ने कक्षमा अन्तरबार्ता सञ्चालनमा ल्याएका थिए। यस कार्यक्रम भरि हावेल फिङ्केलले रिझ उद्धोषण गरिरहेका थिए। यस रेसलमेनियाको सुरुवाती सङ्गीत फिल कोलिन्स र फिलिप बेइलीको "इजी लभर" नामक गीत थियो जुन कार्यक्रममा बजाइएको थियो भने कार्यक्रम समाप्तिको सङ्गीत भने एलेक्स एफ र होर्नल्ड फेल्टरमेयरले उत्पादन गरेका थिए। यस कार्यक्रममा प्रख्यात मुक्केबाज मोहम्मद अली, मिष्टर टि, बिली मार्टिन लगायत व्यक्तिवहरूको सहभागी रहेको थियो।

पृष्ठभूमि सम्पादन गर्नुहोस्

सन् १९८० को दशकमा विभिन्न कुस्ती खेलाडीहरू जिम ककेट्सको कुस्ती सङ्गठनबाट पदोन्नति हुँदै भिन्स म्याकमेनको डब्ल्यूडब्ल्यूएफमा स्थानान्तरण भएका थिए र त्यसपछि म्याकमेनले डब्ल्यूडब्ल्यूएफमा सन् १९८३बाट विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका थिए जसमा पहिलो रेसलमेनिया पनि समावेश छ।[५]

पहिलो रेसलमेनियाका लागि भिन्स म्याकमेनले कार्यक्रमहरू टेलिभिजन मार्फत प्रशासन गर्नका लागि एमटिभीसँग सहकार्य गरेका थिए जसले यसअघि दुई ठूला कुस्ती कार्यक्रमहरू प्रसारण गर्दै आएको थियो। डब्ल्यूडब्ल्यूएफले पहिलोपटक स्वतन्त्र रूपमा उत्पादन गरेको कार्यक्रम द ब्रल टु इण्ड इट अल एमटिभी टेलिभिजन मार्फत सन् १९८४ जुलाई २३ का दिन प्रसारण गरिएको थियो जुन अमेरिकाको न्युयोर्क सहर स्थित म्याडिसन स्क्वायर गार्डेनमा आयोजना गरिएको थियोे।[६] यस कार्यक्रममा विण्डि रिट्चरले फ्याबुलस मुलालाई एक खेलमा पराजित गर्दै डब्ल्यूडब्ल्यूएफ महिला विजेता बन्न सफल भएकी थिइन्। यस कार्यक्रम पछि डब्ल्यूडब्ल्यूएफले द वार टु सिटल द सोर नामक एक स्वतन्त्र कुस्ती कार्यक्रमको आयोजना गरेको थियो जुन १८ फेब्रुअरी १९८५ का दिन आयोजना गरिएको थियो। यस कार्यक्रममा लिलियान काईले विण्डि रिट्चरलाई डब्ल्यूडब्ल्यूएफ महिला च्याम्पियनसिप जित्न सफल भएकी थिइन्।[७] यस कार्यक्रममा अभिनेता तथा विभिन्न प्रख्यात व्यक्तित्वको पनि सहभागीता रहेको थियो जसमा मोहम्मद अली पनि पर्छन्।

खेल तथा कार्यक्रमहरू सम्पादन गर्नुहोस्

पहिलो रेसलमेनिया कार्यक्रममा जम्म ९ कुस्ती खेलहरू समावेश गरिएको थियो भने यस रेसलमेनियामा तीन डब्ल्यूडब्ल्यूएफ उपाधि का लागि खेल आयोजना गरिएको थियो जसमा डब्ल्यूडब्ल्यूएफ महिला उपाधि, डब्ल्यूडब्ल्यूएफ अन्तरमहादेशीय उपाधि र डब्ल्यूडब्ल्यूएफ विश्व ट्याग टिम उपाधि समावेश थिए। [८][९] पहिलो रेसलमेनिया आयोजना हुन भन्दा केही दिन अगाडिबाट जर्ज भ्यालेण्टाइनको टिनो सम्मार्टिनोसँग डब्ल्यूडब्ल्यूएफ अन्तरमहादेशीय उपाधिका लागि द्वन्द्व चलेको थियो भने सन् १९८५ सेप्टेम्बर २४ मा भ्यालेण्टाइनले टिनो सम्मार्टिनोलाई अन्तरमहादेशीय उपाधिका लागि पराजित गरेका थिए।[१०] त्यस्तैगरि पहिलो रेसलमेनिया आयोजना हुनु भन्दा तीन महिना अगाडि माइक रोटुण्डा र बेरी विण्डह्यामले एड्रियन एडनस र डिक मुर्डुचलाई एक खेलमा हराउँदै डब्ल्यूडब्ल्यूएफ ट्याग टिम उपाधि जित्न सफल भएका थिए।[११]

कार्यक्रम सम्पादन गर्नुहोस्

नतिजा सम्पादन गर्नुहोस्

क्र.स नतिजाहरू खेलको प्रकार र किसिम समय
टिनो सान्टानाले बडी रेजलाई हराए एकल खेल ०४:५०
किङ कङ बण्डले (जिमी हर्टसँग) एसडी जोन्सलाई हराए एकल खेल ००:२३[१२]
रिकी स्टिमबोटले म्याट बर्नलाई हराए एकल खेल ०४:३८
ब्रुटस बिफकेक (जोनी भाइलेण्टसँग) विरुद्ध डेभिड सम्मार्टिनोको (ब्रुनो सम्मार्टिनोसँग) खेल स्थगित भयो एकल खेल ११:४४
जङ्कयार्ड डगले जर्ज भ्यालेन्टाइनलाई (वि) (जिमी हर्टसँग) हराए डब्ल्यूडब्ल्यूएफ अन्तरमहादेशीय उपाधिका लागि एकल खेल ०६:५५
द आइरन सिक र निकोलाई भल्कोफले (फ्रिड ब्लेसीसँग) द युएस एक्सप्रेसलाई हराए (बेरी विण्डह्याम र माइक रटुण्डा) (वि) (ल्यु अल्बानोसँग) डब्ल्यूडब्ल्यूएफ ट्याग टिम उपाधिका लागि ०६:५६
अण्ड्रे द जाएन्टले बिग जोन स्टुड (बबी हेनन्सँग) लाई हराए बडी स्ल्याम च्यालेञ्ज ०५:५४
विण्डि रिच्टरले (सिण्डि लुप्टरसँग) लिलियान काई (वि) (फ्याबुलस मुलासँग) डब्ल्यूडब्ल्यूएफ महिला उपाधिका लागि एकल खेल ०६:१२
हल्क होगन र मिष्टर टिले (जिमी स्नुकासँग) पल ओर्नडोर्फ र रोडी पिपरलाई हराए (बब ओर्टनसँग) मोहम्मद अली प्याट प्याटरसन अतिथी निर्णायकको रूपमा १३:२४
  • (वि) – खेल हुनु भन्दा अगाडिको उपाधि विजेता

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. विलिया टेफी (१९८५-०४-२९), "टेलिभिजनमा कुस्ती खेल - ०४.२९.१९८५", स्पोर्ट्स इलुष्ट्रेटेड, २०११-०६-३०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०११-०२-०३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. जर्जोरी (१९८५-०३-३०), "न्यु योर्क शहरमा कुस्ती खेला", २०१६-०३-०५-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
  3. "रेसलमेनिया", स्पोर्ट्स किडा, अप्रिल १, २०१७। 
  4. पावेल, जोन, "रेसलमेनिया", स्ल्याम! स्पोर्ट्स, केनोई डट सिए, २०१३-०१-०१-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००८-०५-०६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. एज्रेल, सन; हनिह्याम, माइक (२००२), भिन्स म्याकमेनको डब्ल्यूडब्ल्यूएफ कुस्ती सङ्गठन, क्राउन पब्लिसिङ ग्रुप, पृ: ७४, आइएसबिएन 978-0-609-60690-2 
  6. क्रिस (अक्टोबर ५, १९९८), "फ्याबुलस मुला", स्ल्याम! स्पोर्ट्स, केनोई डट सिए, डिसेम्बर ८, २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००८-०५-०७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. "लिलियन काईको उपाधि", डब्ल्युडब्ल्युई, मूलबाट २००७-०४-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०५-०७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०४-१० मिति
  8. "प्रो रेस्लिङले कसरी काम गर्छ", हाउ स्टफ ओर्क, डिस्कोभरी कम्युनिकेसन, नोभेम्बर १८, २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "टेलिभिजनमा रेसलमेनिया कार्यक्रम", WWE, फेब्रुअरी २६, २००९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मार्च २१, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ६, २०१४ मिति
  10. "जर्ज भ्यालेण्टाइन", डब्ल्युडब्ल्युई, मूलबाट २००८-०७-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-२३ मिति
  11. "रोटुण्डो र विण्डह्याम", डब्ल्युडब्ल्युई, मूलबाट २००५-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०८-११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००५-११-२९ मिति
  12. क्ल्याव, जोन (२०१२-०४-०३), "१० छोटा कुस्ती खेलहरू", डब्ल्युडब्ल्युई, मूलबाट २०१३-०३-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०४-०५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्