मेलम्ची नदी (मेलम्ची खोला) इन्द्रावती नदीको सहायक नदी हो। यो करिब ५,८७५ मी (१९,२७५ फिट) को उचाइमा जुगल हिमालबाट निस्कन्छ। यो मेलम्ची बजारमा इन्द्रावती नदीसँग मिल्छ।

मेलम्ची नदी
मेलम्ची नदी
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
स्रोत 
 • स्थानहिमालय
 • उन्नतांस५८७५ मिटर
मुख 
 •  भौगोलिक निर्देशाङ्क
२७°५०′N ८५°३४′E / २७.८३°N ८५.५६°E / 27.83; 85.56निर्देशाङ्कहरू: २७°५०′N ८५°३४′E / २७.८३°N ८५.५६°E / 27.83; 85.56
निकास 
 • औसत९.७ घनमिटर/सेकेन्ड
जलाधारका विशेषताहरू
नदी प्रणालीइन्द्रावती नदी

आकृति विज्ञान सम्पादन गर्नुहोस्

मेलम्ची नदी ४१ किमी (२५ माइल) लामो छ र सङ्गमसम्म पुग्दासम्म यो नदी ३३० किमी (१३० वर्ग माइल) जलाधार क्षेत्रमा फैलिएको छ। यो नदी दक्षिणतिर बग्छ र तलतिर बग्दै जाँदा यसको धारा फराकिलो हुँदै जान्छ।[१]

जलविज्ञान सम्पादन गर्नुहोस्

यो नदीको औसत वार्षिक प्रवाह ९.७ घनमिटर प्रति सेकेन्ड रहेको छ भने यसको अधिकतम प्रवाह २८९ घनमिटर प्रति सेकेन्ड रहेको छ।

पूर्वाधार सम्पादन गर्नुहोस्

घटनाहरू सम्पादन गर्नुहोस्

  • वि.सं. २०७८ असार १ र साउन १६ मा आएको बाढीले मेलम्ची बजारलाई क्षति पुगाएको थियो। बाढीका कारण धेरै स्थानीय र केही विदेशीहरूको मृत्यु भएको थियो।[२][३][४][५]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Pant, Dhruba; Bhattarai, Madhusudan; Basnet, Govinda (२००८-०२-०१), Implications of bulk water transfer on local water management institutions: A case study of the Melamchi Water Supply Project in Nepal 
  2. "Destruction caused by floodwaters in Melamchi bazaar", अन्तिम पहुँच २०२१-०६-१९ 
  3. Service, Himalayan News (२०२१-०६-१८), "At least 15 feared missing in Melamchi flood", The Himalayan Times, अन्तिम पहुँच २०२१-०६-१९ 
  4. "मेलम्चीमा फेरि भीषण बाढी, १३ घर र दुईवटा पुल बगायाे", देश सञ्चार, अन्तिम पहुँच २०८० जेठ १८ 
  5. "खानी तथा भूगर्भ विभागको निष्कर्ष : अत्यधिक वर्षा, पहिरो र कटानले मेलम्चीमा क्षति", अन्नपूर्ण पोस्ट, २०७८ साउन २९, अन्तिम पहुँच २०८० जेठ १८