यात्रा डटकम एक भारतीय अनलाइन यात्रा आयोग र यात्रा खोज संयन्त्र हो। यो गुरूग्राम, हरियाणामा आधारित छ। यसलाई अगष्ट २००६ मा ध्रुव श्रृङ्गी, मनीष अमीन र सबिना चोपडाले संयुक्त रूपमा स्थापना गरेका थिए।

यात्रा
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपढाँचा:नसडक
उद्योगअनलाइन यात्रा आयोग
स्थापित१ अगस्ट २००६ (2006-08-01)
स्थापनाकर्ताध्रुव श्रीनगी (कार्यकारी), मनिष अमिन (जानकारी अधिकारी) र शविना चोपडा (सञ्चालन - होटल सहयोगी)
केन्द्रीय कार्यालयगुरुगाँव, हरियाणा, भारत
उत्पादनहरूउडान, होटल, बिदा, रेल, गाडी
सेवाहरूयात्रा आरक्ष
वेबसाइटwww.yatra.com

इतिहास सम्पादन गर्नुहोस्

अप्रिल २०१२ मा, यो भारतको दोस्रो ठूलो अनलाइन यात्रा सेवा बनेको छ जसमा यसले सम्पूर्ण यात्रा सेवाको ३० प्रतिशत बजार साझेदारीकाका साथ ३७० अर्ब भारतीय रुपैयाँ वा ४ अर्ब अमेरिकी डलरको लागि अनलाइन बजारमा यात्रा सम्बन्धित लेनदेन गरेको थियो।[१] यसले भारतको सबैभन्दा ठूलो बेङ्क भारतीय ष्टेट बेङ्क (एसबीआई) को साथ छुट्टिको लागि किनमेल कार्डको सुरू गरेको थियो। [२] नोभेम्बर २०१३ मा, यात्रा डट कमले क्विकक्लिभरको सहयोगमा इलेक्ट्रोनिक उपहार कार्डहरू प्रक्षेपण गरेको थियो। [३] यात्रा डटकम डिसेम्बर २०१४ मा व्यापारीक प्रतीक वाइटिआर अन्तर्गत अमेरिकी सेयर बजार नसडकमा सार्वजनिक रूपमा सूचीबद्ध भएको थियो। सन् २०१९ को जुलाइमा, संयुक्त राज्य अमेरिका स्थित एक कम्पनी, एबिक्सले यात्राको अधिग्रहण गरेको थियो। [४] जनवरी २०१६ मा, यात्रा डट कमले विक्रान्त मुदलीयारलाई प्रमुख बजारशास्त्र अधिकारीको रूपमा नियुक्त गरेको थियो। यसभन्दा पहिले उनले लेन्सकार्ट डटकममा प्रमुख बिक्री तथा बजारशास्त्र अधिकारीको रूपमा सेवा प्रदान गरेका थिए।[५]

अधिग्रहणहरू सम्पादन गर्नुहोस्

यात्रा डटकमले तीनवटा अधिग्रहण गरेको थियो। यसले टिकट कन्सोलिडेटर ट्राभल सर्भिसेस इण्टरनेसनल (टिएसआई) अक्टोबर २०१० मा अधिग्रहण गरेको थियो भने विश्वव्यापी वितरण प्रणाली प्रदायक म्याजिक रूम्स डटइन र भारतीय कार्यक्रम तथा मनोरञ्जन पोर्टल बजइन टाउन डटकमलाई पनि यसले अधिग्रहण गरेको थियो जसमा यसका सबै अधिग्रहणहरू अज्ञात रकमका लागि गरिएको थियो।[६][७] सन् २०१२ जुलाईमा, यात्रा डटकमले ट्राभल गुरु डटकमको १००% सेयरको प्राप्त गरेको थियो र त्यसपछि यो त्यसको नियन्त्रक कम्पनीको रूपमा रहिआएको छ।[८] सन् २०१६ मा, यात्रा डटकमले मुम्बईमा आधारित ट्राभल-लग्स डटइनको पनि अधिग्रहण गरेको थियो जुन अनुकुलित गरिएको सहरको पैदल र निजी यात्रा विशेषज्ञ हो।[९]

लगानीकर्ताहरू सम्पादन गर्नुहोस्

प्रारम्भिक चरणमा[१०], रिलायन्स पूँजी सम्पत्ति व्यवस्थापन लिमिटेड, टिभी एट्टिन समूहको वेब एट्टिन (नेटवर्क एट्टिनको सहायक कम्पनी), नर्वेष्ट पूँजी साझेदार र इण्टेल क्यापिटल लगायतका कम्पनीहरूले यात्रा डटकममा लगानी गरेका थिए। [११] अप्रिल २०११ मा वेबसाइटले प्रमोद हकको प्रबन्धन र इण्टेल क्यापिटल अन्तर्गत भ्यालिएण्ट पूँजी व्यवस्थापक, नर्वेस्ट पूँजी साझेदार लगायत लगानीकर्ताहरूबाट २ अर्ब भारतीय रुपैयाँको (२० करोड ९ लाख अमेरिकी डलर) कोष प्राप्त गर्ने घोषणा गरेको थियो।[१०]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "..two important stakeholders in online travel,..", बिजनेस स्ट्यान्डर्ड, २५ अप्रिल २०१२। 
  2. "Yatra.Com launches holiday-cum-shopping credit card with SBI", बिजनेस स्ट्यान्डर्ड, २ Apr २०१२। 
  3. "Yatra.com launches e-gift card" द हिन्दु बिजनेस लाइन, २७ नोभेम्बर १०१३
  4. ब्युरो, Our, "US-based Ebix buys online travel portal Yatra.com", @बिजनेस लाइन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०७-१८ 
  5. "Yatra.com hires LensKart's Vikrant Mudaliar as chief marketing officer" द इकोनोमिक टाइम्स, २० जनवरी २०१६
  6. Yatra acquires events and entertainment portal Buzzintown.com वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति afaqs.com.
  7. "Yatra.com acquires events portal", अन्तिम पहुँच ३ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण १९ फेब्रुअरी २०१४ मिति
  8. अफकास! समाचार ब्युरो (२०१२-०७-०२), "Yatra.com acquires 100 percent stake in Travelguru", अफकास, नोएडा, भारच: अफकास!, अन्तिम पहुँच २०१६-०५-१६ 
  9. "Yatra acqui-hires travel-logs to boost tours within cities" द इकोनोकिक टाइम्स, २० जनवरी २०१६
  10. १०.० १०.१ "Yatra.com receives Rs 200 crores in funding to fuel growth", अफकास, २० अप्रिल २०११।  वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१८ मिति
  11. "Yatra Investors - Yatra.com", यात्रा डटकम, अन्तिम पहुँच ३ फेब्रुअरी २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  • कम्पनीको गृहपृष्ठ
  • वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा