रहाफ महम्मद अल-कनुन (अरबी: رهف محمد القنون) (जन्म-११ मार्च २०००[१]) एक महिला साउदी अरबी नागरिक हुन् जसले साउदी अरबबाट इस्लाम धर्म त्याग्दै त्यहाँबाट भागेकी थिइन्। उनलाई थाइ सरकारले ६ जनवरी २०१९ मा बैङ्कक विमानस्थलबाट अस्ट्रेलिया जानबाट रोक लगाइएको थियोे। अल कनुनले", यदि थाइ सरकारले मलाई यहाँबाट साउदी अरबमा फर्कायो भने मलाई त्यहाँ मार्ने छन्" भन्दै बयान दिइकी थिइन्। [२][३] सामाजिक सञ्जाल ट्विटर खाताबाट लगातार शरणको उजुर दिएपछि उनी मानव अधिकारको संयुक्त राष्ट्र आयोग द्वरा सुरक्षामा राखिएको थिइन् भने उनलाई शरणार्थीको स्थिति पनि दिइएको थियो। ११ जनवरी २०१९ मा कनुनलाई क्यानडा सरकारले शरण दिने निर्णय गरेको थियो। [४][५]

रहाफ महम्मद मुत्लक अल-कनुन
رهف محمد القنون
जन्म (2000-03-11) मार्च ११, २००० (उमेर २४)
राष्ट्रियतासाउदी अरबी
पेशाविद्यार्थी

बाल्यकाल सम्पादन गर्नुहोस्

अल-कनुनको जन्म ११ मार्च २००० मा भएको थियो।[६] उनका बुवा हाइल क्षेत्रको अल-सुलामीका एक प्रमुख गभर्नर हुन्।[७] कनुनका ९ दाजुभाइ र दिदीबहिनीहरू छन्।[८]

उनले बताए अनुसार उनको परिवारले उनलाई शिक्षाको लागि रोक लगाएको थियो भने उनलाई महिना सम्म एक कोठामा थुन्दै उनलाई मानसिक र शारीरिक यातना दिने गरेका थिए।[९] उनका परिवारले उनलाई व्यवस्थित विवाह गराइदिने भनेका थिए र राम्रोसँग इस्लाम धर्मको पालना नगरेकोमा मार्ने धम्की पनि दिएका थिए।

पृष्ठभुमी सम्पादन गर्नुहोस्

समाचार खाताहरूको अनुसार, कनुन आफ्नो परिवारसँग बिदाका बेला कुवेत भ्रमणका गएकी थिइन् भने उनी आफ्नो परिवारबाट भाग्दै थाइल्यान्डका लागि उडान भर्ने हवाईजहाजमा थाइल्यान्ड पुगेकी थिइन्। अल-कनुनका अनुसार उनको परिवारका सदस्यहरूले उनलाई शारीरिक र मानसिक यातना दिएका थिए। कनुनले न्युयोर्क टाइम्ससँगको एक अन्तरबार्तामा उनलाई घर परिवार र उनका दाजुहरूले कुट्ने गर्थे र एकपटक उनलाई आफ्नो मनपर्ने तरिकाले कपाल काट्दा परिवारले उनलाई ६ महिनासम्म घरको एक कोठामा थुनिदिएका थिए भन्दै बयान दिइन्। कनुनले साउदी अरबलाई एक कारागारको रूपमा वर्णन गरिकी छन्। उनले साउदी अरब छाडेपछि अस्ट्रेलियामा शरण लिने निर्णय गरेकी थिइन्। समाचार प्रतिवेदनहरूका अनुसार उनलाई प्रवेशाज्ञा जारी गरिएको थियो जुन उनीहरूले ८ डिसेम्बर २०१८ देखि ८ डिसेम्बर २०२० को बीचमा उनलाई प्रवेश गर्न अनुमति दिएको थियो। उनी साउदी अरबबाट भागेपछि उनका परिवारले हराएको भन्दै उनलाई खोजी गर्न उजुरी दिएका थिए र एक व्यक्तिले उनलाई बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आगमनको स्वागत गर्द‌ै उनी एक साउदी दूतावास अधिकारी रहेको खुलासा गरेनन् र उनले कनुनलाई थाइ प्रवेशाज्ञा प्रदान गर्ने आश्वासन जाहेर गर्दै उनको साउदी राहदानी लगेका थिए। उक्त व्यक्तिले उनको राहदानी लगेर फिर्ता गरेका थिएनन्। केही सञ्चार माध्यम र अल-कनुनको ट्विटर खाता (@rahaf84427714)मा उल्लेख गरिएका अनुसार कनुन थाइल्यान्डको उक्त विमानस्थल वरिपरिका क्षेत्र छोड्ने विचारमा थिएनन् जसले गर्दा उनलाई थान प्रवेशाज्ञाको जरुरत परेको थिएन।

