राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) एक नेपाली राजनीतिक दल थियो। यो दक्षिणपन्थी राजतन्त्र पक्षधर दल थियो, जुन तत्कालीन पञ्चायती व्यवस्थाको राजनीतिक अभिजात वर्गबाट बनेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) | |
---|---|
अध्यक्ष | लोकेन्द्रबहादुर चन्द |
स्थापना | वि.सं २०५३ |
विघटन | वि.सं २०५६[१] |
टुक्रिएको | राष्ट्रिय प्रजातन्त्र पार्टी |
विलय | राष्ट्रिय प्रजातन्त्र पार्टी |
प्रमुख कार्यालय | काठमाडौँ |
विचारधारा | उदारवाद संवैधानिक राजतन्त्र |
राजनीतिक स्थान | दक्षिणपन्थी |
वि.सं २०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा समूह नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)सँग गठबन्धन सरकारमा सामेल भएपछि चन्द प्रधानमन्त्री भएका थिए। सूर्यबहादुर थापा नेतृत्वको समूहले नेपाली काङ्ग्रेससँग गठबन्धन गरेर एमाले–राप्रपाको सरकारलाई ढालेको थियो। आम निर्वाचन २०५६मा दुवै पक्षले नराम्रो प्रदर्शन गरेपछि पार्टी पुनः एकता भएको थियो।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Institute of Peace and Conflict Studies article
- ↑ रोहेज खतिवडा, "राप्रपाका २७ वर्ष: पाँच विभाजन, चार एकता", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९।