मून जे-इन
मून जे-इन (हंगुल :Hangul: 문재인; Hanja: 文在寅हन्जाHangul: 문재인; Hanja: 文在寅; कोरियाली उच्चाहरण[mundʑɛin] or [mun] [t͡ɕɛin]; जानम २४ जनवरी १९५३) १९ औँ र हालको रास्ट्रपतिको रूपमा २०१७ देखि सेवा गरिरहेका एक दक्षिण कोरियाली राजनीतिज्ञ हुन् ।[१][२][३] तत्कालीन रास्ट्रपति पार्क गेयुन हेई भ्रष्टाचारको आरोपमा महाअभियोग पछि पदमुक्त भएपछी डेमोक्रेटिक पार्टी ( तत्कालीन "प्रजातन्त्रको लागि नयाँ राजनैतिक गठबन्धन ")को उमेदवारको रूपमा रास्ट्रपतिमा निर्वाचित भएका थिए ।[४]
문재인 文在寅 | |
दक्षिण कोरिया को १२ औ राष्ट्रपति | |
पद बहाली 10 मे २०१७ | |
प्रधानमन्त्री | ह्वांग क्यो-आह यू इल-हो(Acting) ली नाक-यॉन (Nominee) |
पूर्वाधिकारी | ह्वांग क्यो-आह (कार्यबाहक) पार्क गेयुन हेई |
डेमोक्रेटिक पार्टी कोरिया को नेता | |
कार्यकाल ९फेब्रुअरी २०१५ – २७ जनवरी २०१६ | |
पूर्वाधिकारी | आह शोल-सू किम हान-गिल |
उतराधिकारी | किम चोंग-इन |
दक्षिण कोरिया नेशनल असेंबली सदस्य | |
कार्यकाल ३० मे २०१२ – २९ मे २०१६ | |
पूर्वाधिकारी | चांग जी-जीन |
उतराधिकारी | चांग जी-जीन |
निर्वाचन क्षेत्र | बुसान, ससांग जिला |
व्यक्तिगत विवरण | |
जन्म | जेओजे, दक्षिण कोरिया | २४ जनवरी १९५३
राजनीतिक दल | डेमोक्रेटिक पार्टी कोरिया |
जीवन साथी | किम जंग-सूक |
सन्तान(हरू) | २ |
निवास | ब्लू हाउस |
मातृ शिक्षाप्रतिष्ठान | क्यूंग हे विश्वविद्यालय (LLB) |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | South Korea |
शाखा/सेवा | दक्षिण कोरिया सेना |
सेवाको वर्षहरू | १९७५–१९७७ |
श्रेणी | Sergeant (कोरियाली: Byeongjang) |
पुर्व विद्यार्थी अभियानकर्मी, मानव अधिकारवादी वकिल र चिफ अफ स्टाफ देखि दक्षिण कोरियाली रास्ट्रपतिको रूपमा सेवा गर्ने क्रममा , [५] मुन जे इनले डेमोक्रेटिक पार्टीको नेता (२०१५-२०१६) र १९ औँ रास्टृय सभाको सदस्य (२०१२-२०१६) को रूपमा काम गरे ।उनी पुर्व डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट २०१२ को रास्ट्रपति निर्वाचनमा उमेदवार बनेर उठेका थिए, जसमा उनी एकदम साघुँरो मतान्तरबाट पार्क गेयुन हे सँग पराजित भएका थिए । रास्ट्रपतिको रूपमा, मुन जे इनले अन्तर कोरियाली शिखर सम्मेलन, अप्रिल २०१८, अन्तर कोरियाली शिखर सम्मेलन, मे २०१८ , अन्तर कोरियाली शिखर सम्मेलन, सेप्टेम्बर २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उन सँग भेटवार्ता गरेका थिए ।
प्रारम्भिक जीवन , शिक्षा र सैन्य सेवा
सम्पादन गर्नुहोस्कोरियाली युद्ध को उत्तरार्धमा दक्षिण कोरियाको गिओजीमा जन्मेका मून परिवारको दोश्रो सन्तान र जेठो छोरा थिए । उनी उनका पिता मून योङ ह्युङ र आमा काङ हान ओकका पाँच सन्तान मध्ये दोश्रो सन्तान र जेठ छोरो थिए । उनको परिवार उत्तार कोरियाको दक्षिण हेमग्योङ प्रान्तबाट शरणार्थी भएका थिए ।
