रनिल विक्रमासिङ्घे
रनिल विक्रमासिंघे, MP (सिंहली: රනිල් වික්රමසිංහ , तमिल: ரணில் விக்ரமசிங்க; जन्म : २४ मार्च १९४९) ९ जनवरी १९१५ देखि बहाल रहेका श्रीलङ्का का प्रधानमन्त्री हुन् । १९९४ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी १९७७ देखि प्रतिनीधि सदस्य रहेका थिए । उनी युनाइटेड नेसनल मोर्चाका नेता समेत हुन् र २००९ अक्टोबरमा उनी उक्त गठबन्धनको नेता चयन भएका थिए ।[१]
विक्रमासिंघे यस अघि ७ मे १९९३ देखि १९ अगस्ट १९९४ सम्म र ९ डिसेम्बर २००१ देखि ६ अप्रिल २००४ सम्म प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । उनी १९९४ नोबेम्बरमा गमिनी दासनाइके को १९९४ राष्ट्रपति निर्वाचनको दौरान हत्या भए पछि पार्टी नेता छानिएका थिए ।[२] ८ जनवरी २०१५ मा उनी राष्ट्रपति मैत्रीपाला सिरिसेना बाट प्रधानमन्त्री नियुक्त भए जसले २०१५ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति महिन्दा राजपाक्ष लाई पराजित गारेका थिए ।[३]
विक्रमासिंघे को गठबन्धन, सुशासन को लागि युनाइटेड नेसनल मोर्चा , ले २०१५ को संसदीय निर्वाचनमा १०६ सिट मा जीत हासिल गरेको थियो । यो बहुमतको लागि अपर्याप्त भए पनि श्रीलङ्का फ्रिडम पार्टीका ३५ सदस्यले समर्थन गरे पछि उनी प्रधानमन्त्री निर्वाचित भएका थिए ।[४][५] २६ अक्टोबर २०१८ मा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विक्रमासिंघेको सरकार भंग गरि पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे। [६] याले गर्दा श्रीलङ्कामा संबैधानिक संकट सिर्जना भयो ।
प्रारम्भिक जीबन र शिक्षा
सम्पादन गर्नुहोस्२४ मार्च १९४९ मा जन्मेका विक्रमासिन्घे , एस्मोन्ड विक्रमासिंघे र नालिनी विक्रमासिंघे का दोश्रो पुत्र थिए । उनका पिता एक वकिल थिए ।[७]
प्रारम्भिक राजनैतिक वृति
सम्पादन गर्नुहोस्विक्रमासिंघे युनाइटेड नेसनल पार्टीको सदस्य बने र उनको प्रगति द्रुत गतिमा ब्भायो । उनी १९७० को दशक'मा केलानिया क्षेत्रको मुख्य अभियन्ता भए र पछि बियागामा क्षेत्रको मुख्य अभियन्ता नियुक्त भए ।
सबैभन्दा युवा मन्न्री
सम्पादन गर्नुहोस्उनी जे,आर, जयेबर्दाने सरकारमा परराष्ट्र मामिला उपमन्त्री नियुक्त भएका थिए र शिघ्र नै युवा तथा रोजगार मन्न्री मा बढुवा भए जसले उनलाई मन्त्रीमंडलमा सबैभन्दा युवा मन्न्री बनायो ।[८] उDनको कार्यकालमा राष्ट्रिय युवा सेवा परिषद को गठन गरे जसले स्कुल उतिर्णलाई तालिम दिने गर्थ्यो ।पछी उनलाई शिक्षा मन्न्री बनाइयो ।[९]
प्रधानमन्त्री (१९९३-१९९४)
सम्पादन गर्नुहोस्राष्ट्रपति रानासिंघे प्रेमदासा को कार्यकालमा उनी उद्योग मन्न्री नियुक्त भए जस अन्तर्गत उनले औद्योगिक सुधार सुरु गरे तथा बियागामा विशेष आर्थिक क्षेत्रको सुरुवात गरे । १९८९ मा उनी संसदीय दलको नेता निर्वाचित भए । ७ मे १९९३ मा राष्ट्रपति रणसिंघे प्रमदासाको तमिल टाइगर्सद्वारा हत्या भएपछी विक्रमासिन्घे ले प्रधानमन्त्रीको सपथ ग्रहण गरे भने प्रधानमन्त्री डी.बि. विजेतुंगा कार्यबाहक राष्ट्रपति नियुक्त भए ।
