यश (अभिनेता)
नवीन[१] जसलाई स्क्रिनमा यश पनि भनिन्छ, एक भारतीय चलचित्रका अभिनेता हुन् जो प्राय कन्नड चलचित्रमा काम गर्ने गर्छन् । चलचित्र खेल्नभन्दा पहिले उनी टेलिभिजन धारावाहिकमा काम गर्थे ।[३][४]
यश | |
---|---|
जन्म | नवीन[१] हसान, कर्नाटक, भारत |
वासस्थान | बेङ्गलोर, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेता |
कार्यकाल | २००४–वर्तमान |
जीवनसाथी | [२] |
सन्तान | २ |
वेबसाइट | nimmayash |
यसै क्रममा उनले सन् २००७ को चलचित्र जम्बदा हुडुगीमा सहायक अभिनेताको रूपमा रहेर चलचित्र जगतमा दर्पण गरेका हुन् । उनको दोश्रो चलचित्र मोग्गीना मनसु (२००८) मा उनले राधिका पण्डितसङ मुख्य भूमिकामा अभिनय गरेका छन् । यस चलचित्र धेरै सफलता प्राप्त गरेको थियो जसले यशलाई फिल्मफेयर शर्वश्रेश्ठ सहायक अभिनेता पुरस्कार प्राप्त गर्न सहयोग गरेको थियो । यश मोदलसाला (२०१०), राजधानी (२०११), मिस्टर एण्ड मिस रामाचारी (२०११) र मास्टरपिस (२०१५) जस्ता सफलता प्राप्त चलचित्रहरूले गर्दा स्टार हुन सफल भएका छन् ।
सुरुवाती जीवन
सम्पादन गर्नुहोस्यशको जन्म कर्नाटकको हसान जिल्लामा भएको थियो । उनी नन्दिनीका सानो भाइ हुन् । उनको पिता पहिला बिएमटिसिमा काम गर्थे ।[५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ http://m.timesofindia.com/entertainment/kannada/movies/news/Yashs-mom-ready-to-take-care-of-his-wife/articleshow/46426190.cms
- ↑ http://indianexpress.com/article/entertainment/regional/kannada-actors-yash-and-radhika-pandit-tie-the-knot-in-a-dream-wedding-see-pics-4418875/
- ↑ "Yash looking for success", Indiaglitz, ६ अक्टोबर २००६।
- ↑ "Yash honed his acting skills in theatre", The Times of India, २१ अगस्ट २०१४।
- ↑ "Actor Yash family, childhood photos", Celebritykick, अन्तिम पहुँच १६ नोभेम्बर २०१५।