रायपुर
रायपुर छत्तीसगढको राजधानी हो । यो शहर भारतको २६ औ राज्य हो । सन् २००० नोभेम्बर ०१ मा भारतको मध्यप्रदेशबाट विभाजित भई छत्तीसगढको निर्माण भएको थियो ।
रायपुर
रायपुर | |
---|---|
सरकार | |
• महापौर | प्रमोद दुबे |
जनसङ्ख्या (2011) | |
• जम्मा | १,०१०,०८७ |
वेबसाइट | www.raipur.nic.in |
इतिहास
सम्पादन गर्नुहोस्पुरानो भवन एवं किलको अवशेषमा आधारित केहि इतिहासविदको मान्यतानुसार यो शहर ९ औ शताब्दीदेखि अस्तित्वमा छ । तर धेरै मान्छेहरूको अनुसार यो शहर १४ औँ शताब्दीमा बसेको थियो ।
जनसाङ्ख्यिकी
सम्पादन गर्नुहोस्सन् २०११ को जनगणनाको अनुसार रायपुरको जनसँख्या १०,१०,०८७ रहेको छ । यहाँको लिङ्गानुपात ९४६ महिलाहरू प्रति १००० पुरुषको छ । रायपुरको साक्षरता दर ८६.९०% छ, पुरुषहरूको साक्षरता दर २९.३९% र महिलाहरूको साक्षरता दर ८१.१०% छ ।
भूगोल एवं जलवायु
सम्पादन गर्नुहोस्रायपुर खारुन नदीको तटमा बसेको छत्तीसगढको सबैभन्दा बढा शहर हो । रायपुर एक बडा मैदान (छत्तीसगढ का मैदान) को मध्यमा स्थित छ जुन धान का कटोरा को नामले पनि चिनिन्छ । रायपुरको पूर्व मा महानदी नदी बग्दछ । उत्तर-पश्चिममा मैकाल को पहाडि छ । उत्तरी तर्फ छोटा नागपुरको पठार र दक्षिणमा बस्तरको पठार छ । रायपुर मुम्बई-हावडा रेल लाइनमा छ र यो सबै मह्त्वपूर्ण शहरहरूदेखि जुड्छ । राष्ट्रीय राजमार्ग ६ शहरहरूबाट गुजरता हो र ४३ शहर को विशाखापट्नम देखि जुड्छ । रायपुर मुम्बई, दिल्ली एवम अन्य शहरहरूसग हवाई मार्गाद्वारा जोडिएको छ । रायपुरको विमानस्थल 'माना मा छ ।
तापमान: गर्मीमा ४५ देखि २९ सेल्सिअस जाडोमा २७ देखि १० सेल्सिअस वर्षा लगभग १२० देखि मी (जुलाई देखि सेप्टेम्बर)
नया रायपुर
सम्पादन गर्नुहोस्सन् २००० मा बनेको छत्तीसगढ राज्यको राजधानी रायपुरको प्रशासनिक केन्द्र "नया रायपुर " मा प्रस्तावित छ । यो एक विश्व स्तरीय परियोजना हो जसमा वर्तमान रायपुर देखि २५ किमी दूर एक नए शहरको सृजन गरिदैछ । यसको लागि एक ठुलो क्षेत्रको भूमिको अर्जन गरिदैछ । नया रायपुरको लागि कुल ८०,००० हेक्टेयर भूमि अर्जित गरिनेछ । नया रायपुरमा २२५ किमी पक्की सडक छ । नया रायपुरको परसदा क्षेत्र अन्तराष्ट्रीय क्रिकेट स्टेडियम बनाइएको छ ।[१]
अर्थव्यवस्था
सम्पादन गर्नुहोस्रायपुर सम्पूर्ण छ्त्तीसगढ एवं उडीसाको लागि थोकको मन्डी छ यस बाहेक यहा एक औद्योगिक शहर छ ।
शिक्षा
सम्पादन गर्नुहोस्राजधानी रायपुरमा ५ विश्वविद्यालय छन्:
- पन्डित रविशंकर शुक्ल विश्वविद्यालय
- इन्दिरा गान्धी कृषि विश्वविद्यालय
- हिदायतुल्ला विधि विश्वविद्यालय
- कुशाभाऊ ठाकरे पत्रकारिता एवं सञ्चार विश्वविद्यालय
- नय आयुष्य एवं चिकित्सा विश्वविद्यालय
इन्जीनियरिङ्ग शिक्षाको लागि NIT राष्ट्रीय तकनीकी संस्थान सहित चार अभियान्त्रिकी महाविद्यालय छन् :
- शासकीय अभियाम्त्रिकी महाविद्यालय,
- रायपुर इन्स्टीट्यूट आफ़ टेक्नोलाजी,
- दिशा इन्स्टीट्यूट अफ टेक्नालाजी एण्ड म्यानेजमेन्ट
नया चिकित्सा विश्वविद्यालयको अधीन रायपुरको चार चिकित्सा महाविद्यालय छन्
- जवाहर लाल नेहरु स्मृति चिकित्सा महाविद्यालय
- शासकीय आयुर्वेदिक महाविद्यालय
- होम्योपैथिक महाविद्यालय
- शासकीय अन्त चिकित्सा महविद्यालय
यस बाहेक विज्ञान, कला, वाणिज्यको अध्ययनको लागि धेरै महाविद्यालय छन् । शासकीय विज्ञान महाविद्यालय, शासकीय छ्त्तीसगढ महाविद्यालय हुन् । भविष्यमा इन्डियन इस्टीट्यूट अफ म्यानेजमेन्ट ओअनि केन्द्र सरकार द्वारा प्रारम्भ गरिने छ । रायपुरमा अधिकांश शासकीय विद्यालय राज्य परीक्षा बोर्ड र निजी विद्यालय पनि बी एस ईबाट सम्बद्ध छ ।