युइएफए राष्ट्र लिग

(युइएफए नेसन्स लिगबाट अनुप्रेषित)

युइएफए राष्ट्र लिग एक प्रत्येक दुई दुई वर्षको अन्तरालमा सञ्चालन हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। प्रतियोगितालाई युरोप फुटबलको नियमनकारी निकाय युरोपेली फुटबल महासङ्घले सञ्चालन गर्ने गर्दछ।[२][३]

युइएफए राष्ट्र लिग
स्थापना२०१८; ६ वर्ष अघि (२०१८)
क्षेत्र युरोप
समूह सङ्ख्या५५
वर्तमान विजेतापोर्तगाल पुर्तुगाल (प्रथम उपाधि)[१]
सबैभन्दा सफल टोलीपोर्तगाल पुर्तुगाल (प्रथम उपाधि)[१]
टेलिभिजन सहयोगीप्रसारकहरूको सूची
वेबसाइटआधिकारिक वेबसाइट
सन् २०२०–२१ युइएफए राष्ट्र लिग

प्रतियोगिताको पहिलो संस्करण सेप्टेम्बर २०१८ मा, २०१८ फिफा विश्वकपको समाप्ति पछि लगत्तै सुरु भएको थियो।[४][५] प्रतियोगिताको पहिलो संस्करणमा चार विभागहरू रहेका थिए जसमा पहिलो दुईमा १२ टोलीहरू, तेस्रोमा १५ र चौथो र तथा अन्तिम बाँकी १६ देशका प्रतिनिधि राष्ट्रिय टोलीहरू रहेका थिए।[६] यसरी यसले युरोपेली फुटबल महाङ्घका सबै ५५ वटा राष्ट्रहरू समावेश गरेको थियो। समूह चरणमा प्रति समूह चार टोलीहरू हुन्छन्।[७][८] प्रतियोगितामा सबै राष्ट्रहरूले सबै राष्ट्रका प्रतिनिधि टोलीहरूको सामना गर्दछन्। प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने चार टोलीहरू युइएफए युरो कपका लागि स्वत रूपमा छनोट हुन्छन्।[९] प्रतियोगिताले फिफाको अन्तर्राष्ट्रिय खेल पात्रो अनुसार सञ्चालन हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई पूर्णरूपमा प्रतिस्थापन गरेको थियो।

अवलम्बन सम्पादन गर्नुहोस्

अक्टोबर २०१२ मा, नर्वे फुटबल सङ्घका अध्यक्षले युइएफएका सदस्यहरूको लागि फिफा विश्वकप र युइएफए युरोपेली प्रतियोगिताको अतिरिक्त तेस्रो पूर्ण राष्ट्रिय टोली अन्तर्राष्ट्रिय प्रतियोगिता सृजना गर्नका लागि वार्ता गरिएको पुष्टि गरेका थिए।[१०]

युइएफए राष्ट्र लिगको अवधारणा भनेको युइएफएका सदस्य सङ्घहरूका सबै ५५ राष्ट्रिय टोलीहरूलाई उनीहरूको भर्खरका परिणामहरू प्रयोग गरेर बनाइएको वरियतामा आधारित समूहको श्रृङ्खलामा विभाजन गरिएको थियो जहाँ उक्त नतिजाहरू अनुसार टोली पदोन्नति वा पदघट हुने र उनीहरूको नतीजा अनुसार अन्य समूहमा पठाइने रहेको थियो।[११] प्रस्तावित प्रतियोगिता फिफा अन्तर्राष्ट्रिय खेल पात्रोका मितिहरूमा हुने छ जसलाई पहिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि छुट्याइएको थियो भने यसले फिफा विश्वकप वा युइएफए युरोपेली प्रतियोगितालाई असर नगर्ने बताइएको थियो।

मार्च २०१४ मा, युइएफएका महासचिवले प्रस्तावको एक फाइदा भनेको कमजोर राष्ट्रिय टोलीहरूका खेलहरू व्यवस्थित गर्न सहयोग हुने बताएका थिए। [१२] शाही बेल्जियम फुटबल सङ्घका महासचिवले युरोपेली फुटबल महासङ्घसँगको दूरदर्शन सम्झौता केन्द्रिकृत हुने भएका कारण तल्लो स्थानमा रहेका राष्ट्रहरू पनि प्रतिस्पर्धाबाट आर्थिक रूपमा लाभान्वित हुने बताएका थिए। युइएफए राष्ट्र लिग २७ मार्च २०१४ मा अस्तानामा साधारण युइएफए काङ्ग्रेसमा युरोपेली फुटबल महासङ्घका सबै ५४ राष्ट्रहरू ( कोसोभो उक्त समयमा सदस्य थिए) द्वारा सर्वसम्मतिले अपनाइएको थियो।[१३]

