भैरव अर्याल

नेपाली साहित्यकार

भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) नेपाली साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।

भैरव अर्याल
Bhairav Aryal.jpg
भैरव अर्याल
जन्मवि.सं. १९९३
मृत्युवि. सं. २०३३
राष्ट्रियतानेपाली

जीवन यात्रासम्पादन

उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको हो। उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो।

नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा सम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त भएका हुन् र पछि गोरखापत्र को सम्पादन समूहमा रहे। ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे। ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो।

नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाश कहिल्यै ननिभ्ने तारा हुन्

मृत्युसम्पादन

उनको निधन वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौमा भएको हो । [१]

साहित्यिक यात्रासम्पादन

 
भैरव अर्याल

उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन्। उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा 'नव निर्माण' शीर्षकको कविता प्रकाशित भएको थियो। उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए।

कृतिसम्पादन

[१]

सम्पादित, अनूदित र फुटकर कृतिसम्पादन

सम्पादित, अनूदित र फुटकर कृति -सम्पादन

१) साझा कथा - कथा सङ्ग्रह- २०२५ -

२) छ्याकन - कविता सङ्ग्रह -

३) रत्नश्री - सम्पादन

४) गोरखापत्र -स. सम्पादक

५) विभिन्न पत्र-पत्रिकाहरूमा कविता, लेख समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित [१]

निबन्धहरूसम्पादन

उनका केही चर्चित निबन्धहरूः

पुरस्कार, मानसम्मान, पदकसम्पादन

  • वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम।

[१]

सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन