याहु! अस्ट्रेलिया

याहू को नियन्त्रित कम्पनी
(याहु! अष्ट्रेलियाबाट अनुप्रेषित)

याहु! अस्ट्रेलिया (पूर्व सन् २००७ देखि सन् २०१८ सम्म याहु७ को रूपमा चिनिने) एक अस्ट्रेलियाली विश्वव्यापी इण्टरनेट कम्पनी हो जून याहु!को सहायक कम्पनी हो। याहुको मूल रूपमा याहु! र सेभेन वेष्ट मिडियाको ५०/५० संयुक्त उद्यमको रूपमा रहेको थियो। यो मार्च २०१८ देखि भरिजोन मिडियाको १००% सहायक कम्पनीको रूपमा रहेको छ। याहु एक वेब पोर्टल हो जसले ई-डाँक, अनलाइन समाचार र जीवनशैलीका सामग्रीहरूका साथ साथै मौसम, यात्रा र खुद्रा तुलना सेवाहरू प्रदान गर्दछ।

याहु! अस्ट्रेलिया
साइटको प्रकार
इण्टरनेट पोर्टल
मालिकभरिजोन मिडिया
युआरएलau.yahoo.com
व्यवसायिकहो
दर्ताबैकल्पिक

इतिहास सम्पादन गर्नुहोस्

स्थापना सम्पादन गर्नुहोस्

याहु!का सेवाहरू वास्तवमा याहु!को साथ सन् १९९७ मा अस्ट्रेलियामा प्रक्षेपण गरिएको थियो। याहु!अस्ट्रेलियाको सोही वर्षमा १ सेप्टेम्बरमा सुरूवात गरिएको थियो।[१]

सेभेन मिडिया समूहले उनीहरूको अनलाइन सेवाको रूपमा सेप्टेम्बर २००० मा आइ७ को स्थापना गरेको थियो।[२] अक्टोबर २००१ मा, सेभेन इण्टरनेट सेवा प्रदायक एओएलसँग साझेदारी गरको थियो र आईओ मञ्चलाई बढावा दिनको लागि एओएल७ नामक संयुक्त उद्यमको स्थापना गरिएको थियो। तथापि, एओएलसँगको उक्त साझेदारी अप्रिल २००२ मा अमेरिकी इतिहासको सबैभन्दा ठूलो त्रैमासिक घाटा भएको प्रतिवेदन प्रस्तुत गर्दै असफल भएको मानिएको थियो।[३] त्यसपछि सेभेन र एओएलले फेब्रुअरी २००४ मा प्राइमस दूरसञ्चार उक्त उद्यम बिक्री गरेको थियो र आइ७ को वेबसाइटलाई बदलिँदो सेभेनको नयाँ वेबसाइट डटकम डट एयु ले प्रतिस्थापन गरेको थियो।

याहु!७ सम्पादन गर्नुहोस्

याहु७ लाई सन् २००६ मा एक वक्र-सञ्चार माध्यम इकाईको रूपमा स्थापित गरिएको थियो जसले दुबै, इण्टरनेट केन्द्रित याहु र प्रसारण निगम सेभेन मिडिया ग्रुप (हाल सेभेन वेष्ट मिडिया) को सामग्री वितरण सञ्जाललाई विस्तार गर्दछ।

याहु७ को लोगोमा सेभेन वेस्ट मिडियाको रातो ७ र याहु! अङ्कित चिन्ह समावेश छ। याहु७ ले, याहु अस्ट्रेलिया र न्यूजील्यान्ड वेबसाइटहरूलाई प्रतिस्थापन गरेको थियो जुन सेप्टेम्बर १९९७ देखि सञ्चालनमा रहेको थियो।[१]

सेभेनको, प्यासिफिक पत्रिका विभागका वर्तमान अध्यक्ष रायन ष्टोक्सले एक सञ्चार माध्यम विज्ञप्तिमा याहु इकाईले अनलाइन श्रोताहरूका लागि उत्कृष्ट विश्वव्यापी उत्पादन र उनीहरूसँग जोडिएको जीवनका लागि स्थानीय रूपमा सञ्चार माध्यम सामग्रीका साथ अनलाइन दर्शकहरूलाई संलग्न गराउन अग्रणी मञ्च प्रदान गर्ने बताएका थिए।[४]

डिसेम्बर २००७ मा, याहुले दूरसञ्चार न्यूजील्याण्डसँग साझेदारी गर्दै न्युजिल्याण्डमा याहु! एक्स्ट्राको साथ आफ्नो उपस्थितिलाई विस्तार गरेको थियो। उद्यमलाई याहु! न्युजिल्याण्डको रूपमा पुन: निर्माण गरिएको थियो। अप्रिल २०११ मा दूरसञ्चार न्युजिल्याण्डले आफ्नो सेयर ४९% याहुलाई बेचेको थियो।

