मिश्री
मिश्री ऊखुको रसद्धारा निर्मित गुलियो ठोस् पदार्थ हो ।
औषधोपचार
सम्पादन गर्नुहोस्- दम खोकीमा
- १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ । आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।
- कम्मर दुख्ने रोगमा
- आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
- शरीर दुख्ने रोगमा
- भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रूपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
- गर्मिले पेट पोल्ने भएमा
- धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
- पित्तको ज्वरो आएमा
- सुप एक चम्चा, एक ग्लास पानीमा एक टुक्रा मिश्री हालेर उमाल्नुहास् र आधा भएपछि छानेर सेवन गर्नुहास्, २/३ दिनमा नै ठीक हुन्छ ।
- हातगोडा पोल्नेमा
सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।
- घाँटी दुखेमा
- राती सुत्ने बेलामा ८/१० गेडा मरिच र मिश्रीको टुक्रा चपाएर तातो पानीले निलेमा चिसोले घाँटी बसेको निको हुन्छ ।
- घाँटी बसेमा
- घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात तुलसी ४/५ दाना मरिच र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
- शरीर सुन्निएमा