«यान्देक्स सङ्गीत» प्रख्यात बहुराष्ट्रिय रूसी प्रविधि कम्पनी यान्देक्सद्वारा विकसित एक अनलाइन सङ्गीत प्रवाह सेवा हो। प्रयोगकर्ताहरूले सङ्गीतत्मक रचना, गीति सङ्गालो, सङ्गीत धुनहरूको सङ्कलन चयन गर्न, तिनीहरूको यन्त्रमा बजाउन र व्यक्तिगत सिफारिसहरू प्राप्त गर्नका लागि छनौट गर्न सक्छन्। यो सेवा आइओएस, एन्ड्रोइडका साथ उपयुक्त संस्करणहरूमा मोबाइल अनुप्रयोगको रूपमा पनि उपलब्ध छ। यान्देक्स सङ्गीतको सेवा रूस, बेलारुस, किर्गिस्तान, कजाखस्तान, आर्मेनियाइजरायलमा मात्र उपलब्ध छ। सशुल्क सदस्यता सेवा संसारका अन्य देशहरूमा पनि उपलब्ध रहेको छ।[१][२]

यान्देक्स सङ्गीत
विकासकर्तायान्देक्स
प्रक्षेपण मितिसेप्टेम्बर २२, २०१०; १३ वर्ष पहिले (२०१०-०९-22)
मञ्च
वेबसाइटmusic.yandex.com

अक्टोबर २०१७ सम्म, यान्देक्स सङ्गीतमा ४ करोड भन्दा बढी सङ्गीतहरू उपलब्ध छन्। लगभग २ करोड व्यक्तिहरूले कम्तिमा महिनामा एक पटक यो सेवाको प्रयोग गर्दछन्। [३] यान्देक्स सङ्गीतको सबैभन्दा लोकप्रिय विशेषता भनेको स्मार्ट प्रवाह सूची हो, जुन हरेक प्रयोगकर्ताको लागि दैनिक रूपमा अद्यावधिक गरिन्छ।[४]

इतिहास सम्पादन गर्नुहोस्

२२ सेप्टेम्बर २०१० मा यान्देक्सले एक नयाँ सेवाको सुरुवात गर्ने घोषण गरेको थियो जसको नाम यान्देक्स सङ्गीत राखिएको थियो। यसले गीतहरू अनलाइन मार्फत प्रत्यक्ष सुन्न, एल्बम र विभिन्न कलाकारहरूका गीतहरूलाई मागमा रहेका प्रयोगकर्ताको उपकरण मार्फत अनलाइन बजाउन यस सेवाले सहज बनाएको छ। यस सेवालाई ५० वटन भन्दा बढी प्रतिलिपी धारकहरूले सामग्रीहरू प्रदान गर्दछन् जसमध्ये इएमआई, युनिभर्सल, वार्नर म्युजिक ग्रुप, सोनी म्युजिक, फष्ट म्युजिक पब्लिसिङ, मोनोलिट, एसबीए प्रोडक्सन आदी पर्दछन्।[५]

यस सेवाको सुरुवातमा यसमा जम्मा ५८ हजार कलाकारहरूका ८ लाख सङ्गीतहरू उपलब्ध रहेका थिए। [६]

३० मे २०१२ मा, यान्देक्सले यान्देक्स सङ्गीतको आइओएसको लागि मोबाइल अनुप्रयोग सार्वजनिक गरेको थियो।

मे २०१३ मा, यान्देक्स सङ्गीतको अनुप्रयोग एन्ड्रोइडमा पनि सार्वजनिक गरिएको थियो। सेप्टेम्बर २०१४ मा, यान्देक्स व्यक्तिगत स्तुति प्रणाली प्रयोग गरी सेवा सुरु गरेको थियो। [७]

