राजर्षी जनक कप २०७३
राजर्षी जनक कप २०७३ राजर्षी जनक कप फुटबल प्रतियोगिताको पहिलो संस्करण हो ।यो फुटबल प्रतियोगिता चैत ९ गतेदेखि सञ्चालन भएको थियो ,भने समापन चैत १६ गते भएको थियो ।काठमाडौंका आठ ए डिभिजन क्लबहरूले मात्र सहभागी जनाउने आयोजक वाग्मती युवा क्लबले जनाएको थियो ।[१]
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल सर्लाही |
मिति | २०७३,चैत ९ गते देखि चैत ३ गते सम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | मनाङ मर्स्याङ्दि क्लब (१औँ उपाधि) |
उप-विजेता | नेपाल आर्मी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ७ |
मनाङ-मर्स्याङ्दिले रोमाञ्चक फाइनल खेलमा चैत १६ गते आफ्नो चिरप्रचित प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै पहिलोपटक राजर्षि जनक गोल्डकपको उपाधि जितेको थियो ।यस्तै मनाङले यो उपाधि सहित २०७३ सिजनमा ४ उपाधि जित्ने पहिलो नेपाली क्लब बनेको थियो,भने नेपाल आर्मी सो अवसरबाट चुकेको थियो ।यस प्रतियोगिता भन्दा दुवै क्लबले समान ३-३ उपाधिहरू जितेका थिए।
सहभागी टिमहरू
सम्पादन गर्नुहोस्- मनाङ मर्स्याङ्दि क्लब
- नेपाल आर्मी क्लब
- हिमालयन शेर्पा क्लब
- नेपाल पुलिस क्लब
- एपीएफ
- ब्वाइज युनियन
- संकटा क्लब
- वाग्मती युथ क्लब
खेल संरचना
सम्पादन गर्नुहोस्यो प्रतियोगिता नकआउटका आधारमा खेलाइएको थियो ।
पुरस्कार राशि
सम्पादन गर्नुहोस्- प्रथम पुरस्कार :४ लाख नगद
- दोस्रो पुरस्कार :२ लाख नगद