कोरियाली युद्धमा उत्तर कोरियाबाट भागेपछि मूनको परिवार बुसानमा स्थापित भयो ।उनका पिता उत्तर कोरियामा सरकारी कर्मचारी थिए र दक्षिण कोरियामा निजामती कर्मचारी हुन् चाहेनन् । त्यसैले उनका पिताले मोजा बेच्ने व्यापार सुरु गरे तारा यसले उनको परिवारलाई ठुलो ऋणमा डुबायो । मूनको आमा जब दुध पाउडर लिन स्थानीय गिर्जाघर /चर्चमा जान्थिन तब मूनको परिवार क्याथोलिक चर्चको सम्पर्कमा पुगे ।एक पटक मूनले एक अन्तर्वार्तामा भनेका थिए कि उनलाई बाइक चलाउन आउदैन किनकि मून परिवार एकदम गरिब स्थितिबाट गुज्रेका थिए र उनीसँग बाइक किन्न र स्कुलको फि तिर्न समेत पैसा हुदैनथ्यो ।
मूनले क्युङनाम हाइ स्कुलबाट कक्षामा टप गर्दै पास भए । [६][७] उनले क्युङ ही विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा कानुनको अध्ध्ययन गरे ।[८] Tत्यहाँ उनको आफ्नो भविस्यको श्रीमती किम जुङ सुक सँग भेट भयो । उनले युसिन संबिधान विरुद्ध विद्यार्थी आन्दोलन चलाएपछी उनलाई पक्राउ गरियो र जेलमा राखियो र विश्वविद्यालयबाट निष्काशन गरियो ।[९][१०] [११][१२]
जेलबाट रिहाइपछी , बाबुको मृत्युले उनलाई बारको परीक्षामा भाग लिन प्रेरित गर्यो ।उनी परीक्षाको तयारीको लागि देहेङसा स्थित बौद्ध मन्दिरमा गए र दुई चरण मध्ये को पहिलो परीक्षा १९७९ मा पास गरे । १९८० मा उनी बाकीं पढाई पुरा गर्न स्कुल फर्के ।[१३]
प्रारम्भिक वृति /करियर
सम्पादन गर्नुहोस्मानव अधिकारबादी वक्ता
सम्पादन गर्नुहोस्वकिल बनेपछि मूनले १९८० को दशकमा भविष्यका रास्ट्रपति रोह मू-ह्युनसँग काम र सहकार्य गरे ।[१४] उनले सैन्य तानाशाहीको विरुद्ध विद्यार्थी र मजदुर अधिकारबादी को पक्षमा वकालत गरे ।[१५]
रोह मू-ह्युन प्रशासन
सम्पादन गर्नुहोस्रोह मू-ह्युनको रास्ट्रपतिय दौडमा मून अभियानको व्यवस्थापक बने ।[१६] रोह मू-ह्युनको विजयपछी मून उनको मुख्य सचिव बने र रास्ट्रपति प्रशासनमा महत्त्वपुर्ण भूमिकामा रहे ।
२०१२ राष्ट्रपतिय अभियान
सम्पादन गर्नुहोस्१६ सेप्टेम्बर २०१२ , डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट उमेद्वार बने ।
२०१२ को रास्ट्रपति निर्वाचनमा डेमोक्रेटिक युनाइटेड पार्टीको तर्फबाट उनी सहित सत्तारुढ दलको उमेदवार तथा स्वर्गीय रस्त्रपति पार्क चुंग-हिका पुत्री पार्क गुयेन हे ,[१७] र स्वतन्त्र उमेदवार आहन चिओल सू को त्रिपक्षीय प्रतिस्पर्ध थियो . सो निर्वाचनमा मूनले पराजय बेहोरे ।
डेमोक्रेटिक पार्टी का नेता
सम्पादन गर्नुहोस्२ फ्रेबुअरी २०१५ मा मून “ प्रजातन्त्रको लागि नया राजनैतिक गठबन्धन”को नेतामा निर्वाचित भए ।
२०१७ रास्ट्रपति निवाचन
सम्पादन गर्नुहोस्प्रारम्भिक तथा आम निर्वाचन
सम्पादन गर्नुहोस्मूनले पार्क गुएन हेलाई महाभियोग लागेपछि भएको १९ औ रास्ट्रपति निर्वाचन मा विजय हासिल गरे । उनी ५७ % मतका साथ डेमोक्रेटिक पार्टीबाट उम्मेदवारमा मनोनित भएका थिए । १० मे २०१७ मा मून ४१.१ % मतका ( १,३४,२३,८०० मत ) का साथ विजयी भए।[१८] मून विशेष निर्वाचनमा निर्वाचित भएकाले ६० दिनको संक्रमणकालीन अवस्था रहेन र विजयी भएको भोलिपल्टै सपथ ग्रहण भयो।
रास्ट्रपति
सम्पादन गर्नुहोस्मून विशेष निर्वाचनमा निर्वाचित भएकाले विजयी भएको भोलिपल्टै सपथ ग्रहण भयो र संक्रमणकालीन अवस्था रहेन । [१९] उनको कार्यकाल २०२२ सम्म रहनेछ ।[२०]
आन्तरिक नीति
सम्पादन गर्नुहोस्शिक्षा
