म्युजिकल्ली साङ्घाईमा प्रधान कार्यालय र अर्को कार्यालय सान्टा मोनिका, क्यालिफोर्नियाको रहेको एक सामाजिक सञ्जाल सेवा थियो जसले यसका प्रयोगकर्ताहरूले छोटो ओठ समक्रमण गरिएका श्रव्य दृश्यहरूको सृजना र साझा गर्न अनुमति दिन्थ्यो।[१][२] यसको पहिलो परीक्षण संस्करण अप्रिल २०१४ मा जारी गरिएको थियो भने आधिकारिक रूपमा यसको सुरुवात त्यस वर्षको अगष्ट देखि भएको थियो। यो यस्तो सेवा हो जसले यसका प्रयोगकर्तालाई विभिन्न श्रव्यमा ओठ समक्रमण गर्दै अभिव्यक्ति दिएर आफ्नै श्रव्य दृश्य निर्माण गर्ने सुविधा दिन्छ भने त्यस खालका श्रव्य दृश्यहरू १५ सेकेण्ड देखि १ मिनेट सम्म हुन् सक्छन्। यसमा द्रुत, ढिलो जस्ता विभिन्न गति विकल्प र अनेक छनोट प्रभावहरू उपलब्ध छन्। यसको आधिकारिक अनुप्रयोगले प्रयोगकर्ताहरूलाई लोकप्रिय "प्रयोगकर्ता", सामग्री, उच्च प्रदर्शित श्रव्य, ध्वनि र ह्यासट्यागहरू खोल्न र उनीहरूको अनुयायीहरूसँग अद्वितीय रूपमा अन्तरक्रिया गर्न पनि अनुमति दिएको थियो।[३]

म्युजिक्ली
निर्माणकर्ता (हरू)म्युजिकल्ली निगम (अप्रिल २०१४–नोभेम्बर २०१७)
बाइटडान्स (नोभेम्बर २०१७–अगस्ट २०१८)
मौलिक संस्करणअगस्ट २०१४; ९ वर्ष अघि (२०१४-०८)
सञ्चालन प्रणालीआइओएस, एन्ड्रोइड
प्रकारश्रव्य दृश्य साझेदारी
अनुमति पत्रप्रयोगका सर्त सहितको स्वामित्व सफ्टवेयर
वेबसाइटwww.musical.ly Edit this on Wikidata

सन् २०१५ मा यसमा दर्ता भएका प्रयोगकर्ताहरूको सङ्ख्या जम्मा १ करोड रहेको थियो[४] भने एक वर्ष पश्चात् वा जून २०१६ मा, म्युजिकल्लीको दर्ता भएका प्रयोगकर्ताहरूको सङ्ख्या ९ करोड भन्दा बढी पुगेको थियो।[५] सन् २०१७ को मे महिनाको अन्त्य सम्ममा, अनुप्रयोगमा प्रयोगकर्ताहरूको सङ्ख्या २० करोड भन्दा बढी पुगेको थियो।[६]

टिकटकको निर्माता बाइटडान्स (अनुवादित नाम) लिमिटेड नामक एक चिनियाँ कम्पनीले ९ नोभेम्बर २०१७ मा म्युजिकल्ली निगमलाई अधिग्रहण गरेको थियो र यसलाई २ अगष्ट २०१८ मा टिकटकमा समायोजन गरिएको थियो।[७]