प्रधानमन्त्री (२००१-२००४)
सम्पादन गर्नुहोस्प्रधानमन्त्री (२०१५-हाल सम्म)
सम्पादन गर्नुहोस्२०१५ को राष्ट्रपतीय निर्वाचन पछि , मैत्रिपाला सिरिसेना राष्ट्रपति भए र आपसी समझदारीको सम्झौता अनुसार , विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भए ।[१०]
संबैधानिक संकट २०१८
सम्पादन गर्नुहोस्२६ अक्टोबर २०१८, राष्ट्रपति मैत्रिपाला सिरिसेनाले युनाइटेड पिपल्स गठबन्धनले सरकारबाट बाहिर गए पछि मिहिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरे यसले गर्दा श्रीलङ्कामा संबैधानिक संकट सिर्जना भयो । [११]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Ranil Wickremesinghe appointed Prime Minister", Trade Bridge Consultants, अन्तिम पहुँच २१ अगस्ट २०१५। वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २०१८ मिति
- ↑ "Ranil Wickremesinghe – Gentlemen Politician of 4 decades, alias mature leader of the people", United National Party, मूलबाट २० जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०१५।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २०१५ मिति - ↑ "Sri Lanka election: shock as president Mahinda Rajapaksa concedes defeat", The Guardian, ९ जनवरी २०१५, अन्तिम पहुँच २१ अगस्ट २०१५।
- ↑ Ramachandran, Sudha (१३ अगस्ट २०१५), "Sri Lanka’s Elections: Rajapaksa Tries a Comeback", The Diplomat, अन्तिम पहुँच २१ अगस्ट २०१५।
- ↑ "Prime Minister Wickremesinghe Calls For Buddhist Approach: Nikkei", AsiaMirror cloned Nikkei, २० अगस्ट २०१५, अन्तिम पहुँच २१ अगस्ट २०१५। वेब्याक मेसिन अभिलेखिकरण २० अगस्ट २०१५ मिति
- ↑ http://www.mysansar.com/2018/10/33715/Wickremesing[स्थायी मृत कडी]
- ↑ "Regi Siriwardena dies at 82", ancestry.com, अन्तिम पहुँच २१ अगस्ट २०१५।
- ↑ "Sri Lanka: Former Prime Ministers", priu.gov.lk, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०१५।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Ranil Wickremasinghe is scheduled to take oaths as Prime Minister tomorrow | ITN News", www.itnnews.lk, अन्तिम पहुँच २०१५-१०-२४। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-०६ मिति
- ↑ "Ranil new Prime Minister", DailyMirror.lk, ९ जनवरी २०१५, अन्तिम पहुँच १० जनवरी २०१५।
- ↑ "Mahinda Rajapaksa sworn in as Prime Minister", adaderana.lk, २६ अक्टोबर २०१८, अन्तिम पहुँच २६ अक्टोबर २०१८।
सरकारी ओहोदा | ||
---|---|---|
पुर्वाधिकारी डी.एम. जयरत्ने |
श्रीलङ्काका प्रधानमन्त्री २०१५-२०१८ |
उत्तराधिकारी महिन्दा राजपाक्ष |
पुर्वाधिकारी रत्नासिरी विक्रमानायके |
श्रीलङ्काका प्रधानमन्त्री २००१-२००४ |
उत्तराधिकारी महिन्दा राजपाक्ष |
पुर्वाधिकारी Dingiri Banda Wijetunge |
श्रीलङ्काका प्रधानमन्त्री १९९३-१९९४ |
उत्तराधिकारी चन्द्रिका कुमारातुंगा |