उनले आफ्नो ट्विटर खाता मार्फत ट्विटका केही शृङ्खलाहरूमा आँफुलाई होटलको एक बन्द कोठामा कैद गरेको र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूसँग भेट नभए सम्म कोठामै बन्द रूपमा रहने।[१०] उनले सरणार्थीको स्थिति प्राप्त गर्ने र विभिन्न पश्चिमी राष्ट्रहरूको दूतावासको खोजीमा सहयोग पुर्‍याउने माग उनले जाहेर गरेकी थिइन्। एक ट्विटमा उनले आफ्नो राहदानीको तस्वीर सार्वजनिक गरेकी छन्।

थाइल्याण्डका केहि वकीलहरूले उनको जबर्जस्ती दुरुपयोग रोक्नको लागि एक आज्ञा पत्र जारी गरेका थिए तर सो आज्ञा पत्र पछि खारेज गरिएको थियो।[११]

उनको काण्डलाई डिना अली लासलुमसँग तुलना गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको संलग्नता सम्पादन गर्नुहोस्

क्यानाडामा शरण सम्पादन गर्नुहोस्

जनवरी ११/१२ मा अल-कनुन सोलबाट क्यानडाको टोरीनो पोगेकी थिइन् भने उनलाई त्यहाँ क्यानडेली सरकार द्वरा शरणार्थीको[१२][१३] रूपमा शरण दिइएको थियो।[१४] उनलाई क्यानडेली विदेश मन्त्री क्रिसिया फ्रिल्यान्ड द्वरा टोरोन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।[१५][१६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. @rahaf84427714 (जनवरी ६, २०१९), "This is a copy of my passport, Im shering it with you now because I want you to know I’m real and exist." (ट्विट) – ट्विटरद्वारा। 
  2. "Thailand vows not to deport Saudi woman", BBC News, ७ जनवरी २०१९, अन्तिम पहुँच २०१९-०१-०७ 
  3. Paddock, Richard C. (७ जनवरी २०१९), "Fleeing Saudi Woman Is Staying in Thailand for Now", The New York Times, आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०१९-०१-०७ – NYTimes.comद्वारा। 
  4. Saudi woman 'trapped at Bangkok airport' trying to flee family BBC. January 6, 2019. Downloaded January 6, 2019.
  5. Saudi Woman Who Tried to Flee Family Says, ‘They Will Kill Me’ New York Times. By Richard C. Paddock and Ben Hubbard. January 6 2019. Downloaded January 6, 2019
  6. @rahaf84427714 (६ जनवरी २०१९), "This is a copy of my passport, Im shering it with you now because I want you to know I’m real and exist." (ट्विट), मूलबाट ६ जनवरी २०१९-मा सङ्ग्रहित – ट्विटरद्वारा। 
  7. "Saudi woman 'given refugee status'", BBC News, ९ जनवरी २०१९। 
  8. "Saudi woman fleeing family flies to Canada after gaining asylum", The Guardian, ११ जनवरी २०१९, अन्तिम पहुँच ११ जनवरी २०१९ 
  9. "Saudisk kvinna i Bangkok har getts flyktingstatus av FN", DN.SE (स्विडेनीमा), ९ जनवरी २०१९, अन्तिम पहुँच ११ जनवरी २०१९ 
  10. Fullerton, Jamie; Davidson, Helen (७ जनवरी २०१९), "'He wants to kill her': friend confirms fears of Saudi woman held in Bangkok", The Guardian, अन्तिम पहुँच २०१९-०१-०७ 
  11. Schwartz, Matthew S., "Saudi Teen Seeks Asylum, Fears Family Will Kill Her" (अङ्ग्रेजीमा), NPR, अन्तिम पहुँच ७ जनवरी २०१९ 
  12. "Rahaf al-Qunun: Saudi teen granted asylum in Canada", BBC News, ११ जनवरी २०१९, अन्तिम पहुँच ११ जनवरी २०१९ 
  13. Dangerfield, Katie; Joseph, Rebecca (११ जनवरी २०१९), "Canada grants asylum to Saudi teen who fled alleged family abuse" (अङ्ग्रेजीमा), Global News, अन्तिम पहुँच ११ जनवरी २०१९ 
  14. "UNHCR statement on Canada's resettlement of Saudi national Rahaf Al-Qunun", UNHCR, ११ जनवरी २०१९, अन्तिम पहुँच ११ जनवरी २०१९ 
  15. Cecco, Leyland (१२ जनवरी २०१९), "Rahaf al-Qunun lands in Toronto after long journey to safety", The Guardian, अन्तिम पहुँच १२ जनवरी २०१९ 
  16. "Saudi teen refugee arrives in Canada", BBC News, १२ जनवरी २०१९, अन्तिम पहुँच १२ जनवरी २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

रहाफको आधिकारिक ट्विटर खाता