सम्पादन गर्नुहोस्मूनले आफ्नो पूर्ववर्ती पार्क गेयुन हेईको सरकारी पाठ्यपुस्तक मात्र पठनपाठन गर्ने नीति उल्ट्याए. पार्क गुएन हेईले आफ्ना पिता पार्क चुंग-हिको दमनकारी नीतिलाई ढाकछोप गर्न त्यो नीति ल्याएका थिए। पार्कले भनेका थिइन् “सरकरी पाठ्यपुस्तकले झन् देशभक्ति बढाउछ ।” [२१] स्कुलले सरकारी नियममा निजि पाठ्यपुस्तक पढाउन सक्छन । [२२]
पशु अधिकार
सम्पादन गर्नुहोस्उर्जा
सम्पादन गर्नुहोस्विदेश नीति
सम्पादन गर्नुहोस्उत्तर कोरिया
सम्पादन गर्नुहोस्मून ले कोरियाली एकीकरण प्रकिया एक दीर्घकालीन कार्यक्रमको रूपमा हेरेका छन्। उत्तर कोरियाको आणविक हतियार निशस्त्रीकरणको लागि उनले अमेरिका र उत्तर कोरियासँग सहकार्य गरे। उनले उत्तर कोरिया विरुद्धको नाकाबन्दीको समर्थन गरे तर उत्तर कोरिया सँग वार्ता गर्दै कोरियाली युद्धको अन्त्य र आणविक हतियार निशस्त्रीकरण गर्नुपर्ने बताएका थिए ।[२३]
मूनले थाड प्रणाली स्थापना गरिएको बिरोध गरे ।
मूनले कोरियाली वर्कर्स पार्टीका अध्यक्ष किम जोङ उनसँग अप्रिल २०१८ मा भेटवार्ता गरे। [२४]
२६ मे मा उनीहरू बीच फेरी भेटवार्ता भयो। यो वार्ता दुई घण्टा भएको थियो । दोश्रो वार्ता सार्बजनिक रूपमा गोशाना गरिएको थिएन।[२५] [२६]
सेप्टेम्बर २०१८ मा मून जे-इनले प्योङ्गयाङ्ग भ्रमण गरे। उनी सहित १५० प्रतिनिधिमण्डल सुनान विमानस्थलबाट प्योङ्गयाङ्गको लागि प्रस्थान गर्यो र किम जोंग उन सँग भेट गर्यो ।[२७][२८] [२९] मूनले पाइकेतु पहाडमा पुगेर आफ्नो इच्छा पुरा गरेका थिए।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "South Korea's Moon Jae-in sworn in vowing to address North", BBC News (en-GBमा), १० मे २०१७, अन्तिम पहुँच १३ मे २०१७।
- ↑ CNN, K. J. Kwon, Pamela Boykoff and James Griffiths, "South Korea election: Moon Jae-in declared winner", CNN, अन्तिम पहुँच १३ मे २०१७।
- ↑ "Moon Jae-in: South Korean liberal claims presidency", BBC News (en-GBमा), ९ मे २०१७, अन्तिम पहुँच १३ मे २०१७।
- ↑ "Moon Jae-in Sworn in as 19th S. Korean President", KBS World Radio। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-२४ मिति
- ↑ "Moon Jae-in: Who is South Korea's new president?", BBC News (en-GBमा), ९ मे २०१७, अन्तिम पहुँच १३ मे २०१७।
- ↑ Jung Min-ho (९ मे २०१७), "Moon Jae-in: Son of war refugees rises to power [PHOTOS]", Korea Times, अन्तिम पहुँच १० मे २०१७।
- ↑ Ahn Hong-wuk (१० जनवरी २०१७), "[2017 Presidential Dreams] ⑤ Moon Jae-in, Former Leader of the Minjoo Party of Korea, "Aren't There Too Many Moon Supporters to Speak of a Pro-Moon Hegemony?", The Kyunghyang Shinmun, अन्तिम पहुँच १७ मे २०१७।
- ↑ "문재인 : 네이버 통합검색", search.naver.com (कोरियालीमा), अन्तिम पहुँच २८ अप्रिल २०१७।
- ↑ Jung Min-ho (९ मे २०१७), "Moon Jae-in: Son of war refugees rises to power", The Korea Times, अन्तिम पहुँच १७ मे २०१७।