इतिहास सम्पादन गर्नुहोस्

स्थापना सम्पादन गर्नुहोस्

म्युजिकल्लीको स्थापनालाई लामो समय देखिका मित्र एलेक्स झु र लुयु याङले चीनको सङ्घाईमा गरेका थिए।[८] म्युजिकल्लीलाई सुरु गर्नु अघि झु र याङले शिक्षासँग सम्बन्धित एक सामाजिक सञ्जाल अनुप्रयोगको निर्माण गर्नमा सहयोग गरेका थिए जसको माध्यमबाट प्रयोगकर्ताहरूले छोटो रूपका श्रव्य दृश्यहरू (३–५ मिनेट लामो) मार्फत फरक-फरक विषयहरू सिकाउन र सिक्न सक्दथे।[९] लगानीकर्ताहरू यस उद्यम लगानी गरिसकेपछि, तिनीहरूलाई उत्पादन विकास गर्नका लागि ६ महिना लागेको थियो। यस आत्म शिक्षा मञ्चको विफलता पछि यसमा लगानी भएको केही पैसा बचेकाले झु र याङले नयाँ विचारहरू खोज्न थालेका थिए। तिनीहरूले उक्त असफल पछि मनोरञ्जन उद्योगमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय गरेका थिए।[१०] यसको प्रमुख विचार एक मञ्च बनाउनु थियो जसले एक सामाजिक सञ्जालमा सङ्गीत र श्रव्य दृश्य समावेश गर्दछ। छोटो साङ्गीतिक श्रव्य दृश्य पहिला धेरै व्यापक रूपमा लोकप्रिय नरहेको त्यस समयमा टोलीको निर्णय रहेको थियो र मानिसहरू छोटो श्रव्य दृश्यहरू हेर्न इच्छुक भए पनि, आपूर्ति भने थोरै मात्रामा भएको थियो जून त्यस समयको आधारभूत कारण रहेको थियो किनभने त्यस समयमा छायाङ्कन र साझा गर्न चाहने इच्छुक मानिसहरू सङ्ख्या अत्यन्तै न्युन रहेको थियो। तसर्थ, म्युजिकल्लीको प्रवेश भनेको ठूलो मात्रामा सङ्गीत प्रस्तुत गर्नु थियो, जस मार्फत सबैले सजिलैसँग श्रव्य दृश्यमा सङ्गीत एकीकृत गर्न सक्दछन्। म्युजिकल्लीको पहिलो संस्करण आधिकारिक रूपमा अगष्ट २०१४ मा प्रक्षेपण गरिएको थियो।[११]

वृद्धि सम्पादन गर्नुहोस्

सुरुवातमा, टोलीले चिनियाँ र अमेरिकी दुबै बजारमा अनुप्रयोगको सुरु गरेको थियो। तथापि, घरेलु बजारको प्रतिक्रियासँग तुलना गर्दा उनीहरूको अनुप्रयोग अमेरिकी किशोर/किशोरीहरूका माझ लोकप्रिय बनेको थियो। विकासकर्ताहरूको टोलीको आकार सानो भएकाले उनीहरूले मुख्यतया अमेरिकी बजारमा ध्यान केन्द्रित गर्ने निर्णय गरेका थिए। उत्पादनले चाँडै नै प्रयोगकर्ताहरूको समूह जम्मा गर्न सफल भएको थियो। तथापि प्रयोगकर्ताहरूको कुल सङ्ख्या धेरै ठूलो रहेको थिएन भने प्रयोगकर्ताहरूको गतिविधिको स्तर उच्च रहेको थियो।[९]

जुलाई २०१५ मा, अनुप्रयोगले लाखौं प्रयोगकर्ताहरूलाई आकर्षण गर्न सुरु गरेको थियो। यसले आफ्ना प्रयोगकर्ताहरूलाई लाखौं गीतहरूमा ओठ समक्रमण गरी निर्मित श्रव्य दृश्य सार्वजनिक गर्न अनुमति दिएको थियो। म्युजिकल्ली आइओएसको एप स्टोरमा शीर्ष स्थानमा उक्लन सफल भएको थियो।[१२] यो अमेरिका, क्यानडा, बेलायत, जर्मनी, ब्राजिल, फिलिपिन्स र जापान सहित ३० भन्दा बढी देशहरूमा सबैभन्दा डाउनलोड गरिएको नि: शुल्क अनुप्रयोग बन्न सफल भएको थियो। मे २०१६ मा, म्युजिकल्लीले ७ करोड डाउनलोड प्राप्त गरेको थियो जसमा प्रत्येक दिन १ करोड नयाँ श्रव्य दृश्यहरू यसको मञ्चमा सार्वजनिक गरिएका थिए।[१०]