यान्देक्स सङ्गीतले, भिकण्टेक्टफेसबुकमा प्रयोगकर्ता र उनको साथीहरूको सङ्गीत प्राथमिकताहरूका गीतसूचीको बनावट संवेदनशील बनाउँदै यसले बनावटमा पनि महत्त्वपूर्ण परिवर्तन गरेको थियो।[८]

अक्टोबर २०१७ मा, यान्देक्सले यस सेवाको पुन: बनावट गरेको थियो। [९]

"नयाँ सार्वजनिक", नयाँ रचनाहरूसँग गीतसूची, "मानसिकता र किसिम" र "चार्ट" लगायतका सामग्रीहरू मुख्य पृष्ठमा थपिएको थियो। प्लेयर र कलाकारको पृष्ठमा पनि परिवर्तन गरिएको थियो।

जून २०१८ मा, यान्देक्स सङ्गीत अर्मेनियामा सुरुवात गरिएको थियो। सुरुवातको समयमा सम्पूर्ण सामग्रीहरू अर्मेनियाली भाषामा अनुवाद गरिएको थियो।

यस सेवाका सम्पादकीय टोलीले अर्मेनियाली सङ्गीतको साथ गीतसूची तयार गरी अर्मेनियामा लोकप्रिय गीतहरू दैनिक रूपमा अद्यावधिक गरेका थियो।[१०]

अक्टोबर २०१८ मा, यान्देक्स सङ्गीत इजरायलमा सुरुवात गरिएको थियो। इजरायलमा लोकप्रिय गीत सङ्गीतहरू यसमा थपिएको थियो र लोकप्रिय स्थानीय कलाकारहरू पनि यसमा थप गरिएको थियो। यसमा रहेको खोजीले अङ्ग्रेजी र यहूदी भाषा बुभ्ने बनाइएको थियो।[११]

जनवरी २०१९ मा, यान्देक्स सङ्गीतले स्पोटिफाई बेलायतसँग प्रवाह सम्झौता गरेको।

प्रविधि सम्पादन गर्नुहोस्

व्यक्तिगत स्तुतिका लागि, सेवाले कृत्रिम तन्त्रिका सञ्जालहरूको प्रयोग गर्दछ। तन्त्रिका सञ्जाल र अन्य कम्पनीहरूको समान विकासका आधारमा विकसित एल्गोरिदमहरू सुखाङ्ख्यहरूलाई कसरी सङ्गीतमा काम गर्न सकिन्छ भनेर बुझ्न अनुमति दिन्छ।[१२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Частые вопросы о Яндекс.Музыке", अन्तिम पहुँच २०१८-१०-०८ 
  2. "Подписка", अन्तिम पहुँच २०१८-१०-०८ 
  3. "В Facebook интегрируют контент "Яндекс.Музыки"", अन्तिम पहुँच २०१८-१०-०८ 
  4. "15 скрытых функций «Яндекс.Музыки», о которых вы могли не знать", अन्तिम पहुँच २०१८-१०-०८ 
  5. "Яндекс запустил бесплатный музыкальный сервис", अन्तिम पहुँच २०१८-१०-०८ 
  6. "Вы только послушайте!", अन्तिम पहुँच २०१८-१०-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२९ मिति
  7. "Яндекс.Музыка заиграла на Android", अन्तिम पहुँच २०१८-१०-०८ 
  8. "«Яндекс» перезапустил сервис «Яндекс.Музыка»", अन्तिम पहुँच २०१८-१०-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२७ मिति
  9. "Живая Яндекс.Музыка", अन्तिम पहुँच २०१८-१०-०८ 
  10. "Хорошая музыка. Много. Яндекс.Музыка уже в Армении!", अन्तिम पहुँच २०१८-१०-०८ 
  11. "Сервис «Яндекс.Музыка» стал доступен для пользователей в Израиле", अन्तिम पहुँच २०१८-१०-०८ 
  12. "Цифровой слух: как «Яндекс» подбирает музыку под ваше настроение", अन्तिम पहुँच २०१८-१०-०८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट