रजनी तिलक
रजनी तिलक (२७ मे १९५८ - ३० मार्च २०१८) एक प्रसिद्ध भारतीय दलित कार्यकर्ता, नारीवादी र लेखिका थिइन् ।[२][३] उनी आफ्नो जीवनकालमा सेन्टर फर दलित अल्टरनेटिभ मिडियाको कार्यकारी निर्देशक, नेसनल असोसिएसन अफ दलित अर्गनाइजेसन्सको सहसंस्थापक र दलित लेखक सङ्घको अध्यक्षको पदमा नियुक्त भएकी थिइन् ।[४][५][६]
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्तिलकको जन्म सीमित स्रोत भएको परिवारमा २७ मे १९५८ मा भारतस्थित पुरानो दिल्लीमा भएको थियो । पेसागत रूपले सुजीकार रहेका उनका पिता उत्तर प्रदेशबाट दिल्लीमा बसाइ सरेका परिवारका वंशज थिए । सात जना सन्तान भएको परिवारमा सबैभन्दा जेठो भएको हुनाले तिलकले सानै उमेरमा नर्स बन्ने सपना त्याग गरी परिवारलाई आर्थिक टेवा पुर्याउनुपरेको थियो ।[७] सानै देखि लेखन तथा साहित्यमा रुचि राख्ने तिलकको प्रथम कृति "कैसे कहूं दुःख अपना" नामक कविता थियो ।[८] सन् १९७५ मा आफ्नो उच्च शिक्षा पूरा गरेपछि उनले आशुलिपि, कटाइ, सिलाइ आदि सिप सिक्न औद्योगिक प्रशिक्षण संस्थानमा भर्ना भएकी थिइन् ।
कार्य जीवन
सम्पादन गर्नुहोस्दिल्लीमा औद्योगिक प्रशिक्षण संस्थानमा काम गरिरहँदा उनले भोग्नुपरेको लैङ्गिक विभेदको विरोध गर्नका लागि उनले एउटा महिला सङ्घको स्थापना गरिन् । उनको नेतृत्वमा उक्त सङ्घलाई प्रगतिशील छात्र सङ्घमा गाभियो । यद्यपि, वैचारिक र राजनीतिक भिन्नताका कारणले उक्त सङ्घबाट तिलकद्वारा स्थापित महिला सङ्घलाई छुट्टयाइयो । उनले आँगनवाडी श्रमिकलाई ज्याला दिने क्रममा नियमितता ल्याउनुपर्ने भनी ४००० जना श्रमिकलाई गठन गरी एउटा सङ्घको स्थापना गरेकी थिइन् ।[९] तिलकले दलित समुदायलाई हक अधिकार प्रदान गर्नुमा कार्यरत हुनका साथै जाति व्यवस्था भित्र हुने पितृसत्तात्म र लैङ्गिक विभेदको विरोधमा पनि आवाज उठाएकी थिइन् ।[१०] सन् १९७२ मा उनले मथुरा बलात्कार काण्डको विरोध गर्ने क्रममा सहेली नामक स्वायत्त महिला समूहसँग सम्बन्ध गाँसेकी थिइन् । त्यसपछि देखि उनी स्वास्थ्य, सरसफाइ, परिवार नियोजन, बलात्कार, यौन हिंसा आदि विषयमा पनि बोल्न थालिन् ।[११]
सन् १९८० को दशकमा तिलकले दिल्लीमा भारतीय दलित प्यान्थर्स नामक सङ्घको स्थापना गरिन् । उक्त सङ्घले युवा अध्ययन चक्रको निर्माण गरी विद्यार्थीमा चेतना फैलाउनुका साथै आह्वान नामक नाट्यशालाको स्थापना गरेका थिए ।[१२]
तिलक नेसनल कन्फेडेरेसन अफ दलित एन्ड आदिवासी अर्गनाइजेसन्स, सेन्टर फर अल्टरनेटिभ दलित मिडिया, नेसनल फेडेरेसन अफ दलित विमेन, राष्ट्रिय दलित महिला आन्दोलन लगायत अन्य संस्थाहरूसँग पनि सम्बन्धित थिइन् ।[१३]
सन् २०११ मा सार्वजनिक गरिएको प्रकाश झाद्वारा निर्देशित बलिउड चलचित्र आरक्षणमा दलित समुदायको निन्दा गरिएको हुनाले विवाद भएको थियो । उक्त चलचित्रको सार्वजनिकीकरण भन्दा अगाडि तिलकलाई चलचित्र हेर्न लगाइएको थियो ।[१४] सन् २०१२ मा भारतीय पाठ्यक्रममा बाबासाहेब आम्बेडकरको उचित प्रतिनिधित्वका लागि राष्ट्रिय शैक्षिक अनुसन्धान र प्रशिक्षण परिषद अन्तर्गत दलित तथा गैरदलित लेखकहरूको बिचमा भएको गठबन्धनमा पनि उनी सहभागी भएकी थिइन् ।[१५]