जून २०१६ मा, कोका-कोलाले म्युजिकल्लीमा आफ्नो #सेयर अ कोक नामक एक अभियानको सुरु गरेको थियो, जसले म्युजिकल्लीको "प्रयोगकर्ता-उत्पन्न विज्ञापनहरू" नमूनाहरू प्रस्तुत गरेको थियो।[१३] २४ जुलाई २०१६ मा, भिडकनको समयमा, म्युजिकल्लीले आधिकारिक रूपमा लाइभलीको सुरुवात गरेको थियो जुन यसको नयाँ प्रत्यक्ष श्रव्य दृश्य प्रवाह सेवा हो।[१४]

टिकटकसँग समायोजन सम्पादन गर्नुहोस्

९ नोभेम्बर २०१७ मा, टिकटकको अभिभावक कम्पनी, बाइटड्यान्सले प्रतिस्पर्धाी म्युजिकल्लीलाई खरीद गर्न १ अर्ब अमेरिकी डलर खर्च गरेको थियो।[१५] यो साङ्घाई आधारित थियो भने यसको कार्यालय साण्टा मोनिका , क्यालिफोर्नियाको रहेको थियो जसमा यसको सेवाले अमेरिकी युवा युवतीहरूलाई लक्षित गरेको थियो। अमेरिकी युवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै टिकटक र म्युजिकल्ली २ अगष्ट २०१८ मा समायोजित भएका थिए जसको उद्देश विद्यमान खाता र डाटालाई एक अनुप्रयोगमा संरक्षित गरी एक ठूलो श्रव्य दृश्य समुदाय सृजना गर्नु थियो जसमा यसको शीर्षक टिकटक राखिएको थियो। म्युजिकल्ली एक सामाजिक सञ्चार माध्यम श्रव्य दृश्य मञ्च हो जसले प्रयोगकर्ताहरूलाई छोटो ओठ समक्रमण र सुखान्त श्रव्य दृश्यहरू सृजना गर्न अनुमति दिन्थ्यो। यसको आधिकारिक रूपमा सुरुवात अगष्ट २०१४ मा भएको थियो।[१६]

विशेषता सम्पादन गर्नुहोस्

म्युजिकल्लीका प्रयोगकर्ताहरूले १५ सेकेण्ड देखि १ मिनेट अवधिका एक वा धेरै श्रव्य दृश्यहरू क‌ैद गर्न गर्न सक्दछन् जसमा आवाज वा सुखान्त र ओठ समक्रमण समावेश हुन्छ। मञ्च १४ वटा पूनर्निर्धारित छनोट र प्रभावहरू मार्फत सम्पादनलाई सक्षम गराएको छ जसले गति परिवर्तन र कैद गरिएको सामग्रीहरूको गतिलाई उल्टाउन अनुमति दिन्छ। यसको अतिरिक्त, म्युजिकल्लीले छोटो श्रव्य दृश्यहरू सृजना गर्न पनि सुविधा प्रदान गरेको थियो जसलाई "प्रत्यक्ष क्षण" नामकरण गरिएको थियो।[१७]

यस मञ्चमा प्रयोगकर्ताहरूले अन्य प्रयोगकर्ताहरूद्वारा सृजना गरिएको सामग्रीहरूलाई पुन: प्रयोग गर्न सक्दछन्, जसले सामग्रीको साथ सङ्लग्नताको नयाँ स्तर प्रदान गर्दछ। कुनै प्रश्न सोध्नुहोस् र युगल जस्ता सुविधाहरू मार्फत प्रयोगकर्ताहरूले एक अर्कासँग कुराकानी गर्न सक्दछन्। यस सन्दर्भमा "उत्कृष्ट अनुयायी", मार्फत प्रयोगकर्ताहरूले केहि अनुयायीहरू चयन गर्न सक्नेछन् जो उनीहरूसँग युगलमा भाग लिन सक्दछन्।[१८]

