रमेश पोखरियाल
रमेश पोखरियाल "निशंक" (जन्म १५ अगस्ट, १९५८) एक भारतीय राजनीतिज्ञ हुन जो भारतीय जनता पार्टी सँग सम्बन्धित छन् र एक हिन्दी कवि पनि हुन्। उनी नेपाली बाहुन पोखरेल थरका हुन्। उनी उत्तराखण्ड राज्यको पाँचौ मुख्यमन्त्री हुन जसको निर्वाचन भाजपा विधानमण्डल द्वारा गरिएको हो।[१]
रमेश पोखरियाल निशंक | |
---|---|
उत्तराखण्ड राज्यको पाँँचौ मुख्यमन्त्री | |
वेबसाइट | www |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्उनको जन्म पिनानी ग्राम, पौडी गढवाल तत्कालीन उत्तर प्रदेश (अब उत्तराखण्ड)मा भएको थियो। उनको पिता परमानन्द पोखरियाल र माता विश्वम्भरी देवी हुन्। उनी एक नेपाली प्रवासी पोखरेल परिवारका हुन् ।
राजनीतिक जीवन
सम्पादन गर्नुहोस्१९९१ मा उनी प्रथम पटक उत्तर प्रदेश विधानसभाको लागीए कर्णप्रयाग निर्वाचन-क्षेत्रबाट निर्वाचित भएका थिए। यस पछि १९९३ र १९९६ मा पुनः त्यसै निर्वाचन-क्षेत्रबाट उत्तर प्रदेश विधानसभाको लागि चुनिएका थिए। १९९७ मा उनी उत्तर प्रदेश राज्य सरकारको उत्तरांचल विकास मन्त्री भए। २००२मा उनले उत्तरांचल विधान सभाको लागि थालिसियाँ निर्वाचन-क्षेत्रबाट निर्वाचनमा खडा भए तर उनले हारे। फेरी २००७ मा उनी त्यसै निर्वाचन-क्षेत्रबाट उत्तराखण्ड विधानसभाको लागि निर्वाचित भए।
- मुख्यमन्त्री
२७ जून २००९ मा उनी उत्तराखण्डको पाचौ मुख्यमन्त्री भए। उनी उत्तराखण्डको सबैभन्दा युवा मुख्यमन्त्री हुन।