कृति
सम्पादन गर्नुहोस्वर्ष | शीर्षक | टिप्पणी | सन्दर्भ |
---|---|---|---|
सन् १९९८ | भारत की पहली शिक्षिका - सावित्रीबाई फुले | ||
सन् २००० | पदचाप | कविता सङ्ग्रह | |
सन् २००५ | बुद्ध ने घर क्यों छोड़ा | ||
सन् २०११ | समकालीन भारतीय दलित महिला लेखन भाग १ | दलित महिला लेखनको सम्पादित सङ्कलन | |
सन् २०१५ | समकालीन भारतीय दलित महिला लेखन भाग २ | ||
सन् २०१५ | हवा सी बेचैन युवतियाँ | कविता सङ्ग्रह | |
सन् २०१६ | दलित स्त्री विमर्श एवं पत्रकारिता | ||
सन् २०१७ | समकालीन भारतीय दलित महिला लेखन भाग ३ | ||
सन् २०१७ | सावित्रीबाई फुले रचना समग्र | दलित कार्यकर्ता सावित्रीबाई फुलेका कृतिका अनुवादित सङ्कलन | |
सन् २०१७ | अपनी जमीन अपना आसमान | आत्मकथा | |
सन् २०१८ | बेस्ट ऑफ करवाचौथ | फुटकर कथा सङ्ग्रह | |
सन् २०१८ | डा॰ आम्बेडकर और स्त्री चिंतन के दस्तावेज | तिलकद्वारा सङ्कलित र सम्पादित लेख सङ्ग्रह |
पुरस्कार
सम्पादन गर्नुहोस्- राष्ट्रिय महिला आयोगद्वारा उत्कृष्ट महिला उपलब्धि पुरस्कार (सन् २०१३)
- दलित विमेन स्पीक आउट सम्मेलनमा आजीवन उपलब्धि पुरस्कार (सन् २०१७)
मृत्यु
सम्पादन गर्नुहोस्तिलकको मृत्यु ६० वर्षको उमेरमा नयाँ दिल्लीमा अवस्थित सेन्ट स्टीफन हस्पिटलमा ३० मार्च २०१८ को दिन भएको थियो । उनलाई मेरुदण्डको समस्याको जाँच गराउन अस्पताल लागिएको थियो ।[२४]
कयौँ विद्वान् तथा कार्यकर्ताले उनको मृत्युको शोक मनाएका थिए । पीपल्स युनियन फर सिभिल लिबर्टिजको नेता र तिलकको मिल्ने साथी कविता श्रीवास्तव लगायत विभिन्न सामाजिक सञ्चार वेबसाइटमा उनलाई श्रद्धाञ्जली दिइएको थियो । उनको सम्झनामा देशभर विभिन्न क्षेत्रमा कार्यक्रमहरू आयोजना गरिएको थियो ।[२५]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Rajni Tilak (1958–2018)", इकोनोमिक एन्ड पोलिटिकल वीक्ली (अङ्ग्रेजीमा) ५३ (१७): ७–८, ५ जून २०१५।
- ↑ "Who will clean up the lives of manual scavengers?", टाइम्स अफ इन्डिया, अन्तिम पहुँच १२ फेब्रुअरी २०१७।
- ↑ "An Interview with Rajni Tilak", राउन्डटेबल इन्डिया, १७ जनवरी २०१३।
- ↑ "About Us - Centre for Alternative Dalit Media", सेन्टर फर दलित अल्टरनेटिभ मिडिया, अन्तिम पहुँच २० अक्टोबर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-०३ मिति
- ↑ "National Association of Dalit Organisations-NADO - Local Business | Facebook", फेसबुक (अङ्ग्रेजीमा), अन्तिम पहुँच २० अक्टोबर २०१८।
- ↑ "Rajni Tilak – Leading Voice of Dalit Activism Passes Away", शी द पीपल, ३१ मार्च २०१८।