डाइरेक्टली नामक सुविधाको प्रयोग गरेर प्रयोगकर्ताहरू आफ्ना साथीहरूलाई निजी सन्देशहरू पठाउन सक्दछन्।[१९]

म्युजिकल्लीका प्रचलनहरू सम्पादन गर्नुहोस्

म्युजिकल्लीको संरचनाले मञ्च भरि प्रवृत्तिको प्रख्यात प्रसारकलाई अनुमति दिएको थियो। यस सामाजिक सञ्जालमा लोकप्रिय ह्यासट्यागले प्राय: लोकप्रिय संस्कृति र इन्टरनेट संसारको चलनहरूको अंशलाई सन्दर्भ गर्दछ। यसको विशाल उपयोगका कारण, अनुप्रयोग भित्र सुरु गरिएको धेरै घटनाहरू खास गरी युवा युवतीहरूका माझ प्रख्यात विश्वव्यापी घटनाहरू हुन सक्दछ। म्युजिकल्लीले सुरु गरेको सबैभन्दा उल्लेखनीय अभियानहरू मध्ये एक "चुनौतीलाई मुल्याङ्कन नगर" (अनुवादित शब्द) थियो, जुन मञ्चमा व्यापक रूपमा फैलिएको थियो जसमा विश्वभरिका लाखौं किशोर किशोरीहरूले भाग लिएका थिए।[२०]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

२८ जनवरी २०१६ मा, बिजनेस इनसाइडरले एक सर्वेक्षण जारी गर्दै ६० मध्ये १० अन्तर्वार्ता लिइएका किशोर किशोरीहरूले म्युजिकल्लीलाई सबैभन्दा उत्साहित सूचीबद्ध अनुप्रयोगको रूपमा सूचीत गरेको जनाएको थियो।[२१]

