मेहेरपुर जिल्ला
मेहेरपुर जिल्ला (बङ्गाली: মেহেরপুর জেলা) बङ्गलादेशको खुल्ना विभागमा रहेको एक जिल्ला हो ।[१]
मेहेरपुर
মেহেরপুর | |
---|---|
निर्देशाङ्क: २३°४५′N ८८°४२′E / २३.७५°N ८८.७०°Eनिर्देशाङ्कहरू: २३°४५′N ८८°४२′E / २३.७५°N ८८.७०°E | |
देश | बङ्गलादेश |
विभाग | खुल्ना |
क्षेत्रफल | |
• जम्मा | ७१६.०८ किमी२ (२७६.४८ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ६५५,३९२ |
• घनत्व | ९२०/किमी२ (२४००/वर्ग माइल) |
वासिन्दा | मेहेरपुरी |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय) |
हुलाक अङ्क | ७१०० |
भूगोल
सम्पादन गर्नुहोस्यो जिल्ला २३°३६' देखि २३°५८' उत्तर अक्षांश र ८८°३३' देखि ८८°५३' पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्य ७१६.०८ वर्ग किलोमिटर ओगटेको छ । यो जिल्ला बङ्गलादेशमा नारायणगञ्ज र झालोकटी पछिको सबैभन्दा सानाो जिल्लाको रूपमा रहेको छ । यस जिल्लालाई कुष्टिया र भारतको पश्चिम बङ्गाल राज्यले उत्तरबाट घेरेको छ भने दक्षिणमा चौगंगा जिल्ला घेरेको छ । त्यस्तै गरी कुष्टिया जिल्लाको पश्चिम भागले पुर्वमा घेरेको छ । यस जिल्लामा इस्मती र भौरव गरी देशकै दुई प्रमुख नदिहरू रहेका छन् ।
इतिहास
सम्पादन गर्नुहोस्मेहरपुर बांग्लादेशको एक ऐतिहासिक जिल्ला हो जहाँ बङ्गलादेशको प्राविधिक सरकार गठन भएको थियो र गाँउमा सन् १९७१ अप्रिल १७ मा गाउँले विधान ल्याइएको थियो । सम्पूर्ण उद्घाटन कार्यक्रम स्थानीय नेता मोमिन चौधरी र एमएम रुस्तम अलीको निरीक्षण आयोजित भएको थियो । बङ्गलादेशको पहिलो प्रदशीय सरकार ताजुदिन अहमद र सियाद नजरुल इस्लामको नेतृत्वमा यही जिल्ला गठन गरिएको थियो । त्यस दिन पछि १८ अप्रिल १९७१ मा पाकिस्तानी सेनाले अमजुपी गाउँ ८ जना सर्वसाधारणहरूलाई मारेका थिए । मेहेरपुर पहिला कुष्टिया जिल्लाको एक उप-जिल्ला रूपमा रहेको थियो भने सन् १९८३ मा यसलाई जिल्लाको रूपमा घोषित गरिएको थियो । मेहेरपुर नगरपालिका बङ्गलादेशकै सबैभन्दा पुरानो नगरपालिका मध्ये एक हो जुन सन् १९५९ मा स्थापना गरिएको थियो ।
प्रशासन
सम्पादन गर्नुहोस्भारतमा ब्रिटिश शासनकालमा मेहेरपुर नैडिया जिल्लाको अधीन रहेको थियो । मेहरपुर सहर १६ शताब्दीको सुरुमा स्थापना भएको थियो । मेहेरपुर नगरपालिका १९६० मा गठन भयो भने मेहेरपुर जिल्ला २४ फेब्रुअरी १९८४ मा स्थापना भएको थियो । मेहेरपुर जिल्ला ३ उप-जिल्लामा विभाजन भएको थियो: जुन यस प्रकार छन् ।
- गंनी उप-जिल्ला
- मेहेरपुर सदर उप-जिल्ला
- मुजिबनगर उप-जिल्ला
जनसङ्ख्या
सम्पादन गर्नुहोस्सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ४,९१४,३६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ३,०३१,६६ रहेको छ भने महिलाको जनसङ्ख्या २,८८२,७० रहेको छ । यस जिल्लाको जनधनत्व ९१५.२ प्रति किलोमिटर रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम जनसङ्ख्या ५,७६९,६२ रहेको छ भने हिन्दुको धर्मको सङ्ख्या ६७७९, बुद्ध धर्म ७३८९, इसाई धर्म २१ र अन्य २८५ रहेका छन् ।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६९.९५% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.२४% मजदुरी, उद्योग र कलकारखानामा ०.८७%, वाणिाज्यका १३.८३%, रेमिटेन्स ०.५९%, सञ्चार र यातायातमा २.२१%, सरकारी कार्यलयहरूमा ३.८१% ,धर्म सेवामा ०.१४% र अन्यमा ५.३३% रहेका छन् ।
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्लाको अौसत साक्षरता दर ३७.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ३९.९% छ भने महिलाको ३५.६% रहेको छ । यस जिल्लामा ७ क्याम्पस, ६० माध्यमिक विद्यालय, २०० प्राथमिक विद्यालयहरू रहेका छन् । ती मध्य मेहेरपुर सरकार क्याम्पस (१९६२), मजिवनगर डिग्री क्याम्पस (१९८३), गङ्गानी डिग्री क्याम्पस (१९८३), मेहेरपुर जिल्ला उच्च माध्यमिक विद्यालय(१८५४), मेहेरपुर नमुना उच्च माध्यमिक विद्यालय (१८५९), मेहेरपुर जिल्ला छात्र माध्यमिक विद्यालय (१९४०) आदि यस जिल्ला उत्कृष्ट विद्यालयहरू हुन् ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "मेहेरपुर जिल्लाको जानकारी", बङ्गलापिडिया, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८।