युरोपेली कर्जा सङ्कट
युरोपेली कर्जा सङ्कट (अङ्ग्रेजी: European debt crisis) (प्राय: युरोजोन सङ्कट वा युरोपेली सार्वभौम ऋण सङ्कट पनि भनिन्छ) युरोपेली सङ्घमा सन् २००९ को अन्त्यदेखि सुरु भएको बहुवर्षीय कर्जा सङ्कट हो। कयौं युरोजोन सदस्य राज्यहरू (ग्रिस, पोर्चुगल, आयरल्यान्ड, स्पेन र साइप्रस) आफ्नो सरकारी कर्जा चुकाउन वा वित्त-पोषण गर्न असफल भए र अन्य युरोजोन सदस्य राष्ट्रहरू (विशेष गरि फ्रान्स र जर्मनी), युरोपेली केन्द्रिय बैंक, र अन्तर्राष्ट्रिय मुद्रा कोषले उनीहरूलाई जोगाउन ऋण जमानत दियो।
सन् २००९ को उत्तरार्धमा ग्रिसमा युरोपेली सङ्कट ग्रिसबाट सुरु भएको थियो र एक पछि अर्को युरोपेली मुलुकहरू यसको चपेटामा आएका थिए। यी देशहरूको बजेट घाटा अनियन्त्रित ढङ्गले बढिरहेको छ। सन् २०१५ जुनमा ग्रिसको टाट पल्टियो र अरू धेरै देशहरू कङ्गाल हुने अवस्थामा छन्। यो सङ्कट ग्रिस, आयरल्यान्ड, इटाली, स्पेन, पोर्चुगल आदिलाई प्रभावित गरेको छ, जसको बजेट घाटा र ऋण ज्यादै बढी छ।