अधिकार, अनुमति र इजाजतपत्रहरू सम्पादन गर्नुहोस्

जुन २०१६ मा, म्यूजिकल्लीले आफ्नो पहिलो प्रमुख लेबल सम्झौता वार्नर म्युजिक ग्रुपसँग हस्ताक्षर गरेको थियो[२२], जसले यसको सङ्गीतलाई म्युजिकल्ली र यसको आधिकारिक अनुप्रयोगका प्रयोगकर्ताहरूलाई वार्नर म्युजिक ग्रुपका कलाकार र गीतहरूसँग अन्तर्क्रिया र प्रयोगको लागि इजाजत पत्र प्रदान गर्न अनुमति दिएको थियो।बेलायतमा आधारित सेभेन डिजिटलसँग काम जारी राख्नका लागि म्युजिकल्लीले अप्रिल २०१७ मा एप्पल सङ्गीतसँग मिलेको थियो जसले प्रयोगकर्ताहरूलाई पूर्ण गीतहरू सुन्न, प्रवाह सेवामा खाता खोल्न अनुमति दिएको थियो। म्युजिकल्लीको यसको मञ्चमा ओठ समक्रमण गर्नका लागि पन्ध्र सेकेण्ड खण्ड काटेको थियो।[२३][२४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. 钱童心 (२०१७-११-१३)। "Musical.ly CEO阳陆育:C轮前投资方全部退出"第一财经। सङ्ग्रह मिति २०१८-१०-१६ 
  2. 颛顼 (२०१७-०७-२१)। "短视频进入"抖"时代:Muse/抖音/晃咖...为何越抖越受欢迎?"PingWest 品玩। सङ्ग्रह मिति २०१८-१०-१६ 
  3. Frolov, Andrey (२०१८-०८-०२)। "Владельцы караоке-приложения Musical.ly закрыли проект и перевели пользователей в похожий сервис"vc.ru। सङ्ग्रह मिति २०१८-०८-०४ 
  4. रेज, ड्यान Fresh Off a Big Funding Round, Musical.ly Signs Its प्रथम Major Label Deal with Warner Music. बिलबोर्ड, अभिगमन मिति जुन २९, २०१६
  5. "Musical.ly, Apple Music Ink New Partnership, With More to Come"बिलबोर्ड। सङ्ग्रह मिति मे ३०, २०१७ 
  6. "'स्टार' हुन मन छ ? चलाउनुस् म्युजिकल्ली !"लोकपथ। सङ्ग्रह मिति १७ मे २०२० 
  7. कुण्डु, किसहालया (२०१८-०८-०२)। "Musical.ly App To Be Shut Down, Users Will Be Migrated to TikTok"बिबुम (अमेरिकी अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-०४-३० 
  8. "Как приложение Musical.ly стало феноменом поп-культуры | Rusbase"रुबेस (रूसी भाषा)। सङ्ग्रह मिति २०१७-०८-२१ 
  9. ९.० ९.१ "Why is a short video app made by a Chinese team on the top of the iOS list in the US?" 
  10. १०.० १०.१ Carson, Biz. How a failed education startup turned into Musical.ly, the most popular app you've probably never heard of बिजनेस इन्साइडर अभिगमन मिति जुन २०, २०१६
  11. "How a failed education startup turned into Musical.ly, the most popular app you've probably never heard of"बिजनेस इन्साइडर सङ्गापुर। मे २८, २०१६। सङ्ग्रह मिति सेप्टेम्बर ५, २०१८ 
  12. न्युल्याण्ड्स, मुरे The Origin and Future Of America's Hottest New App: musical.ly फोर्ब्स, अभिगमन मिति जुन २०, २०१६
  13. "Share a Coke: Turning Lyrics into भाषा - The Shorty Awards"सर्टि अवार्ड्स। सङ्ग्रह मिति सेप्टेम्बर ५, २०१८ 
  14. वालेन्ष्टाइन, एण्ड्र्यु Musical.ly May Be the Spoiler in Livestream Race with Launch of Live.ly. भेराइटि अभिगमन मिति जुन २४, २०१६
  15. "musical.ly and TikTok Unite to Debut New Worldwide Short Form Video Platform Upgraded App, शीर्षकd TikTok, Now Available Globally"抖音Tik Tok (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१८-१०-१६ 
  16. "抖音上线"看见音乐计划" 扶持中国原创音乐_中国经济网——国家经济门户"www.ce.cn 
  17. "What is Tik Tok (formally musical.ly)?"Webwise.ie। नोभेम्बर २५, २०१७। सङ्ग्रह मिति सेप्टेम्बर ५, २०१८ 
  18. "Глюкоза изуродовала себя ради флешмоба "Не суди""Блокнот (रसियाली भाषा)। २०१५-०७-२७। सङ्ग्रह मिति २०१७-०८-२१ 
  19. "Musical.ly — лучшая социальная сеть для любителей забавных коротких видео"। Лайфхакер। सङ्ग्रह मिति २०१७-०८-२१ 
  20. AmurMedia। "Новый тренд в соцсетях: хабаровчане уродуют себя, чтобы потом показать красоту - AmurMedia" (रूसी भाषा)। amurmedia.ru। सङ्ग्रह मिति २०१७-०८-२१ 
  21. कोसोफ, माया 60 teenagers reveal what they think is cool — and what isn't — in 2016, बिजनेस इन्साइडर, अभिगमन मिति जून ९, २०१६
  22. "Fresh Off a Big Funding Round, Musical.ly Signs Its प्रथम Major Label Deal with Warner Music"बिलबोर्ड। सङ्ग्रह मिति २०१८-१०-१० 
  23. "Musical.ly announces Apple Music integration | Complete Music Update"। सङ्ग्रह मिति २०१८-१०-१६ 
  24. "Musical.ly syncs up with Apple Music"रिकड। सङ्ग्रह मिति १६ मे २०१८