माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र


माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्र पश्चिम नेपालको लमजुङ जिल्लाको भुलभुलेमा अवस्थित रहेको छ। [२] मस्र्याङ्दी नदीको पानीबाट ५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ। [२]

माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र
माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र is located in नेपाल
माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र
नेपालको नक्सामा माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममाथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र
देशनेपाल
निर्देशाङ्क२८°१६′५९″N ८४°२१′३८″E / २८.२८३°N ८४.३६०६३°E / 28.283; 84.36063
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
निर्माण आरम्भ८ जनवरी २०१३[१]
मालिक(हरू)Joint venture of Power China Resources Ltd and Sino-Sagarmatha Power Company
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
सुरुवात मिति2076-06-20 BS
प्रकारनदीको पानी
टर्बाइन२ x २५ MW
क्षमता५० MW

आयोजनाको निर्माण सन् २०१२ अक्टोबरमा सुरु भई २०१५ डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएको थियो तर भूकम्प र भारतीय नाकाबन्दीका कारण ढिला भएको थियो । पहिलो टर्बाइन २५ सेप्टेम्बर २०१६ मा स्थापित भएको थियो। दोस्रो टर्बाइन २३ डिसेम्बर २०१६ मा थपिएको थियो [३] भोर्टेक्स प्रकारको सेटलिंग बेसिन प्रयोग गर्ने यो पहिलो परियोजना हो।

चीनको प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भएको यो नेपालको पहिलो आयोजना हो । [४] पावर चाइना रिसोर्सेस लिमिटेड र सिनो–सगरमाथा पावर कम्पनी नेपालको संयुक्त लगानीमा आयोजना निर्माण भएको हो । [५] [६] सिनो–सगरमाथाको १० प्रतिशत सेयर छ । आयोजनामा ९० प्रतिशत शेयर रहेको पावर चाइना रिसोर्सेज लिमिटेडले ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी प्रयोग गरेको छ। परियोजनाको भुक्तानी अवधि १० वर्ष हो। नेपाल विद्युत प्राधिकरणले यस आयोजनाबाट प्रति युनिट ०.०५९ अमेरिकी डलरमा ऊर्जा खरिद गर्छ। [२]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Upper Marsyangdi A Hydropower Station, Nepal", अन्तिम पहुँच २०२०-०८-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-३१ मिति
  2. २.० २.१ २.२ "Upper Marsyangdi to generate power from today", The Himalayan Times, २०१६-०९-२५, अन्तिम पहुँच २०२०-०८-०३ 
  3. "Upper Marsyangdi 'A' Operating in Full Capacity", अन्तिम पहुँच २०२०-०८-०३ 
  4. "First half of Nepal's 50-MW Upper Marsyangdi hydroelectric project commissioned", Hydro Review, २०१६-०९-२६, अन्तिम पहुँच २०२०-०८-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-१२ मिति
  5. "China-invested hydropower plant starts operation in Nepal - China.org.cn", अन्तिम पहुँच २०२०-०८-०३ 
  6. "Operating Projects :: Hydro (Above 1MW)"