मुक्तिनाथ मन्दिर (पनौती)
मुक्तिनाथ मन्दिर पनौती, काभ्रेपलाञ्चोक जिल्लाको एउटा हिन्दू मन्दिर हो।[१] यस मन्दिर मुस्ताङमा रहेको मुक्तिनाथमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर स्थापना भएको हो। मुक्तिनाथ मन्दिरको स्थापना वि.सं आश्विन २०७८ सालमा भएको हो।[२]
मुक्तिनाथ मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | बाँसघारी, पनौती |
निर्देशाङ्क | २७°३५′४८″N ८५°३१′१८″E / 27.596650201863692°N 85.52163550389858°E |
सम्बन्धन | हिन्दुत्व |
देवता | विष्णु |
जिल्ला | काभ्रेपलाञ्चोक |
प्रदेश | बागमती प्रदेश |
देश | नेपाल |
वास्तुकला विवरण | |
निर्माता | वागमती प्रदेश र पनौती नगर सरकार |
स्थापित मिति | वि.सं आश्विन २०७८ |
इतिहास
सम्पादन गर्नुहोस्पनौतीको मुक्तिनाथ मन्दिर मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको प्रतिकृति हो र यस मन्दिरमा मुस्ताङकै मुक्तिनाथ जस्तो पूजा विधि हुन्छ।[३][४] त्यहाँको कमलनयनाचार्यबाट अनुमति लिएर मन्दिर निर्माण काम सुरु भएको थियो।[३] मुक्तिनाथ जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर स्थापना भएको हो।[३] मन्दिर निर्माण गर्न कुल रकम बागमती प्रदेश र पनौती नगरपालिका सरकारबाट २५/२५ लाख, चन्दा र महायज्ञबाट १ करोड ६७ सङ्कलन गरिएको थियो।[३] निर्माणका क्रममा १ करोड ५९ लाख मात्रै खर्च भएको थियो।[३] २०७४ साल असोज ४ गते मन्दिरको शिलान्यास भएको थियो र ४ वर्ष पछि निर्माण काम सकियो।[३][५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तिमल्सिना, मधुसुधन (३० आश्विन २०७८), "काभ्रेको पनौतीमै मुक्तिनाथको दर्शन", गोरखापत्र, अन्तिम पहुँच २५ जेष्ठ २०७९। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-०८ मिति
- ↑ तिमल्सिना, मोतीराम (१३ आश्विन २०७८), "पनौती सुब्बा गाउँमा मुक्तिनाथ मन्दिर २५ गतेदेखि सर्वसाधारणका लागि खुल्ने", नेपाल समाचारपत्र, अन्तिम पहुँच २५ जेष्ठ २०७९।
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ अधिकारी, नगेन्द्र (२५ आश्विन २०७८), "काभ्रेको पनौतीमा बन्यो मुक्तिनाथ मन्दिर", कान्तिपुर, अन्तिम पहुँच २५ जेष्ठ २०७९।
- ↑ तिमल्सिना, मोतीराम (७ बैशाख २०७९), "पनौती सुब्बा गाउँमा रहेको मुक्तिनाथमा प्राणप्रतिष्ठा गरिँदै", नेपाल समाचारपत्र, अन्तिम पहुँच २५ जेष्ठ २०७९।
- ↑ तामाङ, रोजन (२६ असोज २०७८), "अब पनौतीबाटै मुक्तिनाथ दर्शन", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २५ जेष्ठ २०७९।