पारितोषिक सम्पादन गर्नुहोस्

स्वीट्जरल्यान्डको लोजनामा प्रतियोगिताको समयमा युइएफए लिग पारितोषिकलाई अनावरण गरिएको थियोे। पारितोषिकले युरोपेली फुटबल महासङ्घमा आबद्ध सबै ५५ राष्ट्रहरूको प्रतिनिधित्व गर्दछ। यसलाई उच्च गुणस्तरीय चाँदीबाट बनाइएको छ। पारितोषिक ७.५ किलोग्राम वजन र ७१ सेन्टिमिटर लामो छ।[१४]

युइएफए राष्ट्र लिगको नतिजा सम्पादन गर्नुहोस्

संस्कृत आयोजक फाइनल तेस्रो स्थानका लागि प्रतियोगिता
विजेता अङ्क उप-विजेता तेस्रो स्थान अङ्क चौथो स्थान
सन् २०१८–१९
विवरण
  पुर्तुगाल पुर्तुगाल १–०  
नेदरल्यान्ड
 
इङ्ल्यान्ड
०–० (अ.स)
(६–५ पेना.)
 
स्विट्जरल्यान्ड
सन् २०२०–२१
विवरण
घोषण हुन बाँकी

टोली अनुसार प्रदर्शन सम्पादन गर्नुहोस्

टोली विजेता उप-विजेता तेस्रो स्थान चौथो स्थान
  पुर्तुगाल १ (सन् २०१९)[क]
  नेदरल्यान्ड १ (सन् २०१९)
  इङ्ल्यान्ड १ (सन् २०१९)
  स्विट्जरल्यान्ड १ (सन् २०१९)
  1. आयोजक

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "पुर्तुगाल युइएफए राष्ट्र लिग विजेता"हाम्रो खेलकुद। ३ जनवरी २०२०। सङ्ग्रह मिति ९ अप्रिल २०२० 
  2. "Uefa: nasce la Nations League, nuovo torneo al via dal 2018"। सङ्ग्रह मिति २७ मार्च २०१३ 
  3. "Nasce la Nations League: la prima edizione comincerà nel 2018"। सङ्ग्रह मिति ४ डिसेम्बर २०१४ 
  4. Lars Hojem Kvam (९ अक्टोबर २०१३)। "Hva om Ronaldo, Özil, Balotelli og Pique møtes til ligaspill - med sine landslag?" (नर्गेली भाषा)। 
  5. "Nations League: New European tournament to be confirmed" (अङ्ग्रेजी भाषा)। २६ मार्च २०१४। 
  6. "Quali sono le parole dell'inno della UEFA Nations League?"। ५ सेप्टेम्बर २०१८। 
  7. Fabio Licari (३ मे २०१८)। "Mondiale Club e Nations global, due nuovi tornei da 20 miliardi" 
  8. "Fifa, addio Confederations Cup: arriva la Coppa del Mondo per club"। १४ मार्च २०१९। 
  9. "Resolution zum Nationalmannschaftsfußball 2018-2022" (पिडिएफ)uefa.orgयुइएफए। २०१४-०३-२७। सङ्ग्रह मिति २०१५-०५-१२ 
  10. युएफा डटकम। "UEFA Nations League – Alle Artikel पहुँचमिति=१०१८-०३-२५" (जर्मनेली भाषा)। 
  11. गिबसन, ओवेन (१० अक्टोबर २०१३)। "Uefa explores internationals shake-up with Nations League plan"द गार्जियन। सङ्ग्रह मिति २६ मार्च २०२४ 
  12. "Nations League: New European tournament to be confirmed"। बिबिसी खेलकुद। २६ मार्च २०१४। सङ्ग्रह मिति १६ मार्च १०१४ 
  13. "Nations League moet nieuwe mijlpaal in Europese voetbal worden"zita.be (नेदरलन्दी भाषा)। १६ मार्च २०१४। सङ्ग्रह मिति २६ मार्च २०१४ 
  14. "El trofeo y la música Liga de las Naciones de la UEFA se revelan"युएफा डटकम (स्पेनी भाषा)। सङ्ग्रह मिति ३० अगस्ट २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्