डा. यादव प्रसाद पन्त (जन्म ??- मृत्यु नोभेम्बर १४, २००७) नेपालका अर्थशास्त्री तथा अर्थविद् थिए। उनले आफ्ना लेखनहरूबाट नेपालको अर्थतन्त्रलाई विश्वसामु चिनाउन योगदान गरेका छन्। [३]

डा. यादव प्रसाद पन्त
डा. यादव प्रसाद पन्तको तस्विर
नेपाल राष्ट्र बैङ्कका पाँचौं गभर्नर[१]
कार्यकाल
सन् २४ अप्रिल १९६८ – सन् २८ अप्रिल १९७३
पूर्वाधिकारीभेष बहादुर थापा
उतराधिकारीकुलशेखर शर्मा
नेपालको अर्थमन्त्री
जापनको लागि नेपाली राजदूत
वाणिज्य तथा जलश्रोत मन्त्री[२]
कार्यकाल
वि.सं. २०४० – ??
व्यक्तिगत विवरण
मृत्युनोभेम्बर १४, २००७
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानवनारस हिन्दू विश्वविद्यालय
पेशागभर्नर, कूटनीतिज्ञ, मन्त्री
हस्ताक्षर
उपनामडा. यादव प्रसाद पन्त

पन्तले जापानका लागि नेपाली राजदुत, नेपाल राष्ट्र बैङ्कका पाँचौं गभर्नर, वाणिज्य तथा जलश्रोत मन्त्री र अर्थमन्त्री लगाएतका पदमा रही काम गरेका थिए। उनी २०४० मा लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा जलश्रोत मन्त्री थिए।[२] पन्तले सन् २४ अप्रिल १९६८ देखि २८ अप्रिल १९७३ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नरको रूपमा काम गरेका थिए। [१] पन्तले वनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए।[३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ नेपाल राष्ट्रबैङ्कको आधिकारिक वेवसाइट "गभर्नरहरूको सूची", अन्तिम पहुँच १ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २०११ मिति
  2. २.० २.१ जलश्रोत मन्त्रालयको आधिकारिक वेवसाइट "तत्कालीन जलश्रोत मन्त्रालयका भूतपूर्व मन्त्रीहरु", अन्तिम पहुँच १ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ मार्च २०१० मिति
  3. ३.० ३.१ माई रिपब्लिका "Dr Yadav Prasad Pant: A true hero", अन्तिम पहुँच १ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २०१५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्