रेणुका गुरुङ
नेपालका राजनीतिज्ञ
रेणुका गुरुङ एक नेपाली राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री हुन्। उनी नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्।[१][२] उनी सङ्घीय समाजवादी फोरमबाट समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित भएकी हुन्।[३][४]
रेणुका गुरुङ | |
---|---|
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री | |
कार्यकाल २०७८ जेठ २१ – २०७८ असार ८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
प्रतिनिधि सभा सदस्य | |
कार्यकाल सन् २०१७ – सन् २०२१ | |
निर्वाचन क्षेत्र | समानुपातिक प्रणाली |
व्यक्तिगत विवरण | |
जन्म | २०२४ माघ ७ खोटाङ जिल्ला |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | जनता समाजवादी पार्टी, नेपाल |
वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको उप मेयर पदमा प्रतिस्पर्धा गर्दा उनी पराजित भएकी थिइन्।[५] उनी संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सदस्य पनि हुन्। [६]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "मा. रेनुका गुरुङ्ग", hr.parliament.gov.np (en-USमा), अन्तिम पहुँच २०१९-१२-१६।
- ↑ RSS, "Parliament passes Advisement Bill-2076", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१२-१६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१६ मिति
- ↑ "Debate on govt’s policies and programmes begins", The Himalayan Times (en-USमा), २०१८-०५-२४, अन्तिम पहुँच २०१९-१२-१६।
- ↑ "Names of winner PR candidates recommended", The Himalayan Times (en-USमा), २०१८-०२-१२, अन्तिम पहुँच २०१९-१२-१६।
- ↑ "रेणुका गुरुङ : उपमेयरमा ९९ भोट, समानुपातिकमा सांसद, अहिले मन्त्री", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-३०।
- ↑ "Parliamentary sub-committee to investigate NAC’s aircraft procurement", The Himalayan Times (en-USमा), २०१८-११-२३, अन्तिम पहुँच २०१९-१२-१६।