पेनाल्टी-सुटआउट
पेनाल्टी सुटआउट (अङ्ग्रेजी: penalty shoot-out) अथवा यसलाई टाइब्रेकर पनि भन्ने चलन छ । यो फुटबल खेलको एक महत्त्वपूर्ण नियम हो । यसले फुटबल खेलमा बिजेता र उपबिजेता छुट्ट्याउन विशेष भुमिका निर्वाह गर्दछ । फुटबल खेलमा निर्धारित ९० मिनेटको समयमा पनि खेलको कुनै पनि स्पष्ट नतिजा आउन नसके ३० मिनेटको अतिरिक्त समय थपिन्छ । तर यसरी पनि कुनै निर्णय नआएको खण्डमा बल्ल पेनाल्टी सुट आउटको प्रयोग गरिन्छ ।
प्रयोग हुने अवस्था
सम्पादन गर्नुहोस्समूह चरण वा लिग चरण बाहेकको नक आउट चरणको जुन सुकै फुटबल प्रतियोगिताहरूमा यस नियमको प्रयोग गरिन्छ ।
इतिहास
सम्पादन गर्नुहोस्फिफा विश्वकपको इतिहास पल्टाउने हो भने केबल दुई पटक मात्र पेनाल्टी सुटआउटरू प्रयोग गरी प्रतियोगिताको बिजेता र उप बिजेताको छनौट गरिएको थियो । जुन सन् १९९४ र २००६ को विश्वकपको फाइनल थियो । यसैगरी यस नियमलाई फिफा ले २००४ देखि लागू हुने गरी फिफाको ''ल अफ द गेम''मा परिमार्जन गरेको नियमहरूको नियम नम्बर १० मा उल्लेख गरिएको छ। जहाँ यसरी उल्लेख गरिएको छ । जस्तै ;नियम १०
- विजय निर्धारण सम्बन्धमा :- अब गोल्डेन वा सिल्भर गोलका आधारमा म्याचको निर्णय हुने छैन । निर्धारित ९० मिनेटबाट कुनै निर्णय हुन नसकेमा १५/१५ गरेर जम्मा ३० मिनेटको अतिरिक्त समयमा खेलाइनेछ । त्यसबाट पनि टुङ्गो नलागे म्याच पेनाल्टी सुटआउटमा जानेछ।
चर्चित घटनाहरु
सम्पादन गर्नुहोस्अन्तर्राष्ट्रिय
सम्पादन गर्नुहोस्तीन पुरुष विश्वकप सहित नौ FIFA 11-a-side प्रतियोगिताको फाइनल पेनाल्टी सुटआउटमा गएको छ। केही उल्लेखनीय खेलहरू यस प्रकार छन्।
- लिस्बनमा पोर्चुगल र ब्राजिलबीचको 1991 फिफा विश्व युवा च्याम्पियनसिपको फाइनलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो जुन पोर्चुगलले 4-2 ले जित्यो, अन्तिम शट रुई कोस्टाबाट आएको थियो।
- क्यालिफोर्नियाको पासाडेनाको रोज बाउलमा सन् १९९४ फिफा विश्वकपको फाइनलमा ब्राजिल र इटालीबीचको खेल अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो। ब्राजिल शूट-आउट 3-2 जित्न गयो। [48]
- सन् १९९९ फिफा महिला विश्वकपको फाइनलमा पनि रोज बाउलमा आयोजना भएको थियो, आयोजक अमेरिका र चीनबीचको खेल अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा सकिएको थियो। संयुक्त राज्य अमेरिकाले शुटआउट ५–४ ले जितेर प्रतियोगिता जित्ने पहिलो आयोजक राष्ट्र बन्यो।
- फ्रान्स र इटाली बीचको २००६ फिफा विश्वकपको फाइनल पनि पेनाल्टी सुटआउटमा गयो (1-1 को बराबरी पछि अतिरिक्त समयमा 30 मिनेटको गोलरहित बराबरी पछि) र बर्लिनको ओलम्पिक स्टेडियममा फ्रान्स विरुद्ध इटालीले 5-3 ले जित्यो। [४९]
- फ्रान्स र अर्जेन्टिनाबीचको २०२२ फिफा विश्वकपको फाइनल अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो। अर्जेन्टिनाले सन् १९८६ पछि पहिलो पटक विश्वकप ट्रफी उचाल्न फ्रान्सविरुद्ध शूटआउटमा ४-२ को जित निकाल्यो। [१]
विश्वकप खेलमा पहिलो पेनाल्टी सुटआउट सन् १९८२ मा पश्चिम जर्मनी र फ्रान्सबीचको नाटकीय सेमिफाइनल खेलमा भएको थियो। पेनाल्टी सुटआउट बराबरीमा सकिएपछि यो सडन डेथमा गयो। .[२][३][४]
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ McNulty, Phil (१८ डिसेम्बर २०२२), "World Cup final: Argentina beat France on penalties in dramatic Qatar showpiece", BBC Sport, अन्तिम पहुँच १८ डिसेम्बर २०२२।
- ↑ "A Look Back at France's World Cup History to Discern its Future", The New York Times, १० जुलाई २०१८, अन्तिम पहुँच १५ अगस्ट २०२१।
- ↑ Varis Sharma (९ जुलाई २०१८), "Night of Seville: The best Semi-final in World Cup history", SportsKeeda, अन्तिम पहुँच १५ अगस्ट २०२१।
- ↑ GRAHAME L. JONES (१३ जुलाई १९९४), "WORLD CUP USA '94 : The Penultimate Game : Looking for the Best Semifinal of All Time? Go Back to Seville, Spain, on July 8, 1982: West Germany vs. France", Los Angeles Times, अन्तिम पहुँच १५ अगस्ट २०२१।