- ↑ अङ्गमो, दीचेन (२५ अप्रिल २०१५), "Rajni Tilak: A Leading Dalit Feminist Of Our Times", फेमिनिजम इन इन्डिया (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "Museindia", म्यूज इन्डिया, अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ अङ्गमो, दीचेन (२५ अप्रिल २०१८), "Rajni Tilak: A Leading Dalit Feminist Of Our Times", फेमिनिजम इन इन्डिया (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "An Interview with Rajni Tilak", राउन्डटेबल इन्डिया, १७ जनवरी २०१३।
- ↑ kuffir, "Need to redefine Dalit Movement: Rajni Tilak", राउन्डटेबल इन्डिया (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ अङ्गमो, दीचेन (२५ अप्रिल २०१८), "Rajni Tilak: A Leading Dalit Feminist Of Our Times", फेमिनिजम इन इन्डिया (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ ठाकुर, सन्दाली, "Rajni Tilak (1958-2018) was an activist and poet who fought tirelessly against caste and patriarchy", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "HC asks for home dept's views on quota movie - Times of India", द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ फेब्रुअरी २०१८।
- ↑ "Humour is by no means exempt from prejudice", द हिन्दु, ८ जून २०१२।
- ↑ "सावित्रीबाई फुले: मनुवादी अंधकार में किरण की तरह फूटी युगनायिका !", मिडियाभिजिल (हिन्दीमा), ३ जनवरी २०१९, अन्तिम पहुँच १९ मार्च २०१९।
- ↑ "कर्मकर्ता और कवि रजनी तिलक ने पूरी ज़िंदगी मेहनतकशों की शोषण मुक्ति और सम्मान के नाम कर दिया- जसम" (en-USमा), ३१ मार्च २०१८, अन्तिम पहुँच १९ मार्च २०१९।
- ↑ "hindibook.com: SAMKALIN BHARATIYA DALIT MAHILA LEKHAN RAJNI TILAK HB 9789383513468", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "hindibook.com: SAMKALIN BHARTIYA DALIT MAHILA LEKHAN-V.3 (ATMKATHA VISHESH) RAJNI TILAK (Ed.) HB 9789383515042", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "hindibook.com: SAVITRIBAI PHULE RACHNA SAMAGRA RAJNI TILAK (Ed.) HB 9788193381526", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "hindibook.com: APNI JAMIN APNA ASMAN RAJNI TILAK HB 9789382543848", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ Ingavale, Ranjit A.; साकिया, सञ्जीव (१ जनवरी २०१८), "भारत का राष्ट्रीय खेल हॉकी की साहित्य की समीक्षा", इन्टरनेसनल जर्नल अफ फिजिकल एजुकेसन एन्ड स्पोर्ट्स सायन्सेस १३ (१): ८७–९२, आइएसएसएन 2231-3745, डिओआई:10.29070/13/57785।
- ↑ "hindibook.com: DR. AMBEDKAR AUR STRI CHINTAN KE DASTAVEZ RAJNI TILAK (Comp. & Ed.) HB 9789383515103", हिन्दी बुक, अन्तिम पहुँच १४ मार्च २०१९।
- ↑ "Dalit writer Rajni Tilak passes away", युनाइटेड न्यूज अफ इन्डिया, ३१ मार्च २०१८।
- ↑ "The sceptical Dalit, Left feminist: my dear friend Rajni Tilak", नेसनल हेराल्ड इन्डिया, १ अप्रिल २०१८।