- ↑ Park Hong-du (१७ सेप्टेम्बर २०१२), "Moon Jae-in, the Presidential Candidate of the Democratic United Party", The Kyunghyang Shinmun, अन्तिम पहुँच १७ मे २०१७।
- ↑ Campbell, Charlie (४ मे २०१७), "The Negotiator: Moon Jae-in", Time Magazine (१५ मे २०१७): ४३, अन्तिम पहुँच ११ मे २०१७।
- ↑ McCurry, Justin (९ मे २०१७), "Who is Moon Jae-in, South Korea's new president?", The Guardian (en-GBमा), आइएसएसएन 0261-3077, अन्तिम पहुँच ४ जुलाई २०१७।
- ↑ "대선주자 인물탐구 민주통합당 문재인", 경남신문, १३ अगस्ट २०१२।
- ↑ "문재인 "고 노무현 대통령과 첫 만남에 의기투합, 소탈한 모습에...."", TV Report (कोरियालीमा) (Seoul), १० जनवरी २०१२, अन्तिम पहुँच १० मे २०१७।
- ↑ Sang-hun, Choe (९ डिसेम्बर २०१६), "After Park, Who? A Guide to Those Who Would Lead South Korea", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच ४ जुलाई २०१७।
- ↑ UnMyeong (destiny), Seoul: Moon Jae In, २०११, पृ: 196~205, आइएसबिएन 978-89-7777-188-8।
- ↑ "Dictator's daughter elected South Korea's first female president", National Post, Associated Press, १९ डिसेम्बर २०१२, अन्तिम पहुँच १९ डिसेम्बर २०१२।
- ↑ Kwon, K. J. (१० मे २०१७), "South Korea election: Moon Jae-in declared winner", CNN, अन्तिम पहुँच १० मे २०१७।
- ↑ "Liberal Moon Jae-in is winner in South Korea's presidential election", Los Angeles Times (en-USमा), ९ मे २०१७, आइएसएसएन 0458-3035, अन्तिम पहुँच ९ मे २०१७।
- ↑ "S. Korea's Moon begins term as president after landslide election win confirmed – France 24", France 24 (en-USमा), १० मे २०१७, अन्तिम पहुँच १० मे २०१७।
- ↑ Sang-hun, Choe (१२ मे २०१७), "South Korea's New Leader Abolishes State-Issued History Textbooks", The New York Times, आइएसएसएन 0362-4331, अन्तिम पहुँच १३ मे २०१७।
- ↑ "Moon Jae-in orders scrapping of state textbooks", The Korea Herald, १२ मे २०१७, अन्तिम पहुँच १३ मे २०१७।
- ↑ Frank, Ruediger (१३ जुलाई २०१७), "President Moon's North Korea Strategy", The Diplomat. diplomat.com. Originally published by 38 North, blog of the U.S.-Korea Institute at Johns Hopkins University (en-USमा), अन्तिम पहुँच १८ अगस्ट २०१७।
- ↑ "Kim offers to visit Seoul 'any time if you invite me': South Korea"। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२७ मिति
- ↑ "North and South Korean leaders hold surprise meeting", सिएनएन, २६ मे २०१८, अन्तिम पहुँच २६ मे २०१८।
- ↑ http://www.syracuse.com/politics/index.ssf/2018/05/north_south_korea_meet_for_surprise_second_summit.html
- ↑ http://www.atimes.com/article/moon-lands-in-pyongyang-for-high-stakes-summit-with-kim/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२४ मिति
- ↑ https://www.usatoday.com/story/news/world/2018/09/19/kim-jong-un-moon-jae-sign-agreement-peace/1355006002/
- ↑ https://www.youtube.com/watch?v=hJod7qg2GCc