हालका वर्षहरूमा, याहुले यसको मुख्य खोजी र बजारशास्त्र व्यवसायहरूको पूरकको लागि उच्च प्रोफाइल अनलाइन अधिग्रहणहरूको एक शृङ्खला बनाएको छ। सन् २०१० को मध्यमा कम्पनीले अस्ट्रेलियाको खेलकुद टिप्पणी वेबसाइट ओजेटटिप्सको खरीद गरेको थियो।[५] र सन् २०११ को सुरुमा अस्ट्रेलियाली समूहको खरीद वेबसाइट स्प्रिट्सलाई ४० मिलियन अमेरिकी डलरमा अधिग्रहण गरेको थियो।[६] अधिग्रहण पछि स्प्रीट्सले यसको सदस्य १४० प्रतिशतले वृद्धि १.१८ मिलियनमा पुगेको जनाएको थियो।[७]

मार्च २०१८ मा, सेभेन वेस्ट मिडियाले यसको ५०% शेयर याहु७बाट भरिजोन मिडियालाई बेचेको थियो।[८]

उत्पादन तथा सेवाहरू सम्पादन गर्नुहोस्

अनलाइन सामग्री सम्पादन गर्नुहोस्

याहुले यसको सामग्री विभिन्न समाचार र अनलाइन सञ्चार माध्यमका वेबसाइट तथा साथै तेस्रो-पक्ष सामग्रीहरूबाट आयात गर्दछ। कम्पनीले धेरै अनलाइन खण्डहरू चलाउँदछ जसले विभिन्न सञ्चार माध्यम निकास सामग्रीहरूको विस्तार र वृद्धि गर्दछ।

प्लस७ सम्पादन गर्नुहोस्

जनवरी २०१० मा, याहुले याहु प्लसको सुरू गरेको थियो। यसको नि: शुल्क सेवाले प्रयोगकर्ताहरूले माग गरेका श्रव्य दृश्यका सामग्रीहरूको लागि, च्यानल७, मेट७ र अन्य सामग्री साझेदारहरूबाट पूर्ण लम्बाईका शृङ्खला हेर्न अनुमति दिन्छ।[९]

वेब सम्पादन गर्नुहोस्

याहुले यसको स्थानीयकृत संस्करणको पनि आयोजना गर्दछ। सञ्चार र खोजका साथै अन्य प्रत्यक्ष खोजी सेवाहरू जस्तै याहु! उत्तरको पनि यसले प्रदान गर्दछ।

लोगो सम्पादन गर्नुहोस्

 
सन् २००७ देखि २०१४ सम्म प्रयोग भएको लोगो
 
सन् २०१४ देखि २०१८ सम्म प्रयोग भएको लोगो
 
सन् २०१८ देखि २०१९ सम्म प्रयोग भएको लोगो

सन् २००६ मा यसको सृजना भएदेखि सन् २०१४ सम्म, याहुले सेभेन सञ्जालको लोगो र एक समान रातो रिङको साथसाथै त्यस समयको सामान्य रातो लोगोसँग मिल्दो लोगोको प्रयोग गरेको थियो।

यो याहुको लोगो साथ बदलिएका कारण यसको लोगो पनि परिवर्तन गरिएको थियो। यसको लोगो सेभेन सञ्जालको लोगोको अनुरूप, सन् २०१३ मा संयुक्त राज्य अमेरिकामा परिचय गरिएको थियो।

टिप्पणी तथा सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Press Release: Now Australia And New Zealand Can Yahoo! Too", Yahoo! Inc., १ सेप्टेम्बर १९९७, मूलबाट १२ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १२ जनवरी २००८ मिति
  2. "Seven unveils Internet portal", Illawarra Mercury, १२ सेप्टेम्बर २०००, अन्तिम पहुँच ८ मे २०१६ 
  3. "Seven partner AOL blames Net for huge loss", Sydney Morning Herald, २६ अप्रिल २००२, अन्तिम पहुँच ८ मे २०१६ 
  4. "Media Release: Yahoo!7 redefines Australian media landscape", Yahoo7 Press Room, अन्तिम पहुँच १८ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  5. चिर्गविन, रिचर्ड (२० जनवरी २०११), "Yahoo7 buys Spreets, bubble inflates", द रजिष्टर, अन्तिम पहुँच ७ जुन २००७ 
  6. "याहु!७ले ओजेट टिप्सलाई खरिद गरेको छ", एम एम्ब्रेला। 
  7. "सेभेन वेष्ट मिडिया: वार्षिक प्रतिवेदन", जुलाई २०११, पृ: १९, अन्तिम पहुँच १९ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २५ नोभेम्बर २०११ मिति
  8. डुक, जेनिफर (२७ मार्च २०१८), "सेभेनको ५०% शेयर बिक्री", द सिड्नी मर्निङ हेरल्ड (अङ्ग्रेजीमा)। 
  9. "सेभेनको नयाँ कार्यक्रमको प्रक्षेपण", टिभी टुनाइट, अन्तिम पहुँच १० मार्च २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्